रामपुर नगर सभाको अधिवेशन : बजार अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित
शुक्रबार, पुस २७, २०८०

रैनादेवी छहरा गाउँपालिका गाउँसभाको १५ औं अधिवेशन सुरु
सोमबार, पुस २३, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका गाउँसभाको १५ औँ अधिवेशन सुरु भएको छ । स्थानीय तहले बर्षे अधिवेशन र हिउँदे अधिवेशन गरी बार्षिक रुपमा दुई पटक अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार गाउँपालिकाले १५ औं अधिवेशन आइतबारदेखि सुरु गरेको हो ।

तिनाउ गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाई
आइतबार, पुस २२, २०८०
जिल्लाको तिनाउ गाउँपालिका पाल्पाले प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले हालसम्म १८.८६ वित्तिय प्रगती हासिल गरेको जनाएको छ ।

रामपुरमा वडा कार्यालयबाटै राजस्व संकलन
बुधबार, पुस १८, २०८०
स्थानीयलाई मालपोत कार्यालयमा नै आफ्नो घरजग्गाको राजस्व बुझाउन पुग्नुपर्दा धेरै सास्ती खेप्नुपथ्र्यो । मालपोत कार्यालयदेखि टाढा बसोबास गरेका स्थानीयलाई एक दिनको समय खर्चेर राजस्व तिर्न जानुपर्ने समस्या अहिले रामपुरवासीको अन्त्य भएको छ ।

वडावासीको सहजताका लागि एउटै वडाको सेवा दुई ठाउँबाट
बुधबार, पुस ११, २०८०
स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसंख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा दिँदै आइएको हो ।
पूर्वखोला गाउँपालिकामा सार्वजनिक सुनुवाइ, जनताका गुनासा सम्बोधन गर्ने प्रतिवद्धता
शुक्रबार, मंसिर २९, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिकाको चालु आर्थिक बर्षको प्रथम चौमासिक भित्र भएका कार्यक्रम, गतिविधि तथा आम्दानी खर्च सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले श्रावणदेखी कार्तिकसम्म भएका कार्य प्रगती विवरण सार्वजनिक गरी जनतासँग राय सुझाव तथा गुनासाहरु संकलन गरी सम्वोधन गर्ने प्रतिवद्धता जनाएको छ ।

वालिङका सबै घरमा नम्बर प्लेट टाँसिने
सोमबार, मंसिर १८, २०८०
स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’ अन्तर्गत घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो ।

रामपुरमा स्तनपान कक्षले महिला कर्मचारीलाई सहज
शुक्रबार, मंसिर १५, २०८०
रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ । स्तनपान कक्षको सुविधा भएसँगै बच्चालाई कार्यालयमा नै ल्याएर स्तनपान गराउन धेरै सजिलो भएको पञ्जीकरण शाखाका फिल्ड सहायक सिम्पल रानाले बताइन् ।

रामपुर नगरपालिकाले गर्यो लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण
मंगलबार, मंसिर १२, २०८०
रामपुरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण भएको छ । रामपुर नगरपालिकाले सञ्चालन गरेका योजना, सेवा प्रवाह लगायत विभिन्न ५ वटा सूचकमा रही एक कार्यक्रमका बीच परीक्षण गरिएको हो ।

स्थानीय सरकारका बालमैत्री कार्यक्रम : करोडौं खर्च, उपलब्धि न्यून
बुधबार, मंसिर ६, २०८०
पाल्पाका स्थानीय तहले बालबालिकाहरुको क्षेत्रमा उल्लेखनीय काम गरेको दावी गर्दै आएपनि न बालविवाह रोकिएको छ, न बालश्रम नै । कानूनमा बालविवाह र बालश्रम गर्न/गराउन नपाइने उल्लेख भएपनि व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन ।

रामपुरका टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
मंगलबार, असोज ३०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । नगरपालिकाले हरेक नागरिकको सहजताको लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।

पाल्पामा स्थानीय तहका कर्मचारी काम रोकेर धर्नामा
मंगलबार, असोज २३, २०८०
पाल्पामा १० वटै स्थानीय तहका कर्मचारीहरु काम रोकेर धर्नामा बसेका छन् । संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।