पाल्पामा उम्मेदवार छान्नै सकस, आज टुंगो लगाएर मनोनयन गर्दै दलहरु
सोमबार, वैशाख १२, २०७९
पाल्पामा नापी र मालपोतका सेवा बन्द
आइतबार, वैशाख ११, २०७९
जिल्लाको मालपोत कार्यालय र नापी कार्यालयका सेवा केही दिनका लागि बन्द गरिएको छ । नयाँ भवनमा स्थानान्तरण गर्नु पर्ने भएकाले वैशाख ११ गतेदेखि १६ गतेसम्मका लागि दुवै कार्यालयको सेवा बन्द गरिएको हो । नापी र मालपोत कार्यालयले सूचना निकालेर सेवा बन्द गरिएको जनाएका छन् ।
प्रेस चौतारी पाल्पाका सदस्य कार्की प्रेस युनियन प्रवेश
आइतबार, वैशाख ११, २०७९
प्रेस चौतारी पाल्पाका कार्यसमिति सदस्य तथा जिल्लाका क्रियाशिल पत्रकार सुनिल कार्की नेपाल प्रेस युनियन प्रवेश गरेका छन् । उनी युनियनका गतिविधिहरुप्रति आकर्षित भएको भन्दै युनियन प्रवेश गरेका हुन् । युनियनले नवप्रवेशी कार्कीलाई आईतबार एक कार्यक्रमकाबिच युनियनको सदस्यता दिएको छ ।
पाल्पाका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय
बिहीबार, वैशाख ८, २०७९
आसन्न स्थानीय तहको निर्वाचन गराउनका लागि पाल्पाका दशवटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।
माथागढीले निर्माण गर्यो मातृभाषामा पाठ्यपुस्तक
बिहीबार, वैशाख ८, २०७९
जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरी पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको माथागढी गाउँपालिकाले मातृभाषमा पाठ्यपुस्तक समेत निर्माण गरेको छ । गाउँ सरकारले स्थानीय पाठ्यक्रममा आधारित रहेर पठनपाठन गर्दै आएका गाउँपालिका भित्रका बालबालिकाहरुका लागि अहिले मातृभाषाका पाठ्यपुस्तक तयार गरेको हो ।
स्थानीय तह निर्वाचन : रामपुरको उपमेयरमा १० जनाको दावी
बुधबार, वैशाख ७, २०७९
आसन्न स्थानीय तह निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । विभिन्न राजनीतिक दलबाट आकांक्षीहरूले आफ्नो दाबेदारी पेस गर्ने क्रम जारी छ । अहिले एउटै पार्टीबाट पनि धेरै जनाले नगरप्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र वडा अध्यक्षमा दावी गरिरहेका छन् ।
तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु
शुक्रबार, वैशाख २, २०७९
जिल्लाको सदरमुकाम तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । विहीबार साँझा तानसेन नगरपालिका –४ होलाङ्दीका ६१ वर्षीय केशव महर्जन आफ्नै घरको पेटीमा लडेर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।
माथागढीले बनायो आवधिक र दीर्घकालीन योजना
बिहीबार, वैशाख १, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले आवधिक र दीर्घकालीन योजना बनाएको छ । गाउँपालिकाले पञ्चवर्षे आवधिक र दश वर्षे दीर्घकालीन योजना बनाएको हो । गाउँपालिकाले २०७९/२०८०–२०८३/२०८४ सम्मका लागि आवधिक योजना र २०७८/२०७९– २०८८/८९ सम्मका लागि दीर्घकालीन योजना निर्माण गरेको छ ।
तानसेनमा राजनीतिक भन्दा विकासको सोंच भएको नेतृत्व आवश्यक : अध्यक्ष महर्जन
सोमबार, चैत २८, २०७८
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले तानसेनको विकासका लागि राजनीतिक सोंच भन्दा पनि विकासको सोंच भएको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले सबै भन्दा पुरानो नगरपालिकाको रुपमा रहेको तानसेन नगरपालिकामा राजनीतिक सोंच बोकेको नेतृत्वको हालीमुहाली हुन पुग्दा विकासमा पछाडी परेको बताए । शित्तलपाटीसँगको कुराकानीमा अध्यक्ष महर्जनले यस्तो बताएका...
बगनासकाली गाउँ सरकारको चार तले प्रशासकीय भवन शिलान्यास
शुक्रबार, चैत २५, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले सुविधा सम्पन्न चार तले प्रशासकिय भवन बनाउन थालेको छ । गाउँपालिकाले कुल ८ करोड ३८ लाख ३० हजार ६ सय ८९ रुपैयाँ लागतमा निर्माण हुने प्रशासकीय भवन बनाउन सुरु गरेको हो । भवनको शुक्रबार गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले एक औपचारिक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।
भूमि आयोग पाल्पाका नवनियुक्त पदाधिकारीहरुद्वारा पदवहाली
शुक्रबार, चैत २५, २०७८
जिल्ला भूमि आयोग पाल्पा समितिको संयोजक सहित सदस्यहरुले पदवहाली गरेका छन् । सरकारले भुमि आयोग पाल्पा समितिको संयोजक मोहन गैरे, विज्ञ सदस्यमा कृष्ण प्रसाद अधिकारी, सदस्यमा अमरसिंह प्रधान र महिला सदस्यमा मिना पंन्थीलाई नियुक्त गरेको छ ।
‘माथागढीमा जनताले अनुभूति गर्ने गरी काम गर्न सफल भएका छौं’
बिहीबार, चैत २४, २०७८
स्थानीय तहका सरकार गठन भएर काम गरेको पनि पाँच वर्ष पुग्न लागेको छ । जनतासँग सबैभन्दा निकट भएर काम गरिरहेका स्थानीय सरकारका बारेमा यतिबेला विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा उनीहरुले गरेका कामप्रति टिकाटिप्पणी हुनु स्वाभाविक नै हो ।


