एकै दिन दुई हजार दुई सय ६ संक्रमित डिस्चार्ज
आइतबार, मंसिर २१, २०७७
कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइने तयारी
शनिबार, मंसिर २०, २०७७
सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ ।
पाल्पा निस्दीको एक घरमा आगोलागी, सात लाख बराबरको क्षति
शनिबार, मंसिर २०, २०७७
जिल्लाको निस्दी गाउँपालिका १ राहुबनको एक घरमा आगोलागी भएको छ । शुक्रबार राती स्थानीय हुमबहादुर भण्डारीको १ तले खरले छाएको कच्ची घरमा अचानक आगोलागी भएको हो ।
गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि दर्ता संकलन कार्य तिव्र
शनिबार, मंसिर २०, २०७७
सरकारले नागरिकलाई अनेक थरी परिचय पत्र बोक्नुपर्ने झन्झटबाट मुक्त गराउन परिचय पत्र वितरण कार्यक्रम ल्याएसँगै गुल्मीमा पनि यस कार्यक्रमले तिव्रता पाएको छ । जिल्लाका १२ वटै स्थानीय तहमा अहिले राष्ट्रिय परिचय पत्र वितरणका लागि दर्ता संकलन कार्यले तिव्रता पाएको हो ।
आज माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदै
शनिबार, मंसिर २०, २०७७
आज पाल्पा लगायत देशैभर विश्व माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापन प्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आÞवानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाउने गरेको हो ।
लुम्बिनी प्रदेशमा घरेलु हिंसाको अवस्था, चार महिनामा आठ सय
शनिबार, मंसिर २०, २०७७
लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८ सय २३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।
काँग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा
शुक्रबार, मंसिर १९, २०७७
नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा रहेका छन् । दुई महिना अघि अमेरिका पुगेका श्रेष्ठ १५ दिने भ्रमणमा निस्किएका हुन् ।
पाल्पाका थप ३३ जनाले कोरोना जिते, २९ जनामा संक्रमण
शुक्रबार, मंसिर १९, २०७७
पाल्पामा थप ३३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार प्राप्त भएको बुधबार र विहीबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३३ जना संक्रमितले कोरोना जितेका हुन् ।
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै
बिहीबार, मंसिर १८, २०७७
२९औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर– ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइँदै छ ।
वरिष्ठ नेता पौडेलको गिरफ्तारीप्रति पाल्पा काँग्रेसको घोर भत्सर्ना
बुधबार, मंसिर १७, २०७७
नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको नेपाली काँग्रेस पाल्पाले घोर भत्सर्ना गरेको छ । बुधबार साँझा एक विज्ञप्ती जारी गर्दै काँग्रेसले नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावाद भएको बताएको छ ।
नेकपा भित्रका नेताहरुको लडाईले सरकार फेल भई सक्यों : डा.भण्डारी
बुधबार, मंसिर १७, २०७७
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा भित्र नेताहरुको लडाई र बढ्दो भ्रष्टाचारका कारण ओली सरकार फेल भएको आरोप लगाएका छन् । गृह जिल्ला गुल्मी आएका नेता भण्डारीले जनताले धेरै आशा र विश्वासका साथ यो सरकारलाई बहुमत दिए, तर सबै कुराबाट सरकार फेल भइसेको आरोप लगाएका हुन्...
काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा, काँग्रेस नेताद्वारा आपत्ति
बुधबार, मंसिर १७, २०७७
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । पौडेललाई तनहुँबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु
बुधबार, मंसिर १७, २०७७
पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचाररत दुई पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।


