Shittalpati
रामपुरमा पन्ध्र शैयाको आयुर्वेद अस्पताल
रामपुरमा पन्ध्र शैयाको आयुर्वेद अस्पताल स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले यहाँ स्वास्थ्य संरचना बनाउन थालिएको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्रमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो ।
रैनादेवी छहरामा १७ वर्षीय बालकको खोलामा डुवेर मृत्युु
रैनादेवी छहरामा १७ वर्षीय बालकको खोलामा डुवेर मृत्युु जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा खोलामा डुवेर १७ वर्षीय बालकको मृत्युु भएको छ । रैनादेवी छहरा –७ जोगदमारका धनबहादुर रानाको १७ वर्षीय छोरा भीमबहादुर रानाको पौडी खेल्ने क्रममा डुुवेर मृत्युु भएको हो ।
रामपुरमा प्रधानमन्त्री रोजगार सम्बन्धी अभिमुखिकरण
रामपुरमा प्रधानमन्त्री रोजगार सम्बन्धी अभिमुखिकरण जिल्लाको रामपुर नगरपालिकामा रामपुर प्रधानमन्त्री रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । नगर सरकारको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामको पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
रैनादेवी छहरा सरकारको बजेट खर्च ३६ प्रतिशत
रैनादेवी छहरा सरकारको बजेट खर्च ३६ प्रतिशत रैनादेवी छहरा गाउँ सरकारको चालु आर्थिक वर्षको ७ महिनामा ३६ प्रतिशत बजेट मात्रै खर्च भएको छ । माघ मसान्तसम्म गाउँ सरकारको कुल विनियोजित बजेटको ३६ प्रतिशत मात्रै बजेट खर्च भएको हो । चालु आर्थिक वर्षमा ६८ करोड ९ लाख २५ हजार विनियोजन गरेकोमा गाउँ सरकारले बितेको सात महिनासम्म मुस्किलले कुल...
रम्भा गाउँ सरकारको सार्वजनिक सुनुवाई
रम्भा गाउँ सरकारको सार्वजनिक सुनुवाई जिल्लाको रम्भा गाउँ सरकारले सार्वजनिक सुनुवाई गरेको छ । उसले सहयात्रा विकास केन्द्र नेपालको सहजीकरणमा आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्मको कार्यक्रम, योजना र सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई गरेको हो ।
तानसेनमा खानेपानी नआएपछि धर्नामा उपभोक्ता
तानसेनमा खानेपानी नआएपछि धर्नामा उपभोक्ता तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित भएका छन् । १५ दिनदेखि घर–घरमा पानी नआएपछि उनीहरु आन्दोलित भएका हुन् । उपभोक्ताहरु घरमा दुई हप्ता भन्दा बढी हुँदा समेत धारामा पानी नआएपछि बुुधबारदेखि शान्तिपूर्ण आन्दोलन स्वरुप धर्नामा बसेका छन् । टोल –टोलबाट स्थानीय उपभोक्ताहरु तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमै गई धर्नामा बसेका छन् ।...
बल्ल बन्ने भयो सिद्धबाबामा सुरूङमार्ग
बल्ल बन्ने भयो सिद्धबाबामा सुरूङमार्ग सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्र पहिरोका कारण अति जोखिमपूर्ण मानिन्छ । हरेक मौसममा यात्रुले त्रास नै त्रासका बीचमा सो सडक पार गर्नुपर्ने बाध्यता छ । अझ बर्खाको समयमा पहिरो खसेर सडक अवरुद्ध हुने र माथीबाट ढुङ्गा खसेर सवारीमा क्षति पुग्ने घटना हरेक वर्ष दोहोरिने गरेको छ ।...
रामपुरमा मगर एकता दिवसमा सार्वजनिक विदा
रामपुरमा मगर एकता दिवसमा सार्वजनिक विदा राष्ट्रिय मगर एकता दिवसका दिन जिल्लाको रामपुरमा सार्वजनिक विदा हुने भएको छ । रामपुर नगरपालिकाले फागुन १५ गते पर्ने मगर एकता दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
‘भ्यालेन्टाइन डे’ मा रानीमहल पुग्ने जोडीलाई सत्कार गर्दै तानसेन नगर सरकार
‘भ्यालेन्टाइन डे’ मा रानीमहल पुग्ने जोडीलाई सत्कार गर्दै तानसेन नगर सरकार प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को अवसरमा पाल्पाको रानीमहल पुग्ने जोडीलाई तानसेन नगर सरकारले भव्य स्वागत गर्दैछ । तानसेन नगर सरकारले नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल पुग्ने विवाहित जोडीहरुलाई सम्मान तथा स्वागत गर्न लागेको हो ।
तानसेनको असनमा नेवारी भोज आयोजना हुने
तानसेनको असनमा नेवारी भोज आयोजना हुने जिल्लाको तानसेन नगरपालिका–३ असनटोलमा नेवारी भोजको आयोजना हुने भएको छ । नेवार समुदायका खानाका परिकारलाई प्रचार–प्रसार गर्ने सोंचका साथ असनटोल विकास संस्थाको आयोजनामा फाल्गुन ५ गते नेवारी भोज अर्थात् नेवाःध्वेय, आयोजना हुने भएको हो ।
Weather Update