Shittalpati
नेपाल रेडक्रस सोसाइटी पाल्पाले मनायो स्वर्णमहोत्सव
नेपाल रेडक्रस सोसाइटी पाल्पाले मनायो स्वर्णमहोत्सव नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाको स्वर्णमहोत्सव मनाएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पाले शनिबार एक कार्यक्रमका साथ स्वर्णमहोत्सव मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले स्मारिका विमोचन र स्वर्णमहोत्सव लोगो अनावरण गर्दै रेडक्रसले गरेका कामहरु धेरै नै प्रभावकारी रहेको बताए ।
जतिसक्दो चाँडो कोभिड विरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौँ : मन्त्री पौडेल
जतिसक्दो चाँडो कोभिड विरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौँ : मन्त्री पौडेल अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड–१९ विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताए । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को पाँचौँ महासभालाई आज सम्बोधन गर्दै उनले भने, “सरकार सबैलाई सहजरुपमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने र यो महामारीबाट छिटोभन्दा छिटो नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित छ ।”
कोभिड–१९ सङ्क्रमण १३.९ प्रतिशत समुदायमा
कोभिड–१९ सङ्क्रमण १३.९ प्रतिशत समुदायमा कोभिड–१९ को सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए ।
नेपाल–क्यानाडा परामर्श संयन्त्रको बैठक
नेपाल–क्यानाडा परामर्श संयन्त्रको बैठक नेपाल–क्यानाडा परामर्श संयन्त्रको दोस्रो बैठक द्विपक्षीय व्यापार, लगानी, शैक्षिक तथा सांस्कृतिक सहयोग प्रवद्र्धन गर्ने सहमतिका साथ सम्पन्न भएको छ । अप्रत्यक्षरुपमा शुक्रबार साँझ भएको उक्त बैठकमा दुई वर्षअघि ओटावामा सम्पन्न संयन्त्रको पहिलो बैठकका निर्णयको समीक्षाका साथै पारस्परिक पर्यटन प्रवद्र्धन र जनस्तरको सम्बन्ध विकासलगायत विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ...
तरकारी खेतीमा महिलाको सक्रियता
तरकारी खेतीमा महिलाको सक्रियता व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिला समेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक एक लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन छलफल
जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन छलफल उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना विरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग शुक्रबार छलफल गरेका छन् ।
पाल्पामा कोरोना संक्रमणबाट ४४ वर्षिय पुरुषको मृत्यु
पाल्पामा कोरोना संक्रमणबाट ४४ वर्षिय पुरुषको मृत्यु तिनाउ गाउँपालिका ६ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिए ।
जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना पुरूष पक्राउ परेका छन् । रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगाबहादुर नेपाली करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो
नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३ सय संक्रमित भएका अवस्थामा चार करोड ८० लाख...
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए...
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका –६ का ८७ वर्षीय संक्रमित पुरुषको बिहीबार दिउँसो २ बजे घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
बिउमा समान मूल्य कायम गर्न मकैको मूल्य निर्धारण
बिउमा समान मूल्य कायम गर्न मकैको मूल्य निर्धारण कृषकहरुद्वारा उत्पादित कृषिजन्य उत्पादनहरुले उचित मूल्य नपाएको गुनासो आइरहेका बेला गुल्मीमा मकै बिउको मूल्य निर्धारण भएको छ । जिल्लाभर मकै बिउको समान मूल्य कायम गर्न तथा बिउको बजारीकरणमा सहजता ल्याउनका लागि जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले मकै बिउको जिल्ला दररेट कायम गरेको छ ।
Weather Update