एपेन्डिसाइटिसको शल्यक्रिया रामपुरमै
शनिबार, माघ २८, २०७९

तेस्रो लिङ्गीको गुनासो:‘हामी पनि मान्छे हौं, आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ’
शनिबार, माघ २१, २०७९
यौनिक तथा लैङ्गिक अल्पसख्यांक समुदाय (तेस्रो लिङ्गी) का अगुवा अधिकारकर्मीहरूले समाजमा आत्मसम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने बताएका छन् । परिवार र समाजले गर्ने नकारात्मक व्यवहारका कारण तेस्रो लिङ्गीहरु अपमानित हुनुु परेको भन्दैं उनीहरुले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताए ।

जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास तालिम
मंगलबार, माघ १७, २०७९
तानसेन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास बारे तालिम दिइएको छ । द एसिया फाउण्डेसनको सहयोगमा अपाङ्ग महासंघ नेपालले तालिम दिएको हो ।

निस्दी गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
शुक्रबार, माघ १३, २०७९
जिल्लाको निस्दी गाउँपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।

रामपुरका वडामा डिजिटल नागरिक वडापत्र
बिहीबार, माघ १२, २०७९
जिल्लाको रामपुर नगरपालिकाको कार्यलय सहित वडा कार्यालयहरुमा डिजिटल नागरिक वडापत्र राखिएको छ । नगर र कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक वडा पत्र राखिएको हो ।

रामपुर नगरपालिकाको नगर सभा सकियो
बुधबार, माघ ११, २०७९
रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशन सकिएको छ । गत पौष २३ गतेबाट सुरु भएको अधिवेशन सकिएको हो । बैठकले चालु आर्थिक वर्षमा २०७९/०८० मा सञ्चालन हुने नगर भित्रका ७७ वटा योजनाको संशोधन गरी रकमान्तर तथा शिर्षकान्तरण गरेको छ ।

रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशन सकियो
सोमबार, माघ ९, २०७९
रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशन सोमबार सकिएको छ । गत पौष २३ गते बाट सुरु भएको अधिवेशन आज सकिएको हो ।
.jpg)
‘तानसेनमा मनाइने जात्रा तथा पर्वहरु’को परिचर्चा
आइतबार, माघ ८, २०७९
पाल्पाको सदरमुकाम तानसेन आफैमा सांस्कृतिक सहर हो । यो सहर काठमाडौं उपत्यका पछिको दोश्रो सांस्कृतिक सहरका रुपमा परिचित छ । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिनसम्म यहाँ जात्रा, चाडपर्वहरु भई रहन्छन् । त्यसैले पनि तानसेनलाई सांस्कृतिक शहर भनिएको हो ।

कालीगण्डकी डाइभर्सन,‘नदीलाई कुनै पनि हालतमा तोडमोड गर्न दिन्नौं’
शनिबार, माघ ७, २०७९
कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेला–बेलामा बहस हुने गरेका छन् ।

सबै वडा भवन निर्माण गर्छौ : नगर प्रमुख थापा
बिहीबार, माघ ५, २०७९
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सबै वडा कार्यालयका भवनहरु निर्माण गर्ने गरी आफुहरुले काम अगाडि बढाएको बताएका छन् । रामपुर नगरपालिका वडा नं. ८ को वडा कार्यालय भवनको शिलान्यास गर्दै नगर प्रमुख थापाले आगामी ५ वर्ष भित्रमा सबै वडाका भवनहरु निर्माण गर्ने बताएका हुन् ।
.jpg)
तानसेनको मखनटोलमा खाना महोत्सव हुँदै
मंगलबार, माघ ३, २०७९
राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि तानसेन नगरपालिका–४ मखनटोल टोल विकास संस्थाले ‘मखनटोल सडक खाना महोत्सव–२०७९’ गर्ने भएको छ । टोल विकास संस्थाले यही माघ २० गते मखनटोलमा खाना महोत्सव गर्न लागेको हो ।

पाल्पामा सहज बनाइँदै राहदानी सेवा, विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काम हुने
मंगलबार, माघ ३, २०७९
विद्युतीय राहदानीका लागि सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म ११ घण्टा सेवा शुरु गरेको छ । सेवाग्राहीको भिड र मागको आधारमा राहदानीका लागि कार्यालयले विहान ८ बजे देखि १० बजे सम्म, १० बजेदेखि ४ बजे सम्म र ४ बजेदेखि बेलुका...

विकास निर्माण र सेवा प्रभावकारी बनाउने सर्वदलीय निर्णय
शनिबार, पुस ३०, २०७९
पाल्पाको विकास निर्माण र सरकारी सेवालाई प्रभावकारी बनाइने सर्वदलीय निर्णय भएको छ । प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख/अध्यक्ष, सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुको बैंठकले जिल्लाको सेवा तथा विकास निर्माणलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।