विश्व संगीत दिवस : पाल्पामा भोली सांगीतिक कार्यक्रम हुँदै
शुक्रबार, असार ६, २०८२
महिलालाई आत्मनिर्भर बनाउन रामपुरमा खादा बनाउने तालिम
शुक्रबार, असार ६, २०८२
जिल्लाको रामपुरमा महिलालाई आत्मनिर्भर बनाउन खादा बनाउने तालिम दिइएको छ । रामपुर नगरपालिकाले उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत महिलाहरुलाई तालिम दिएको हो ।
रैनादेवी छहरा गाउँपालिकाको नीति तथा कार्यक्रम कृषिलाई प्राथमिकता
शुक्रबार, असार ६, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन सुरु भएको छ । अधिवेशनमा आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि पालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले नीति तथा कार्यक्रम पेश गरे । अध्यक्ष भट्टराईले गाउँसभामा पेश गरेको आगामी बर्षको नीति तथा कार्यक्रम गाउँसभाले सर्वसम्मतले पारित गरेको छ ।
जन्तीलुङ्ग र मरामकोट होमस्टे : व्यस्थित गर्दै तिनाउ गाउँपालिका
आइतबार, जेठ २५, २०८२
जिल्लाको तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नं. ५ मरामकोटमा घरवास ( होमस्टे कार्यक्रम शुरु भएको छ । लुम्बिनी प्रदेश सरकार र तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्र्तगत दुवै वडाका होमस्टे सञ्चालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरुलाई एक हप्ते होमस्टे सञ्चालन, व्यबस्थापन तथा...
प्रताप शमशेरद्वारा निर्मित ऐतिहासिक धाराको जिर्णोद्धार
आइतबार, जेठ ४, २०८२
जनरल प्रतापशमशेर राणा (सानुराजा) द्वारा निर्मित ऐतिहासिक धाराको जीर्णोद्धार गरिएको छ । यहाँको तानसेन नगरपालिका–२ असनटोलमा रहेको धाराको जिर्णोद्धार गरिएको हो ।
भिजन लुम्बिनी मातहत कम्पनीका प्रतिनिधिहरु पाल्पामा
आइतबार, जेठ ४, २०८२
भिजन लुम्बिनी कम्पनी लि. मातहत रहेका कम्पनीका प्रतिनिधिहरुले पाल्पामा तीन दिने प्रशिक्षण लिएका छन् । भिजन लुम्बिनीमार्फत देशको समृद्धि हासिल गर्ने र नेतृत्व विकास गर्ने उद्देश्यले कम्पनीको प्रतिनिधिहरुले जिल्लाको तानसेनमा तीन दिने प्रशिक्षण लिएका हुन् ।
गाई मारेको आरोपमा एक जना पक्राउ
आइतबार, वैशाख २१, २०८२
कपिलवस्तुमा गाई मारेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले शिवराज नगरपालिका २, हरहवा बस्ने ५२ वर्षका फरहान खानलाई पक्राउ गरेको हो ।
प्रेस चौतारी पाल्पाद्वारा सञ्चार श्रमिक सम्मानित
बिहीबार, वैशाख १८, २०८२
प्रेस चौतारी नेपाल पाल्पा शाखाले जिल्लाका सञ्चारमाध्यमहरुमा कार्यरत श्रमिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विहीबार यहँँका ५ जना सञ्चार श्रमिकहरुलाई चौतारीले सम्मान गरेको हो ।
स्याङ्जामा गोरू काट्ने पक्राउ
बुधबार, वैशाख १७, २०८२
स्याङ्जाको पुतलीबजार नगरपालिका –१२ पेल्काचौर सिम्लेमा गोरू काट्ने एक जना पक्राउ परेका छन् । गोरु काटेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटेको प्रहरी टोलीले सोही ठाउँका ४० वर्षीय टेक भन्ने डम्बर बहादुर गुरूङलाई पक्राउ गरेको हो ।
पाल्पा जेसिजको भित्तेपात्रो विमोचन
शनिबार, वैशाख १३, २०८२
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल पाल्पा जेसिजले भित्तेपात्रो विमोचन गरेको छ । ‘शासन व्यक्तिको होइन विधिको हुनु पर्छ’ भन्ने नारालाई आत्मसाथ गर्दै जेसिजले शनिबार एक औपचारिक कार्यक्रमका बिच २०८२ सालको भित्तेपात्रो विमोचन गरेको हो ।


