Shittalpati
सगरमाथाको उचाइ ८६ सेमी बढ्यो
सगरमाथाको उचाइ ८६ सेमी बढ्यो सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले मंगलबार संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८ सय ४८.८६ मिटर हुने भएको छ ।
ब्राउन सुगरसहित ६ जना पक्राउ
ब्राउन सुगरसहित ६ जना पक्राउ लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गढवा गाउँपालिका–१ जुरौनीस्थित गफुर मियाको घरबाट ३० ग्राम लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
रामपुरका महिला जनप्रतिनिधि सामूहिक कृषि कर्ममा
रामपुरका महिला जनप्रतिनिधि सामूहिक कृषि कर्ममा नेपाल कृषि प्रधान देश हो । तर कृषिलाई व्यवसायिक बनाउन नसक्दा देशले आर्थिक समृद्धि हासिल गर्न सकिरहेको छैन । जनप्रतिनिधि र राजनैतिक नेतृत्वले कृषिमार्फत नेपाललाई समृद्ध बनाउने भाषण नगरेका होइनन् तर व्यवहारिक रूपमा कृषिको प्रवद्र्धनमा लागेको कमै देख्ने गरिएको छ ।
भारतमा एकै दिन ३२ हजार बढी संक्रमित
भारतमा एकै दिन ३२ हजार बढी संक्रमित भारतमा आइतबार थप ३२ हजार ९ सय ८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २ सय ३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
भाषा शिक्षकका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण
भाषा शिक्षकका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण भाषा शिक्षकहरुका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण तालिम सञ्चालन भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको व्यवस्थापन र जिल्ला शिक्षा तथा समन्वय इकाई पाल्पाको समन्वयमा भाषा शिक्षकहरुका लागि छ दिने अनलाइन अभिमुखीकारण तालिम सोमबारदेखि सुरु भएको हो ।
अनेम संघ पाल्पाले बुझायो हिंसा विरुद्ध सरकारलाई ज्ञापन पत्र
अनेम संघ पाल्पाले बुझायो हिंसा विरुद्ध सरकारलाई ज्ञापन पत्र राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला (अनेम) संघ पाल्पाले महिला हिंसा विरुद्व सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संघले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेमार्फत १५ बुँदे ज्ञपानपत्र सरकारलाई बुझाएको हो ।
कोरोना संक्रमितलाई पाँच हजार दिइने
कोरोना संक्रमितलाई पाँच हजार दिइने तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो ।
पाल्पाका विद्यालयमा पठन–पाठन सुरु
पाल्पाका विद्यालयमा पठन–पाठन सुरु कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै पाल्पाका विद्यालयमा पठन–पाठन सुरु भएको छ । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरी मापदण्ड पूरा गरी विद्यालय खोल्न स्थानीय तहलाई अनुमती दिएपछि ८ महिनादेखि बन्द रेहका विद्यालयमा पठन–पाठन सुरु भएको...
पाल्पाका थप ३५ जनाले कोरोना जिते, १५ जनामा संक्रमण
पाल्पाका थप ३५ जनाले कोरोना जिते, १५ जनामा संक्रमण पाल्पामा थप ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आईतबार प्राप्त भएको शनिबार र आइतबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३५ जना संक्रमितले कोरोना जितेका हुन् ।
गोली लागेर खाग तस्कर घाइते
गोली लागेर खाग तस्कर घाइते बुटवलको सुख्खानगरस्थित एक होटलमा आइतबार प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोवार हुँदै गर्दा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहार गर्न खोज्दा उनी आफैँलाई लागेको छ ।
बुटवलमा थप कोरोना संक्रमित महिलाको मृत्यु
बुटवलमा थप कोरोना संक्रमित महिलाको मृत्यु रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप कोरोना संक्रिमत एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा रुपन्देहीको सैनामैना नगरपालिका १ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।
लैंगिक हिंसा न्यूनीकरणमा सरोकारवाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड
लैंगिक हिंसा न्यूनीकरणमा सरोकारवाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड लैंगिक हिंसा अन्त्यका लागि सबैको ऐक्यबद्धता सहित सरोकारवालाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । महिला मानवअधिकार रक्षक सञ्जाल गुल्मीको संयोजनमा एकीकृत ग्रामीण विकास समाज र दलित महिला संघको संयुक्त आयोजनामा तम्घासमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् ।
Weather Update