पाल्पा र गुल्मीका उपप्रमुख, उपाध्यक्षहरुबिच अन्तर्क्रिया
सोमबार, असोज २२, २०८०

बालमैत्री गाउँपालिका बन्ने बाटोमा तिनाउ
आइतबार, असोज २१, २०८०
जिल्लाको तिनाउ गाउँपालिकाले बालमैत्री पालिका घोषणा गर्ने बाटोमा अगाडि बढेको छ । पालिकाले आगामी ३ बर्ष भित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने गरी अगाडि बढेको हो ।

सडक सुरक्षाका लागि सडक छेउछाउका रुख काट्दै रामपुर नगर सरकार
शनिबार, असोज २०, २०८०
जिल्लाको रामपुर नगर सरकारले सडक सुुरक्षाका लागि सडक दायाँ–बायाँ रहेका रुख , विरुवा कटानी–छटानी गर्न लागेको छ । नगर सरकारले नगर प्रमुख रमण बहादुर थापाको नेतृत्वमा शनिबारदेखि नगर भित्रका सडकको छेउ–छाउका रुख, विरुवा फडानी गर्ने अभियान सुरु गरेको हो ।

गुल्मी प्रशासन कार्यसम्पादनमा देशकै उत्कृष्ट
बिहीबार, असोज १८, २०८०
जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादनमा देशभरबाटै उत्कृष्ट भएको छ । नेपाल सरकार गृह मन्त्रालयले तयार गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनका सुचाकहरुको आधारमा देशका ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट भएको हो ।

रामपुरमा वडाबाटै मालपोतको राजश्व संकलन हुने
मंगलबार, असोज १६, २०८०
जिल्लाको रामपुरमा वडा कार्यालयबाटै मालपोतको राजश्व संकलन गरिने भएको छ । रामपुर नगर सरकारले वडा कार्यालय मार्फत मालपोतको राजश्व संकलन गर्न लागेको हो ।

तिनाउमा अवैध ढुंगा निकासी गर्ने टिपर र जेसिबी प्रहरी नियन्त्रणमा
सोमबार, असोज १५, २०८०
अवैध रुपमा ढुंगा निकासी गर्ने दुुई टिपर र जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स नाग मन्दिर नजिकै सिद्दार्थ राजमार्गमा अवैध रुपमा ढुङ्गा निकासी गर्दै गरेको अवस्थामा टिपर र जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पाल्पामा स्थानीय तह कर्मचारी मञ्च गठन
शनिबार, असोज १३, २०८०
पाल्पामा स्थानीय तह कर्मचारी मञ्च गठन भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा सेवारत कर्मचारीहरुको तानसेनमा भएको भेलाले कर्मचारी मञ्च गठन गरेको हो ।

टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै रामपुर नगर सरकार
आइतबार, असोज ७, २०८०
जिल्लाको रामपुर नगरपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । नगरपालिकाले हरेक नागरिकको सहजताको लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हो ।
रामपुर नगरपालिकामा शैक्षिक अन्तर्क्रिया
मंगलबार, असोज २, २०८०
रामपुर नगरपालिकाको शिक्षा शाखाको वार्षिक समीक्षा तथा शैक्षिक अन्तर्क्रिया कार्यक्रम भएको छ । नगरको समग्र शैक्षिक अवस्था, विद्यालयको अवस्था, शैक्षिक गुणस्तर, समस्या र चुनौती लगायतको विषयमा समीक्षा गरेको हो ।

रैनादेवी छहराको बेलवासमा अस्थायी प्रहरी चौकी
मंगलबार, भदौ ५, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङ्गगढीको बेलवासमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकीको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

पाल्पाको माथागढीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, पाँच घाइते
सोमबार, भदौ ४, २०८०
जिल्लाको माथागढी गाउँपालिका –२ सपाङ्दीस्थित बाँसटारी–झडेवा भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको छ । झडेवाबाट रुप्सेतर्फ आउँदै गरेको लु ४ त ६६३२ नम्बरको ग्याबिङ जाली बोकेको ट्याक्टर आज साँझ दुर्घटना भएको हो ।

बगनासकाली गिट्टी–बालुवा प्रकरण : प्रहरीले यातना दिएको स्थानीयको आरोप
सोमबार, भदौ ४, २०८०
जिल्लाको बगनासकाली गाउँपालिकामा भएको अवैध गिट्टी–बालुवा प्रकरणमा स्थानीयहरुले रोयल्टी तिरेर ल्याएको बताउँदै आए पनि प्रहरीको निगरानीमा जवरजस्ती कागज गराउन खोजेको पीडित स्थानीयको गुनासो छ ।