तानसेन नगरपालिका नगर सभाको १२ औं अधिवेशन, दुई विधेयक पारित
शुक्रबार, पुस २९, २०७९

रैनादेवी छहरा गाउँपालिका गाउँसभाको १३ औं अधिवेशन
शुक्रबार, पुस २९, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको १३ औं गाउँसभा अधिवेशन सुरु भएको छ । गाउँसभाको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले शुभारम्भ गरे । अधिवेशनमा जिल्ला समन्वय प्रमुख खनालले जनताको नजिकको सरकार भनेको स्थानीय सरकार भएकाले जनताले घरदैलोमा सेवा पाउने गरेको बताए ।

रामपुरबाट अवैध बालुवा लोड गर्ने ट्याक्टर नियन्त्रणमा
बिहीबार, पुस २८, २०७९
अवैध बालुवा लोड गर्ने ट्याक्टर नियन्त्रणमा लिइएको छ । जिल्लाको रामपुर नगरपालिका–१० स्थित झम्माखोलाबाट मापदण्ड विपरीत अवैधानिक रुपमा बालुवा लोड गरी ल्याउदै गरेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सबैको रोजाई होटल श्रीनगरको ‘माउन्टेन मग क्याफे’
बिहीबार, पुस २८, २०७९
तानसेनको शिरमा रहेको पुरानो होटल श्रीनगर प्रालिले आफ्नो नयाँ प्रोडक्टका रुपमा माउन्टेन मग क्याफे सुुरु गरेपछि अहिले यहाँ कफीका पारखीहरुको भीडभाड दिनहँु देख्न सकिन्छ । माउन्टेन मग भन्नासाथ अर्को कुनै अर्थ नलाए हुने भएको छ । तानसेनमा आन्तरिक र बाह्य पर्यटक आर्कषण गर्ने सोंचका साथ विषेशतः क्याफेका पारखी युवाहरुको आकर्षणको...

तानसेनको श्रीनगर डवली पूरा नहुँदै अलपत्र : सरोकार वाला रमिते
मंगलबार, पुस २६, २०७९
तानसेनको कैलाशनगर स्थित निर्माण भएको श्रीनगर सांस्कृतिक डलवी निर्माणको उत्तरार्धमा आएर अलपत्र जस्तै भएको छ । निर्माण कम्पनी भागेका कारण उसले डवलीलाई वरवुजारत समेत गरेको छैन भने सम्बन्धित निकायले यस विषयमा वास्तै गरेको छैन ।

तानसेन–६ का कृषकलाई हाते ट्याक्टर
मंगलबार, पुस २६, २०७९
तानसेन नगरपालिका –६ का कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । सोमबार तानसेन नगरपालिकाले यहाँका ६ जना कृषक तथा कृषक समूूहलाई हाते ट्याक्टर वितरण गरेको हो । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई ५० प्रतिशत अनुुदानमा हाते ट्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

चालकको लापरवाहीले खुर्साने बस दुर्घटना
आइतबार, पुस २४, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेमा ६ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण चालकको लापरवाही भएको खुुलेको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस बिहीबार राती रैनादेवी छहरा–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ जना घाइते भएका...

रामपुर नगरपालिका नगर सभाको १२ औं अधिवेशन
शुक्रबार, पुस २२, २०७९
जिल्लाको रामपुर नगर सरकारको नगर सभा तथा १२ औं अधिवेशन सुरु भएको छ । नगर सभा तथा अधिवेशन विहिबारदेखि रामपुरमा सुुरु भएको हो । सभाको नगर प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
.jpg)
पूर्वखोलाले ल्यायो अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम
मंगलबार, पुस १९, २०७९
जिल्लाको पूर्वखोला गाउँपालिकाले अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाले समाजमा जेष्ठ नागरिकको सम्मानजनक रुपमा बाँच्न पाउने अधिकारलाई सुुनिश्चित गर्दै अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम ल्याएको हो । यो कार्यक्रम पालिकामा आइतबारदेखि सुरु भएको छ ।

रायमाझी कूलदेवता समिति तानसेनले मनायो १९ औं साधारण सभा
शुक्रबार, पुस १५, २०७९
रायमाझी कूलदेवता तानसेन नगर समितिले १९ औं साधारण सभा मनाएको छ । समितिले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । सभाको पूर्व सांसद तथा कूल देवता समितिका केन्द्रीय सल्लाहकार यादवबहादुर रायमाझीले उद्घाटन गरेका हुन् ।

रामपुरमा जनप्रतिनिधि र कर्मचारीलाई अनुशिक्षण
शुक्रबार, पुस १५, २०७९
जिल्लाको रामपुरमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई एक दिने अनुशिक्षण गराइएको छ । जिल्ला समन्वय समिति पाल्पाले रामपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई वित्तीय सुशासन जोखिम मूल्याड्ढन सम्बन्धी अनुशिक्षण गराएको हो ।

नेपाली सेनाको प्रवक्तामा पाल्पाका भण्डारी
बुधबार, पुस १३, २०७९
पाल्पाका कृष्णप्रसाद भण्डारी नेपाली सेनाको प्रवक्ता तोकिएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका –२ पोखराथोका सहायकरथी भण्डारीले बुधबार नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । उनले सूचना तथा जनसम्पर्क निर्देशनालयमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

पाल्पाको विकासमा मन्त्री रानाको तदारूकता
शुक्रबार, पुस ८, २०७९
पाल्पामा सडक, पुल, यातायात, पुनर्निर्माण लगायतका क्षेत्रमा थालिएका अधिकांस महत्वपूर्ण योजना र ठेक्काका कार्य रोकिएका छन् । प्रदेश र संघीय सरकारले विकास निर्माणका कार्यलाई विस्तारैविस्तारै सुचारु गर्ने बताए पनि त्यसलाई व्यावहारिक रूप दिन सकेका छैनन् ।