बम विस्फोटमा दुईको मृत्यु, १२ घाइते
बिहीबार, भदौ २५, २०७७

प्रतितोला चौबीस सयले बढ्यो सुन
बिहीबार, साउन २९, २०७७
नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला छ हजार २ सयले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४ सयले बढेको छ ।

मनसुन सक्रिय : तीन दिन देशभर वर्षा हुने
आइतबार, साउन २५, २०७७
नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताए । ‘केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, मौसमविद् कँडेलले भने ।

प्रेस युनियन पाल्पाका पूर्व सभापति चापागाई पासंअसको संयोजकमा मनोनित
बुधबार, साउन १४, २०७७
नेपाल प्रेस युनियन पाल्पा शाखाका पूर्व सभापति सतिश चापागाई पाल्पाली संगमको अन्तर्राष्ट्रिय समन्वय(पासंअस)को संयोजकमा मनोनित भएका छन् । विश्वभर छरिएर रहेका पाल्पालीहरुलाई संगठित गरी एउटै सञ्चालनमा ल्याउने गरी संगमले चापागाईलाई अन्तर्राष्ट्रिय संययोजक तोकेको हो ।

विदेशमा कोरोनाबाट थप १६ नेपालीको निधन
आइतबार, साउन ४, २०७७
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो ।

बाढीका कारण ७६ जनाको मृत्यु
शनिबार, साउन ३, २०७७
भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

पाल्पामा थप ३२ जना संक्रमित निको भएर घर फर्किए
बुधबार, असार ३१, २०७७
पछिल्लो समय जिल्लामा संक्रमितको संख्या नदेखिए पनि निको भएर घर फर्कर्नेको संख्या भने बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा थप ३२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । बुधबार उनीहरुलाई ३ हप्तासम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो ।

तानसेनमा उजिरसिंह उद्यान निर्माण हुँदै
सोमबार, असार १५, २०७७
तानसेन नगरपालिका–६, सतनचुलीमा उजिरसिंह उद्यान स्थापना हुने भएको छ । सो पार्कको सोमबार शिलान्यास गरिएको छ । नेपाल अंग्रेजबीच नुवाकोट जीतगढीमा भएको युद्धमा नेपाललाई विजय दिलाउने युद्धनायक कर्णेल उजिरसिंह थापाका नाममा सतनचुलीमा उद्यान बन्न लागेको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पाल्पा २ का सांसद सोमप्रसाद पाण्डेयको ५० लाख...

खम्बा ढल्दा तीन दिनदेखि अन्धकार
सोमबार, असार ८, २०७७
अविरल वर्षाका कारण खसेको पहिराले खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ । अविरल वर्षा हुँदा खसेको पहिराले बिजुलीको खम्बा ढलेपछि विद्युत सेवा अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका ७ बतासेमा पहिराले एउटा विद्युतको खम्बा बगाएको र अन्य सात ढलेपछि सो क्षेत्र तीनदेखि अन्धकार बनेको छ ।...

महामारीमा, महादेवहरूको मनपरी..!
बुधबार, जेठ २८, २०७७
उनी बिहानै उठेर डोको र गाग्री बोकेर केही दुर परको पधेरोमा पानी भर्न जान्छिन् । उहाँ आफ्नो बेडबाट झरेर,गलैचाको चाक्लो हृदयसँग खेल्दै सोफा सेटमा पुगेर एक गिलास जुस पिउँनु हुन्छ । कति फरक छ,महामहिम र उनको सोचको आकार,कति फरक छ कर्म..! उनलाई थाहा छ, उनको संसार पधेरो, घरगोठ र सानो...