
पाल्पा, जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल पाल्पा जेसिजले भित्तेपात्रो विमोचन गरेको छ । ‘शासन व्यक्तिको होइन विधिको हुनु पर्छ’ भन्ने नारालाई आत्मसाथ गर्दै जेसिजले शनिबार एक औपचारिक कार्यक्रमका बिच २०८२ सालको भित्तेपात्रो विमोचन गरेको हो ।
उक्त भित्तेपात्रो कार्यक्रमका प्रमुख अतिथि तथा जेसिजका पूर्व अध्यक्ष एवंम तानसेन नगरपालिकाका नगर प्रमूख जेसी सन्तोषलाल श्रेष्ठ, जेसीज पाल्पाका अध्यक्ष जेसी विवेककाजी शाक्य, संस्थाका संस्थापक अध्यक्ष जेसी छत्रराज शाक्य, पूर्व अध्यक्षहरु जेसी बुद्धि प्रसाद शर्मा, जेसी हेमन्तराज शाक्य, जेसी उत्पलकुमार बज्राचार्य, जेसी राजिव श्रेष्ठ, जेसी सुनिल कुमार बस्याल लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् । पात्रो विमोचन गर्दै प्रमुख अतिथि नगर प्रमुुख सन्तोषलाल श्रेष्ठले जेसीजले सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूूर्ण रहेको बताए । उनले आगामी दिनहरुमा पनि थप रचनात्मक कार्यमा लाग्न आग्रह गर्दै आवश्यक सहयोगका लागि नगर सरकार सधैव तयार रहेको समेत उल्लेख गरे । विशिष्ट अतिथि जेसिजका संस्थापक अध्यक्ष जेसी बुद्धि प्रसाद शर्माले विगत र अहिले जेसीज अवस्थाका बारेमा आफ्ना धारणा राखेका थिए । संस्थाका अध्यक्ष जेसी विवेककाजी शाक्यले जेसिजका गतिविधी क्यालेण्डरको माध्यमबाट घर–घरमा पु¥याउने लक्ष्यका साथ फण्डराईजिङको लागि भित्तेपात्रो प्रकाशन गरिएको बताए । सोही अवसरमा नयाँ वर्षको शुभकामना समेत आदानप्रदान गरिएको थियो । संस्थाका अध्यक्ष जेसी शाक्यको अध्यक्षता, कार्यक्रम संयोजक तथा संस्थाका कार्यकारी उपाध्यक्ष जेसी सुुनिल चापागाइँको स्वागत, महासचिव जेसी गणेश पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।