त्रिवि अन्तर्गतका क्याम्पसहरूमा पढाइ सुरू हुने
बुधबार, मंसिर १७, २०७७
मंगलबार १ हजार ३ सय ४ संक्रमित थपिए
मंगलबार, मंसिर १६, २०७७
बितेको २४ घण्टामा देशभर थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८३ जनाको पीसीआर परीक्षण हुँदा ५ सय १ महिला र ८ सय ३ पुरुषसहित थप १ हजार ३ सय ४ जनामा कोराना संक्रमण...
बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन
मंगलबार, मंसिर १६, २०७७
विसं २०१५ मा नेपाली कांग्रेसका नेता बिपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुट्नुभएका योद्धाको आज निधन भएको छ । रत्ननगर नगरपालिका–१, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षका उमेरमा निधन भएको हो ।
रिब्दीकोटको घोर्लीखरक बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन
मंगलबार, मंसिर १६, २०७७
पाल्पाको रिब्दीकोट ६ ठिमुरे घोर्लीखरकमा स्थापित रिब्दीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । २०७४ सालमा स्थापित रिब्दीकोट बौद्ध विहारमा सोमबार कार्तिक शुक्ल पूर्णिमाका दिन भगवान बुद्धको मूर्ति प्रतिस्थापना गरिएको हो ।
खुल्दै एचआइभी सङ्क्रमित
मंगलबार, मंसिर १६, २०७७
आज विश्व एड्स दिवस । कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमितहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् । धौलागिरि अस्पतालको ‘एआरटी’ सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरु खुल्न थालेका हुन ।
मेसिनमा आलुको वीउ राख्दै कृषक
मंगलबार, मंसिर १६, २०७७
पाल्पाको रामपुरमा मेसिनबाट आलु रोप्न वीउ राख्दै कृषक ।
पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल
मंगलबार, मंसिर १६, २०७७
पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल निर्माण हुन लागेका छन् । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्ने नीतिअनुरुप पाल्पाका ३ र गुल्मीका ११ स्थानीय तह गरी १४ पालिकामा अस्पताल निर्माण हुन लागेका हुन् ।
भारतमा संक्रमितको संख्या ९४ लाख नाघ्यो
सोमबार, मंसिर १५, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो ।
थप एक हजार नौं सय ३१ संक्रमित निको
सोमबार, मंसिर १५, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार नौ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोमबार देशका विभिन्न स्थानका अस्पतालबाट एक हजार नौ सय ३१ जना संक्रमित निको भएका हुन् ।
गुल्मीदरबार गाउँपालिकामा १५ शैया अस्पतालको शिलान्यास
सोमबार, मंसिर १५, २०७७
गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । गाउँपालिकाको वडा नं. ३ धुरेलडाँडामा १५ शैयाको अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
आज पाल्पा सहित ३९६ पालिकामा १५ शैयाको अस्पताल शिलान्यास गरिदै !
सोमबार, मंसिर १५, २०७७
सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित अस्पताल नभएका पाल्पा सहित ३९६ वटा स्थानीय तहमा आज अस्पताल निर्माणको शिलान्यास गर्दै छ । ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले ५, १० र १५ शैयाका अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।
१२ सय ५५ संक्रमित थपिए
सोमबार, मंसिर १५, २०७७
पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
परीक्षा अनुगमन गर्दै
सोमबार, मंसिर १५, २०७७
माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराई राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको अनुगमन गर्दै ।


