वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई आफन्तको न्यास्रो
आइतबार, असार ७, २०७७
नेपाली काँग्रेस छत्रकोटद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
आइतबार, असार ७, २०७७
नेपाली काँग्रेस छत्रकोट गाउँपालिका वडा नं. ६ वडा कार्यसमितिले वडा कार्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि वडा अध्यक्ष थम्मनबहादुर ज्ञवालीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको वडा सभापति दिलबहादुर थापाले जानकारी दिए ।
पाल्पाका ठाउँ–ठाउँमा पहिरो, घर भत्कियो, भैंसी पुरियो
आइतबार, असार ७, २०७७
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँहरुमा पहिरो गएका छन् । पहिरोका कारण जिल्लाका अधिकांश ग्रामीण सकडहरु अवरुद्ध रहेका छन् भने, घर गोठमा क्षति पुगेको छ । निरन्तर वर्षाका कारण जिल्लामा एक घर भत्किएको छ भने भैंसीको पाडी पुरिएर मरेको छ ।
गुल्मीमा पहिरोले गाडी पुर्दा थप एकको मृत्यु, मृतक संख्या दुई पुग्यो
शनिबार, असार ६, २०७७
जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा २ जनाको मृत्यु भएको छ । १ जनाको अवस्था गम्भीर रहेको छ । देउराली यातायातको गाडी अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो ।
जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ
शनिबार, असार ६, २०७७
जिल्लामा जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ परेका छन् । ३१ वर्षीया अविवाहित छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय बाबु पक्राउ परेका हुन् । उनलाई आर्यभञ्ज्याङ्ग प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
नारायण युवा क्लवद्वारा कोरोना सचेतना कार्यक्रम
शनिबार, असार ६, २०७७
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील संस्था नारायण युवा क्लवले कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । कोरोना भाईरसका कारण पाल्पामा पनि जोखिम बढ्दै गएकाले स्वास्थ्य सचेतना एवं सतर्कताका लागि क्लवले तानसेनमा सचेतना कार्यक्रम गरेको हो ।
पाल्पामा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९२ पुग्यो
शनिबार, असार ६, २०७७
जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । शनिवार मात्र जिल्लामा २० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौंमा १ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण काठमाडौमा १६ जना, प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
गुल्मीमा एकै दिन २० जनामा कोरोना पुष्टि
शनिबार, असार ६, २०७७
जिल्लामा एकै दिन थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको जिल्ला स्वास्थ कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन २० जनामा कोरोना संक्रमण...
गुल्मीमा पहिरोले गाडी पुर्दा एकको मृत्यु
शनिबार, असार ६, २०७७
जिल्लाको धुर्कोट गाउँपालिका वडा ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा १ जनाको मृत्यु भएको छ । २ जनाको अवस्था गम्भीर रहेको छ । देउराली यातायातको गाडी अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो ।
गुल्मीमा थप १५ जनामा कोरोना संक्रमण
शनिबार, असार ६, २०७७
जिल्लामा एकै दिन थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६९ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि...
प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु
शनिबार, असार ६, २०७७
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको छ । पाल्पा, गुल्मी, रुपन्देही जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको हो । गुल्मी रुरु क्षेत्र गाउँपालिका १ साखरमा एक पुरुषको शव फेला परेको छ ।
पाल्पामा पहिरोका कारण घर भत्किनुको साथै भैंसीको पाडी पुरियो
शनिबार, असार ६, २०७७
गए रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाँउहरुमा पहिरो गएका छन् । पहिरोका कारण जिल्लाका अधिकास ग्रामिण सकडहरु अवरुद्ध रहेका छन् भने, घर गोठमा क्षति पुगेको छ । निरन्तर वर्षाका कारण जिल्लामा एक घर भत्किएको छ भने भैसीको पाडी पुरी मृत्यु भएको छ ।
वर्षाले पुलमा क्षति
शनिबार, असार ६, २०७७
र्षाले कालीगण्डकी करिडोर अन्तर्गत पर्ने रामपुर नगरपालिका –१० स्थित पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति पुगेको छ । दुई दिनअघिदेखि परेको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रबार निर्माण सामग्री बगाउँदा करीब ६५ लाख बराबरको क्षति पुगेको हो ।


