Shittalpati
आज राष्ट्रिय योग दिवस मनाइँदै
आज राष्ट्रिय योग दिवस मनाइँदै छैटौं राष्ट्रिय योग दिवस आज देशभर मनाइँदै छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । प्रत्येक वर्षजस्तै यस वर्ष पनि सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रमसहित योग दिवस मनाउने तयारी गरेको हो । त्यसका लागि सरकारले बजेटसमेत छुट्टयाएको छ ।
आज माघे संक्रान्ति पर्व देशभर मनाइदै
आज माघे संक्रान्ति पर्व देशभर मनाइदै आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान धार्मिक कार्य गरी मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै...
६६ वर्षीया वृद्धाले बल्ल पाइन् नागरिकता, उनी भन्छिन्– ‘नागरिकता पाएपछि भोकै भएपनि खाए झैं भयो’
६६ वर्षीया वृद्धाले बल्ल पाइन् नागरिकता, उनी भन्छिन्– ‘नागरिकता पाएपछि भोकै भएपनि खाए झैं भयो’ नागरिकता नपाई मरिन्छ कि भन्ने चिन्ताले सताइरहेकी गुल्मीको मुसिकोट नगरपालिका–१ की ६६ वर्षीया झगि विक नागरिकताको प्रमाणपत्र पाउँदा दङ्ग परिन् । आर्थिक अभावका कारण सदरमुकामसम्म आउन नसक्दा उनी रहर भएर पनि नागरिकता लिनबाट बञ्चित थिइन् । तर ६६ वर्षको हुँदा उनको रहर पूरा भयो, नागरिकता हातमा लिँदै विकले भनिन् ।
नेपालमा ४ सय ३० जनामा कोरोना हुँदा ३ सय ९० डिस्चार्ज
नेपालमा ४ सय ३० जनामा कोरोना हुँदा ३ सय ९० डिस्चार्ज नेपालमा मंगलबार ४ सय ३० जनामा कोरोना संक्रमण हुँदा ३ सय ९० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुँदा ३ सय ९० जना डिस्चार्ज भएका हुन् ।
बगनासकालीले आठौं गाउँसभाबाट परित गर्‍यो १ ऐन, ६ कार्यविधि सहित निर्देशिका र मापदण्ड
बगनासकालीले आठौं गाउँसभाबाट परित गर्‍यो १ ऐन, ६ कार्यविधि सहित निर्देशिका र मापदण्ड जिल्लाको बगनासकाली गाउँपालिकाको आठौं गाउँसभा तथा हिउँदे अधिवेशन भएको छ । विभिन्न विधेयक,ऐन, कार्यविधि पारित गर्दै मंगलबार गाउँसभा सकिएको हो । गाउँसभाले एक ऐन पारितसँगै छ कार्यविधि, एक निर्देशिका र एक मापदण्ड अनुमोदन गरेको छ । सभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रस्तुती ऐन पास गरेको...
वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै
वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिए ।
मृतावस्थामा भालेबाघ भेटियो
मृतावस्थामा भालेबाघ भेटियो कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो ।
संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छ : भण्डारी
संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छ : भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उनले संसद् पुनःस्थापना हुने÷नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसाथ गर्नुपर्ने बताए ।
पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज, ६ जनामा पुष्टि
पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज, ६ जनामा पुष्टि पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार र सोमबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका १४ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
Weather Update