तानसेनमा मानव अधिकार बारे अन्तर्क्रिया
शुक्रबार, पुस ८, २०७९

जनप्रतिनिधि फेरिए, नीति तथा कार्यक्रम फेरिएनन्
मंगलबार, पुस ५, २०७९
पाल्पाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याए पनि अधिकांशले पुरानै नीति र कार्यक्रमलाई निरन्तरता दिएका छन् । यहाँका ४ वटा स्थानीय तहमा सत्ता परिवर्तन भएको छ तर प्रायःनीति तथा कार्यक्रम चाहीं पुरानै छन् । नयाँ जनप्रतिनिधि आए पनि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि,...

रूपन्देहीका उपमेयर र उपाध्यक्षहरू पाल्पामा, न्याय सम्पादनका लागि तालिम लिदैं
शनिबार, पुस २, २०७९
रुपन्देहीका स्थानीय तहका उपमेयर र उपाध्यक्षहरु पाल्पामा भेला भएका छन् । न्याय सम्पादन प्रक्रिया तथा स्थानीय तहको भूमिकाका विषयमा तालिम लिन उनीहरु पाल्पाको तानसेनमा आएका हुन् । तानसेनमा शुक्रबारदेखि स्थानीय तहका उपमेयर र उपाध्यक्षहरुमा न्याय क्षेत्रको नेतृत्व विकास तथा सशक्तीकरणका लागि तालिम सञ्चालन भएको छ । उक्त तालिम आइतबारसम्म सञ्चालन...

गुल्मीमा विकास निर्माणप्रति सरोकारवालाको चासो
मंगलबार, मंसिर २०, २०७९
जिल्लाका सरोकारवालाहरुले विकास निर्माणप्रति चासो देखाएका छन् । उनीहरुले निर्माण व्यवसायीहरुको कारण विकास निमार्णका कामले गति लिन नसकेको भन्दै ढिलाई नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
पाल्पामा आइपुगे निर्वाचन सामग्री, मतदान केन्द्र पठाउने तयारी
शनिबार, कात्तिक १९, २०७९
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पाल्पाका लागि आवश्यक निर्वाचन सामग्री जिल्ला आइपुगेको छ । दुुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रत्यक्ष तर्फको मतपत्र बाहेक सबै किसिमका निर्वाचन सामग्रीहरु आइपुगेको हो ।

रामपुरमा नगर सरकारको एक्सन, सडकमा राखिएका निर्माण सामग्री हटाउँदै
शनिबार, कात्तिक ५, २०७९
रामपुरमा नगर सरकारले सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन थालेको छ । यहाँ पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर सरकार आफैले डोजर, ट्रक र ट्याक्टर लगाएर हटाउन थालेको हो ।

करेन्ट लागेर एक व्यक्तिको मृत्यु
मंगलबार, भदौ २१, २०७९
तानसेनमा घर बनाउने क्रममा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । खोटाङ जेन्तेढुङ्गा गाउँपालिका ३ स्थायी घर भई तानसेन नपा वडा १, गैरागाउँमा लेवर काम गरी बस्दै आएका ३४ वर्षिय महेश राईको मृत्यु भएको हो ।

बगनासकाली सरकारका सय दिन : उपलब्धि के ?
शनिबार, भदौ १८, २०७९
स्थानीय तहको दोस्रो निर्वाचनपछि गठन भएको वर्तमान पाल्पाको बगनासकाली गाउँ सरकारले आफ्नो कार्यकालको सय दिन पुरा गरेको छ । सरस्वती चिदी नेतृत्वको बगनासकाली गाउँ सरकारले कार्यकालको सय दिन पुरा गरेको हो । चिदी नेतृत्वको गाउँ सरकारले कार्यकाल सुरुभएपछि भए गरेका आफ्ना उपलब्धिहरु सार्वजनिक गरेको छ ।

नेपाल बन्दको प्रभाव पाल्पासहित देशभर
मंगलबार, भदौ ७, २०७९
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव पाल्पासहित देशैभर परेको छ ।

टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा
शनिबार, भदौ ४, २०७९
तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्रा·णमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

हराउँदै गयो जात्राको रौनक
बुधबार, भदौ १, २०७९
गाउँघरमा देखाइने विभिन्न जात्रा उत्सवका रुपमा लिइन्थ्यो । जात्रा देखाउने दिन घरायसी कामधन्दा सबेरै सकेर स्थानीय जात्रा हेर्न पुग्दथे । विशेषगरी महिलाहरु छोराछोरी काखमा च्याएर कोही हातमा समाउँदै हस्याङफस्याङ गर्दै जात्रा हेर्न उत्साहित हुँदै जाने गर्दथे । हिजोआज भने पहिलेजसो जात्रा हेर्न जानेको उत्साह देखिदैन । पाल्पामा देखाइने गाईजात्रा, रोपाइँजात्रा,...

मादकपदार्थ सेवन गरी लडेका श्रेष्ठको मृत्यु
मंगलबार, साउन ३१, २०७९
तानसेन ८, जरेपिपलस्थित सिद्धार्थ राजमार्गमा मादकपदार्थ सेवन गरी लडेका विक्रम श्रेष्ठको मृत्यु भएको छ । मंगलबार बिहान मादकपदार्थ सेवन गरी लडेका २५ वर्षिय विक्रम श्रेष्ठको मृत्यु भएको हो ।

भगवती जात्राको झल्को ‘गणेशको रथयात्रा’
सोमबार, साउन ३०, २०७९
पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ । यो विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । कोभिडका कारण दुई वर्ष केही व्यक्तिहरुको सहभागितामा निकालिएको श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा यस वर्ष भने आइतबार...