Shittalpati
अमेरिकी नागरिक थम्सनको सहयोगमा विद्यार्थीहरुलाई स्वीटर
अमेरिकी नागरिक थम्सनको सहयोगमा विद्यार्थीहरुलाई स्वीटर जिल्लाको बगनासकाली गाउँपालिका वडा ७, खानीगाउँ रामबगैचाका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । अमेरिकी ६८ वर्षीय नागरिक पउल थम्सनको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो स्वीटर वितरण गरिएको हो ।
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार बिना स्वीकृति नेपाल सरकारको निशाना छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएपछि शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले सो क्रममा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेको छ ।
गुल्मीका सरोकारवालाहरुद्वारा भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता
गुल्मीका सरोकारवालाहरुद्वारा भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता गुल्मीका सरोकारवाला निकायहरुले भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवरमा भ्रष्टाचार विरुद्धको नागरिक निगारानी संस्था गुल्मीले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले नेपालमा भ्रष्टाचार बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।
गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने
गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले धार्मिक कार्य (दिवाली) तथा बिवाह गर्दा साउण्ड सिष्टम तथा बाजा नबजाउने निर्णय गरेको हो ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै विश्व मानव अधिकार दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि बिहीबार विविध कार्यक्रम गरी मनाइदैछ ।
कोभिडका कारण रोजगार गुमाएका पाल्पाका युवा बंगुरपालनमा
कोभिडका कारण रोजगार गुमाएका पाल्पाका युवा बंगुरपालनमा कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन गर्‍यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु पर्‍यो । रोजगारी गुमाउने मध्येका एक हुन तानसेन नगरपालिका–१४ का रमेश परियार । यस अघि काठमाडौँस्थित एक होटलमा कुकम्यानका रुपमा काम गर्दै आएका परियार सात महिनादेखि बेरोजगार छन् ।
पशुका लागि गुन्द्रुक बनाउँदै
पशुका लागि गुन्द्रुक बनाउँदै पाल्पाको रामपुर नगरपालिका ६ मा मेसिनबाट पशुका लागि पोषिलो खाना गुन्द्रुक (साइलेज) तयार गरिदै । कामधेनु गाईफर्म रामपुरको व्यवस्थापनमा पशुका लागि व्यवसायिक रुपमा साइलेज उत्पादन गरिदै आइएको छ ।
तीन दिन बदली हुने
तीन दिन बदली हुने न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ ।
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैनाका ७३ वर्षीय ती व्यक्तिको मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
नेताहरु नमिले छुट्टा–छुट्टै बाटो लाग्नुपर्ने अवस्था आउन सक्छ : मुख्य मन्त्री पोखरेल
नेताहरु नमिले छुट्टा–छुट्टै बाटो लाग्नुपर्ने अवस्था आउन सक्छ : मुख्य मन्त्री पोखरेल नेकपा स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पार्टी एकताका लागि नेताहरु बिच मन नमिले छुट्टा–छुट्टै बाटो लाग्ने अवस्था आउन सक्ने बताएका छन् । मंगलबार नेकपा प्रचार विभाग पाल्पाको प्रकाशनमा प्रकाशित सूर्य बुलेटिन वितरण तथा भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
रुरु क्षेत्र धाम पर्यटकीय धार्मिक गुरुयोजनाको शुभारम्भ
रुरु क्षेत्र धाम पर्यटकीय धार्मिक गुरुयोजनाको शुभारम्भ नेपालको चार धामको रुपमा परिचित रुरु क्षेत्र धामको पर्यटकीय धार्मिक गुरुयोजनाको कार्यान्वयको शुभारम्भ भएको छ । नेपालकै नमूना धार्मिक तथा पर्यटकीय पूर्वाधारहरुको निर्माण गर्दै धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा रुरु क्षेत्रधामको गुरुयोजना कार्यान्वयन थालिएको हो ।
Weather Update