गुल्मीका स्थानीय सरकारले गरे कानुनविपरीत ३१ करोड बढी खर्च
सोमबार, साउन २, २०७९
तानसेनमा पाँच दिने राजयोग शिविर सञ्चालन
सोमबार, साउन २, २०७९
तानसेनमा पाँच दिने राजयोग शिविर सञ्चालन भएको छ । ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाको आयोजनामा आइतबारदेखि तनावमुक्त जीवनका लागि पाँच दिने शिविर सञ्चालन भएको हो । संस्थाले दया र करुणा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनको लागि तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसको सभाहलमा राजयोग शिविर सञ्चालन गरेको छ ...
पाल्पामा ३५ करोड ३० लाख बेरुजु, कुन पालिकामा कति ?
शनिबार, असार ३२, २०७९
आर्थिक वर्ष २०७७/०७८ मा पाल्पामा ३५ करोड ३० लाख ३८ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनमा जिल्लाका १० वटा पालिकाको कुल लेखापरीक्षक रकम १२ अर्ब ९१ करोड ८४ लाख ४३ हजार मध्ये ३५ करोड ३० लाख ३८ हजार अर्थात् २ दशमलव...
महिलालाई आयआर्जनमा जोड्न गुडिया र कुसन बनाउने सिप
बिहीबार, असार ३०, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले महिलाहरुलाई आयआर्जनमा जोड्न विभिन्न सिपहरु सिकाउँदै आएको छ । पालिकाले यहाँका महिलाहरुलाई सिप सिकेर आयआर्जनमा जोडी आत्मनिर्भर बनाउने विभिन्न किसिमका सिपहरु सिकाउँदै आएको हो ।
घर छन्, मान्छे छैनन्
बुधबार, असार २९, २०७९
पाल्पाको तानसेन नगरपालिका –५ अर्चलेमा रहेको खाली घर । मानिसहरु बसाइँसराइ गरी शहर पसेपछि यहाँ खाली घर मात्र छ ।
आम्दानी बढाउन पर्यटन क्षेत्रमा केन्द्रीत तानसेन नगर सरकार
शनिबार, असार २५, २०७९
आन्तरिक आम्दानीमा वृद्धि गर्न तानसेन नगर सरकार पर्यटन क्षेत्रमा केन्द्रीत बनेको छ । नगर सरकारले तानसेनमा रहेका ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको भरपुर उपयोग गरी आम्दानीमा वृद्धि गर्ने लक्ष्य लिएको छ । उसले यहाँका ऐतिहासिक पर्यटकीय स्थलहरु रानीमहल र श्रीनगर क्षेत्रको उपयोग गरी आन्तरिक आम्दानी बढाउने योजना ल्याएको हो ।
पाल्पामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एकको मृत्यु, एक वेपत्ता
सोमबार, असार २०, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –२ झोलुङ्गे पुलस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने अर्को एक जना वेपत्ता छन् । सिद्धबाबा दर्शन गरेर खोलामा पौडी खेल्न गएका भारत युपि दोहोरिया गोरखपुरका १८ वर्षीय नन्द कुमार निसादको खोलाले बगाएर ज्यान गएको हो ।
संसद् चलाउँदै रिब्दीकोटका युवा
शुक्रबार, असार १७, २०७९
संसद् हलको ढोकामा कडा सुरक्षा छ । सुरक्षाकर्मी र संसदका मर्यादापाक लामबद्ध छन् । हल प्रवेशका लागि आफनो परिचय र पहिचान चाहिन्छ । सबै व्यक्ति संसद हलमा जान पाउँदैनन् ।
पूर्वखोला पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
बुधबार, असार १५, २०७९
पाल्पाको पूर्वखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टड्ढनाथ खनाल र उपप्रमुख काशिका गैरेले गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् ।
एकल पुरुषलाई पनि भत्ता !
सोमबार, असार १३, २०७९
आर्थिक रुपमा विपन्नै भए पनि सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउन पुरुषको हकमा ७० वर्ष, साउनदेखि भने ६८ पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमान्को मृत्युपछि सामाजिक सुरक्षाभत्ता पाउन्छन् । विपन्न तथा सहाराविहीन भए पनि एकल पुरुषले भने अझै सम्म सरकारबाट केही पनि पाउन सकेका छैन ।
पाल्पाका स्थानीय तहको प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार
आइतबार, असार १२, २०७९
जिल्लाका दशवटै स्थानीय तहले आव २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरे अनुरुप नै यहाँका स्थानीय सरकारले शुक्रबार बजेट ल्याएका हुन् ।
९० वर्षीय वृद्ध मृत भेटिए
शुक्रबार, असार १०, २०७९
जिल्लाको सत्यवती गाउँपालिकामा ९० वर्षीय वृद्ध मृता अस्थामा भेटिएका छन् । सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोताका नरहरि भण्डारी वडा नंं. –६ उल्लीखोलास्थित खोलाको छेउमा मृत भेटिएका हुन् ।
सुविना गिरी मृत्यु प्रकरण, झुण्डिएको नभई घाँटी थिचेर हत्या
शुक्रबार, असार १०, २०७९
तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भई मामाघर बस्दै आएका भान्जा २१ वर्षीय कुशल गिरीविरुद्ध इलाका प्रहरी कार्यालय...


