डा. भण्डारी पुल शिलान्याससँगै विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न गुल्मी जाँदै
शनिबार, कात्तिक १०, २०८१

राप्ती लोकमार्ग विस्तार गर्दा मुआब्जा दिन माग
शनिबार, कात्तिक १०, २०८१
दाङको राप्ती लोकमार्गअन्तर्गत बजार क्षेत्रका बासिन्दाले राप्ती लोकमार्ग अन्तर्गतका सडक स्तरोन्नति गर्न माग गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई सडक स्तरोन्नति गर्न ध्यानाकर्षण समेत गराएका छन् । राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेले सडक स्तरोन्नति लागि कहिल्यै १५ मिटर छोड्नु पर्ने त, कहिल्यै २५ मिटर छोड्नु पर्ने...

तानसेन नगर सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
शनिबार, कात्तिक १०, २०८१
जिल्लाको तानसेन नगरपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । नगरपालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो । उसले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँबाट समाधान गर्ने प्रयास गरेको छ । नगरपालिकाले गत आइतबारदेखि...

लुम्बिनी प्रदेश : तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, अझै पाएन पूर्णता
शुक्रबार, कात्तिक ९, २०८१
लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले काँग्रेसका दुई र जसपाका एक मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरणमन्त्री बनाएका छन् ।

हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा
बुधबार, कात्तिक ७, २०८१
विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटक-पटक अवरुद्ध बनेको छ । गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको छ । खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन् ।

चिउरीको दाना पेलेर घ्यूको जोहो गरिँदै
आइतबार, कात्तिक ४, २०८१
गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।

पाल्पाका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्न तानसेनका युवाहरुको सक्रियता
आइतबार, कात्तिक ४, २०८१
पाल्पा आफैमा पर्यटकीय जिल्ला हो । यहाँ थुप्रै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । तर प्रचार–प्रसार र संरक्षणको अभावका कारण पाल्पा पर्यटकीय क्षेत्रको रुपमा पछाडी परेको छ । माल पाएर चाल नपाएको भने जस्तै जिल्लामा प्रसस्त मात्रमा ऐतिहासिक सम्पदा, कलाकृतिहरु र सौन्दर्यता बोकेका स्थलहरु भए पनि वेवास्ताका कारण...

दाङमा सर्प महोत्सव हुँदै
शुक्रबार, कात्तिक २, २०८१
दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लुम्बिनीमा तीनमहिने धर्मदेशना वर्षाबास
बिहीबार, कात्तिक १, २०८१
बुद्ध जन्मस्थल लुम्बिनीमा तीनमहिने वर्षाबास तथा धार्मक अनुष्ठानको आज समापन भएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशनासहित वर्षाबासको समापन गरे ।

बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने
बिहीबार, कात्तिक १, २०८१
बिपी कोइराला मेमोरियल कप, टी(२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चार वटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका बंगलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो ।

बजारमा भिड छ, व्यापार छैन
बुधबार, असोज २३, २०८१
पाल्पासहित देशैभरका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारी साधन किनबेच हुने हुँदा दसैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।

विरामीलाई आर्थिक सहयोग
बुधबार, असोज २३, २०८१
नारायण युवा क्लव तानसेन र अमर नारायण कभर्डहल व्यवस्थापन समितिले विरामीलाई आर्थिक सहयोग गरेका छन् । क्लवका सदस्य रमेश रजाककी आमा कमला रजाकको श्वास्प्रश्वासमा समस्या भई आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि क्लव र कभर्डहल समितिले रकम संकलन गरी आर्थिक सहयोग गरेका हुन् ।