मतदानका सामग्री मिलाउँदै निर्वाचन कार्यालय
शनिबार, वैशाख १७, २०७९

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने
बुधबार, वैशाख १४, २०७९
सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ...

लुम्बिनी मेडिकल कलेजको ५ औं तलाबाट हाम फालेर एकको मृत्यु
बुधबार, वैशाख १४, २०७९
जिल्लाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको ५ औं तलाबाट हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमईको कलेजको तलाबाट हाम फालेर मृत्यु भएको हो ।

पाल्पामा एक हजार एक सय ३३ जनाको उम्मेदवारी
बुधबार, वैशाख १४, २०७९
वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनका लागि पाल्पामा एक हजार एक सय ३३ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाका १० वटा पालिकाको ४ सय २५ जनप्रतिनिधीका लागि १ हजार १ सय ३३ जनाले उम्मेदवारी मनोनयन गरेका हुन । तानसेन नगरपालिकाको नगर प्रमुखमा ७ जनाले उम्मेदवारी मनोनयन गरेका छन् भने उप...

पाल्पामा वडा सदस्यमा तीन जनाको एकल उम्मेदवारी
बुधबार, वैशाख १४, २०७९
महिला वडा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका जिल्लाका दुई पालिकाका ३ वटा वडामा तीन जना सदस्यको एकल उम्मेदवारी परेको छ । पूर्वखोला गाउँपालिकाका दुई र निस्दी गाउँपालिकाका एक महिलाको एकल उम्मेदवारी परेको निर्वाचन आयोग कार्यालयले जनाएको छ ।

पाल्पामा उम्मेदवार छान्नै सकस, आज टुंगो लगाएर मनोनयन गर्दै दलहरु
सोमबार, वैशाख १२, २०७९
आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा दलहरुलाई उम्मेदवार छान्न सकस भएको छ । आइतबार सबै तहका उम्मेदवारहरुको टुंगो नलागे पछि सत्ता गठबन्धन, एमाले, राप्रपा लगायतका दलहरुले सोमबार (आज) मात्रै मनोनयन दर्ता गर्ने भएका छन् । सत्ता गठबन्धनले ढिला गरेर भागबण्डा टुंग्याएको र तल्लो तहदेखि नै आकांक्षीहरु धेरै भएका कारण पनि...

पाल्पामा नापी र मालपोतका सेवा बन्द
आइतबार, वैशाख ११, २०७९
जिल्लाको मालपोत कार्यालय र नापी कार्यालयका सेवा केही दिनका लागि बन्द गरिएको छ । नयाँ भवनमा स्थानान्तरण गर्नु पर्ने भएकाले वैशाख ११ गतेदेखि १६ गतेसम्मका लागि दुवै कार्यालयको सेवा बन्द गरिएको हो । नापी र मालपोत कार्यालयले सूचना निकालेर सेवा बन्द गरिएको जनाएका छन् ।

प्रेस चौतारी पाल्पाका सदस्य कार्की प्रेस युनियन प्रवेश
आइतबार, वैशाख ११, २०७९
प्रेस चौतारी पाल्पाका कार्यसमिति सदस्य तथा जिल्लाका क्रियाशिल पत्रकार सुनिल कार्की नेपाल प्रेस युनियन प्रवेश गरेका छन् । उनी युनियनका गतिविधिहरुप्रति आकर्षित भएको भन्दै युनियन प्रवेश गरेका हुन् । युनियनले नवप्रवेशी कार्कीलाई आईतबार एक कार्यक्रमकाबिच युनियनको सदस्यता दिएको छ ।

पाल्पाका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय
बिहीबार, वैशाख ८, २०७९
आसन्न स्थानीय तहको निर्वाचन गराउनका लागि पाल्पाका दशवटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।

माथागढीले निर्माण गर्यो मातृभाषामा पाठ्यपुस्तक
बिहीबार, वैशाख ८, २०७९
जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरी पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको माथागढी गाउँपालिकाले मातृभाषमा पाठ्यपुस्तक समेत निर्माण गरेको छ । गाउँ सरकारले स्थानीय पाठ्यक्रममा आधारित रहेर पठनपाठन गर्दै आएका गाउँपालिका भित्रका बालबालिकाहरुका लागि अहिले मातृभाषाका पाठ्यपुस्तक तयार गरेको हो ।

स्थानीय तह निर्वाचन : रामपुरको उपमेयरमा १० जनाको दावी
बुधबार, वैशाख ७, २०७९
आसन्न स्थानीय तह निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । विभिन्न राजनीतिक दलबाट आकांक्षीहरूले आफ्नो दाबेदारी पेस गर्ने क्रम जारी छ । अहिले एउटै पार्टीबाट पनि धेरै जनाले नगरप्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र वडा अध्यक्षमा दावी गरिरहेका छन् ।

तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु
शुक्रबार, वैशाख २, २०७९
जिल्लाको सदरमुकाम तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । विहीबार साँझा तानसेन नगरपालिका –४ होलाङ्दीका ६१ वर्षीय केशव महर्जन आफ्नै घरको पेटीमा लडेर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।