राप्ती लोकमार्ग विस्तार गर्दा मुआब्जा दिन माग
शनिबार, कात्तिक १०, २०८१

तानसेन नगर सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
शनिबार, कात्तिक १०, २०८१
जिल्लाको तानसेन नगरपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । नगरपालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो । उसले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँबाट समाधान गर्ने प्रयास गरेको छ । नगरपालिकाले गत आइतबारदेखि...

लुम्बिनी प्रदेश : तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, अझै पाएन पूर्णता
शुक्रबार, कात्तिक ९, २०८१
लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले काँग्रेसका दुई र जसपाका एक मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरणमन्त्री बनाएका छन् ।

हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा
बुधबार, कात्तिक ७, २०८१
विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटक-पटक अवरुद्ध बनेको छ । गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको छ । खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन् ।

चिउरीको दाना पेलेर घ्यूको जोहो गरिँदै
आइतबार, कात्तिक ४, २०८१
गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।

पाल्पाका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्न तानसेनका युवाहरुको सक्रियता
आइतबार, कात्तिक ४, २०८१
पाल्पा आफैमा पर्यटकीय जिल्ला हो । यहाँ थुप्रै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । तर प्रचार–प्रसार र संरक्षणको अभावका कारण पाल्पा पर्यटकीय क्षेत्रको रुपमा पछाडी परेको छ । माल पाएर चाल नपाएको भने जस्तै जिल्लामा प्रसस्त मात्रमा ऐतिहासिक सम्पदा, कलाकृतिहरु र सौन्दर्यता बोकेका स्थलहरु भए पनि वेवास्ताका कारण...

दाङमा सर्प महोत्सव हुँदै
शुक्रबार, कात्तिक २, २०८१
दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लुम्बिनीमा तीनमहिने धर्मदेशना वर्षाबास
बिहीबार, कात्तिक १, २०८१
बुद्ध जन्मस्थल लुम्बिनीमा तीनमहिने वर्षाबास तथा धार्मक अनुष्ठानको आज समापन भएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशनासहित वर्षाबासको समापन गरे ।

बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने
बिहीबार, कात्तिक १, २०८१
बिपी कोइराला मेमोरियल कप, टी(२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चार वटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका बंगलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो ।

बजारमा भिड छ, व्यापार छैन
बुधबार, असोज २३, २०८१
पाल्पासहित देशैभरका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारी साधन किनबेच हुने हुँदा दसैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।

विरामीलाई आर्थिक सहयोग
बुधबार, असोज २३, २०८१
नारायण युवा क्लव तानसेन र अमर नारायण कभर्डहल व्यवस्थापन समितिले विरामीलाई आर्थिक सहयोग गरेका छन् । क्लवका सदस्य रमेश रजाककी आमा कमला रजाकको श्वास्प्रश्वासमा समस्या भई आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि क्लव र कभर्डहल समितिले रकम संकलन गरी आर्थिक सहयोग गरेका हुन् ।

प्रेस चौतारी पाल्पाले शितलपाटीकर्मी पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने
आइतबार, असोज २०, २०८१
प्रेस चौतारी नेपाल पाल्पा शाखाले वार्षिक रुपमा वितरण गर्दै आएको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट शितलपाटी डटकमका पाल्पा संवाददाता कृष्ण पोखरेलसहित ८ जना पत्रकारहरु लाई पुरस्कृत गर्ने भएको छ । शाखाले विजय दशमी, शुभ दिपावली नेपाल संवत, छठ पर्वको अवसरमा शुभकामना आदानसँगै पुरस्कार घोषणा कार्यक्रम गरी पुरस्कृत हुने पत्रकारहरुको नाम सार्वजनिक...