Shittalpati
नर्सरी रामपुर नगर सरकारलाई हस्तान्तरण
नर्सरी रामपुर नगर सरकारलाई हस्तान्तरण जिल्लाको रामपुर नगर सरकारलाई विरुवासहितको नर्सरी हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय पाल्पाले विरुवासहितको नर्सरी नगर सरकारलाई हस्तान्तरण गरेको हो ।
रेसुङ्गाका मासु व्यवसायीलाई  नगर सरकारले दियो सामग्री
रेसुङ्गाका मासु व्यवसायीलाई  नगर सरकारले दियो सामग्री जिल्लाको रेसुङगा नगर सरकारले नगर  भित्र रहेका मासु व्यवसायीलाई आवश्यक सामग्री दिएको छ । नगरपालिका भित्रका १२ जना मासु व्यबसायीलाई सोमबार एक कार्यक्रमकाबिच मासु व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने दाउ,गलव्स र एप्रोन लगाएतका सामग्री दिएको हो । 
माथागढीका कर्मचारीलाई दुर्व्यवहार र ज्यान मार्ने धम्की दिनेमाथि कारवाहीको माग
माथागढीका कर्मचारीलाई दुर्व्यवहार र ज्यान मार्ने धम्की दिनेमाथि कारवाहीको माग जिल्लाको माथागढी गाउँपालिकामा कार्यरत केही कर्मचारीलाई दुर्व्यवहार र ज्यान मार्ने धम्की दिएको विषयमा स्थानीय तह आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले एक विज्ञप्ति निकाल्दै पालिकाको काममा अहोरात्र खटिएकै अवस्थामा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा लेखापाल कर्मचारीमाथि गत असार २७ गते भएको दुर्व्यवहार र...
तिनाउ गाउँ सरकारको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत
तिनाउ गाउँ सरकारको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत जिल्लाको तिनाउ गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/८० मा करिब ८७ प्रतिशत वित्तिय प्रगती गरेको छ । गाउँपालिकाले चालुतर्फ तर्फ ८६.९२ प्रतिशत पुँजीगततर्फ ८६. ८२ प्रतिशत रकम खर्च गरेको हो ।
तानसेनलाई काकाकुल बनाउँनेहरु फेरि सलबलाउँदै !
तानसेनलाई काकाकुल बनाउँनेहरु फेरि सलबलाउँदै ! तानसेनवासी निकै सोझा र अनुशासित छन् । महिनौ घरका धारामा पानी नआउँदा पनि विरोध गर्दैनन् । बरु ग्यालेन र गाँग्रो बोकेर धारा, कुवा र पँधेरा धाउँछन् । त्यति मात्र होइन उनीहरु  नियमित खानेपानी महशुल खुरुक्क तिर्छन् । खानेपानीको जिम्मा पाएको निकाय नै गैरजिम्मेवार बन्दा यहाँका नागरिकले वर्षौदेखि खानेपानीको समस्या भोग्नुपरेको...
माथागढीमा भुक्तानी लफडा : कर्मचारी माथि दाउरा प्रहारको प्रयास, मागे सुरक्षा, जनप्रतिनिधी समेत संलग्न रहेको आरोप 
माथागढीमा भुक्तानी लफडा : कर्मचारी माथि दाउरा प्रहारको प्रयास, मागे सुरक्षा, जनप्रतिनिधी समेत संलग्न रहेको आरोप  पाल्पाको माथागढी गाउँपालिकामा केही योजनाहरुको भूक्तानीको विषयलाई लिएर कर्मचारी माथि अभद्र व्यवहार भएको पाइएको छ ।  गत बुधबार केही उपभोक्ताहरुले योजनाहरुको भुक्तानी नदिएको भन्दै पालिकाको लेखा शाखामा कार्यरत कर्मचारी, प्राविधिक इन्जिनियर माथि अभद्र व्यवहार गरेको पाइएको हो ।
कर्मचारीलाई बन्दी बनाउँने प्रयासको सर्वत्र विरोध (घटनाको प्रत्यक्ष भिडियो सहित )
कर्मचारीलाई बन्दी बनाउँने प्रयासको सर्वत्र विरोध (घटनाको प्रत्यक्ष भिडियो सहित ) माथागढी गाउँपालिकामा कतिपय योजना भूक्तानीको विषयलाई लिएर जनप्रतिनिधी समेतको सहभागितामा कर्मचारी माथि अभद्र व्यवहार गरिएको खुलासा भएको छ । पिडित कर्मचारीले आफुहरुलाई वन्धक बनाएर चिरुवा दाउँराले प्रहार गरेको आरोप लगाएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । घटना अहिले देशभरमै चर्चित भई रहेको छ भने माथागढी अहिले तातेको छ । 
रामपुर नगर सरकारको योजना : कालीगण्डकी नदी किनारमा पैदलमार्ग
रामपुर नगर सरकारको योजना : कालीगण्डकी नदी किनारमा पैदलमार्ग विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ । शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ ।
रामपुरको काली आँपदेखि गौरीघाट सडक पुष्प मार्ग बन्दै
रामपुरको काली आँपदेखि गौरीघाट सडक पुष्प मार्ग बन्दै जिल्लाको रामपुर नगरपालिका– ६ को कालीआँपदेखि गौरीघाटसम्मको सडकलाई पुष्प मार्गको रुपमा विस्तार गर्न थालिएको छ । ४ किलोमिटर लम्बाई रहेको यहाँको सडकको दायाँ बायाँ विभिन्न्न फूल प्रजातिका बिरुवा लगाई पुष्प मार्गको रुपमा विस्तार गर्न लागिएको हो ।
रामपुरका सडकमा सोलार बत्ती जडान
रामपुरका सडकमा सोलार बत्ती जडान रामपुर नगरपालिकाले नगरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरेको छ । नगरपालिकाले वडा ५ को नगरपालिका कार्यालय परिसर, वेझाँड बजार, सदावर्त चोक,तालपोखरा , कालिआँप, र किसानबारी बजारमा सोलार बत्ती जडान गरेको हो ।
तानसेन खानेपानी उपभोक्ता तदर्थ समिति गठन,  राजनीतिक दलले जनाए आपत्ति
तानसेन खानेपानी उपभोक्ता तदर्थ समिति गठन, राजनीतिक दलले जनाए आपत्ति तानसेन नगर सरकारले तानसेन खानेपानी उपभोक्ता समिति विघटन गरी तदर्थ समिति गठन गरेको छ । उपभोक्ता समिति गैरजिम्मेवार र अवैधानिक रुपमा चल्दा उपभोक्ताले खानेपानीको चरम अभाव झेल्नु परेपछि नगर सरकारले  पुरानो समिति विघटन गरी तदर्थ समिति गठन गरेको हो । 
तानसेनका उपभोक्ताले नगर सरकारलाई भने ‘उपभोक्ता समिति खारेज गरी पानी खुवाऊ’
तानसेनका उपभोक्ताले नगर सरकारलाई भने ‘उपभोक्ता समिति खारेज गरी पानी खुवाऊ’ वर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका तानसेनवासीले उपभोक्ता समिति खारेज गरी नगर सरकारले जिम्मा लिनुपर्ने बताएका छन् । बुधबार तानसेन नगरपालिकामा भेला भएका उपभोक्ताहरुले वर्तमान खानेपानी उपभोक्ता समिति गैरजिम्मेवार बनेका कारण खानेपानीको समस्या वर्षौंदेखि झेल्नु परेको भन्दै अब समिति खारेज गरी नगर सरकार मातहत ल्याउनुपर्ने बताएका हुन् । 
Weather Update