गाउँका चौकीमा न्यून प्रहरी
शनिबार, साउन २६, २०८१
बगनासकाली गाउँपालिकामा आर्थिक अनियमितता : भत्ता, भ्रमण र मनोरञ्जनमै मनलागी खर्च
शुक्रबार, साउन २५, २०८१
पाल्पाको बगनासकाली गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ ।
रेसुङ्गामा साउन २६ देखि महायज्ञ हुने
शुक्रबार, साउन २५, २०८१
जिल्लामा रहेको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभूमी रेसुङ्गामा श्रीमद्वभागवत पुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा साउन २६ देखी ३२ गतेसम्म महायज्ञ हुने भएको हो ।
तानसेनमा माओवादी निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको भेला
बिहीबार, साउन २४, २०८१
नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको नगर भेला तानसेनमा भएको छ । मोर्चालाई थप सशक्त र बलियो बनाएर लैजाने उद्देश्यले तानसेन नगरको भेला भएको हो ।
रामपुरका विद्यालयलाई प्याडसहित डिस्पोजल मेसिन
बुधबार, साउन २३, २०८१
जिल्लाको रामपुर नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा सेनिटरी प्याडसहित डिस्पोजल मेसिन वितरण गरिएको छ । नगरपालिकाले यहाँका २४ विद्यालयलाई सेनेटरी प्याड र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको हो ।
लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण गर्न सहकार्य
सोमबार, साउन २१, २०८१
बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ । लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्नेको खाँचो छलफलका सहभागीले औँल्याएका थिए ।
टुँडिखेल सुधार योजना अलपत्र, पाँच वर्ष पुुग्दा पनि पाएन पूर्णता
सोमबार, साउन २१, २०८१
जिल्लाको तानसेन नगरपालिकाले पाँच वर्ष अघि सञ्चालन गरेको टुँडिखेल सुधार योजना अहिले अलपत्र परेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारसहित जेष्ठ नागरिकमैत्री र बाल उद्यान बनाउने उद्देश्यका साथ काम अगाडि बढाए पनि पुरा नहुँदै अलपत्र परेको हो ।
गुल्मीमा लक्ष्यभन्दा बढी मुद्दा फस्र्यौट
आइतबार, साउन २०, २०८१
जिल्ला अदालत गुल्मीले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा बढी मुद्दा फस्र्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८० को भदौदेखी २०८१ असार मसान्तसम्म ४ सय ८० थान मुद्दा फस्र्यौट गरेको हो ।
पाल्पामा पनि मनाइयो घण्टाकर्ण पर्व
शुक्रबार, साउन १८, २०८१
प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।
आज घण्टाकर्ण पर्व मनाइँदै
शुक्रबार, साउन १८, २०८१
प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व आज मनाइँदैछ । घण्टाकर्ण पर्वलाई पाल्पा र काठमाडौं उपत्यकाका नेवार समुदायले भने गठेमंगल पर्वका रुपमा मनाउने गर्दछन् । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाउने गर्छन् । गठेंमंगाः पर्व अर्थात् घण्टाकर्ण नेवारहरूको मौलिक पर्व मध्येको एक हो ।
खोलामा जोखिम मोलेर विरामी अस्पताल पुुर्याइँदै
बिहीबार, साउन १७, २०८१
पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहलस्थित बराङ्दी खोलामा स्टेचरमा राखेर विरामी तार्दै स्थानीय ।
भैरवस्थान मन्दिरमा सञ्चालित एकादशी महात्म्य कथासँगै रुद्री र वेद पाठ सकियो
बुधबार, साउन १६, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित पाल्पा भैरव मन्दिरमा सञ्चालित एकादशी महात्म्य कथावाचनसँगै लघु रुद्री र वेद पाठ सकिएको छ । मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको कथावाचनसँगै लघु रुद्री र वेद पाठ विधिपूर्वक बुुधबार सकिएको हो ।
रविको जिन्दगीमा वज्रपात
आइतबार, साउन १३, २०८१
जीवनमा यति धेरैदुःखले घेर्ला भन्ने संकेतसम्म पनि थिएन, तानसेन नगरपालिका–८ मदनपोखराका ३२ बर्षिय रवि बस्याललाई । १० वर्ष अघि मदनपोखराबाट जोस जाँगर र मनमा अथाह सपना बोकेर बुटवल झरेका उनी राम्रैसँग काम गर्दै पढ्दै थिए ।


