Shittalpati
रामपुरको बजेट संशोधनसहित नगरसभाबाट पारित
रामपुरको बजेट संशोधनसहित नगरसभाबाट पारित जिल्लाको रामपुर नगर सरकारको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ । यही असार ६ गतेको नगरसभा बैठकमा उपप्रमुख बालकुमारी थापाले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक विधेयक नगरसभाको बैठकले  संशोधनसहित पारित गरेको हो ।
तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी विषयक गोष्ठी
तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी विषयक गोष्ठी जिल्लाको तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी व्यवस्था विषयक बैठक तथा गोष्ठी भएको छ । राष्ट्रिय अपाङ्गता महासंघको आयोजना, तानसेन नगरपालिकाको सहयोग, द एसिया फाउण्डेसन नेपालको सहकार्य र सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्र तानसेनको समन्वयमा बैठक  तथा गोष्ठी भएको हो ।
नगरको नीति तथा कार्यक्रममा रचनात्मकता  ः नगर प्रवक्ता खाँण
नगरको नीति तथा कार्यक्रममा रचनात्मकता  ः नगर प्रवक्ता खाँण रामपुर नगरपालिकाका प्रवक्ता तथा १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले नीति तथा कार्यक्रममा रचनात्मकतालाई प्राथमिकतामा राखिएको बताएका छन् । नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रचनात्मकतालाई बढी केन्द्रीत गरिएको बताएका हुन् ।
स्याङजामा खोलाले बगाएर एक वृद्धको मृत्यु
स्याङजामा खोलाले बगाएर एक वृद्धको मृत्यु स्याङजाको पुतलीबजार नगरपालिका –१ वीरेन्द्रनगरमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । शुक्रबार विहान वीरेन्द्रनगरस्थित अरौंदी खोलाले बगाएर सोही ठाउँका ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको हो ।
पाल्पामा लागु पदार्थ प्रयोगकर्ता बढ्दो : रोक्न सरोकारवालाहरुसँग छलफल
पाल्पामा लागु पदार्थ प्रयोगकर्ता बढ्दो : रोक्न सरोकारवालाहरुसँग छलफल जिल्लामा लागु पदार्थ प्रयोगकर्ता बढ्दो रहेको एक कार्यक्रममा निष्कर्ष निकालिएको छ । जिल्ला सुरक्षा समितिले आयोजना गरेको सरोकारवालसँगको छलफलमा जिल्लामा लागु पदार्थ प्रयोगकर्ता बढको निष्कर्ष निकालेको हो ।
तानसेनको नीति, कार्यक्रम र बजेट : उत्पादन, उत्पादकत्व र रोजगारी उच्च प्राथमिकतामा
तानसेनको नीति, कार्यक्रम र बजेट : उत्पादन, उत्पादकत्व र रोजगारी उच्च प्राथमिकतामा जिल्लाको तानसेन नगर सरकारले नीति, कार्यक्रम र बजेट नगरसभामा पेश गरेको छ । नगर सभाको १५ औं अधिवेशनमार्फत आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम  र बजेट पेश भएको हो । शुक्रबार अधिवेशनको पहिलो बैंठकमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले १२० बुँदे नीति तथा कार्यक्रम र उपप्रमुख प्रतिक्षा सिंजालीले बजेट पेश गरेका...
रामपुरको नीति, कार्यक्रम र बजेट:  उत्पादन वृद्धिलाई प्राथमिकता, ७३ करोड ८५ लाखको बजेट  
रामपुरको नीति, कार्यक्रम र बजेट:  उत्पादन वृद्धिलाई प्राथमिकता, ७३ करोड ८५ लाखको बजेट   जिल्लाको रामपुर नगरपालिकाले बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  नगपालिकाले नगरसभाको १५ औं अधिवेशनमार्फत आव २०८/०८२ को लागि ७३ करोड ८५ लाख ४ हजारको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा
बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बिहीबार साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो ।
पाल्पामा चट्याङ लागेर एकको मृत्यु
पाल्पामा चट्याङ लागेर एकको मृत्यु पाल्पामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ ।
रूखबाट लडेर घाइते भएकी महिलाको मृत्यु
रूखबाट लडेर घाइते भएकी महिलाको मृत्यु स्याङ्जामा रूखबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान अन्दाजी ७ बजे चापाकोट नगरपालिका–७ साँखर बस्ने ३५ वर्षीय सृजना ढकाल रूखबाट लडेकी थिइन् । आफ्नै बारीमा रहेको पिपलको रूखमा चढेर घाँस काट्ने क्रममा लडेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी इन्द्रबहादुर...
Weather Update