Shittalpati
पाल्पा कोरोना संक्रमण मुक्त
पाल्पा कोरोना संक्रमण मुक्त पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा देखिएका सबै संक्रमित डिस्चार्ज भई घर फर्किए सँगै जिल्ला कोरोना मुक्त भएको हो । जिल्लामा हालसम्म ५६१ जना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन ।
रिब्दीकोटका विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाई गरिदै
रिब्दीकोटका विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाई गरिदै जिल्लाको रिब्दीकोट गाउँपालिकाले क्वारेन्टाइनका लागि प्रयोग गरिएका विद्यालयहरु निर्मलिकरण (सरसफाई) गर्न थालेको छ । कोरोना महमारीका कारण बाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेन्टाइनको रुपमा प्रयोग भएका सबै विद्यालय खाली भएपछि अहिले सरसफाइ गर्न थालिएको हो ।
गुल्मीमा ९५ प्रतिशत रोपाइँ सकियो
गुल्मीमा ९५ प्रतिशत रोपाइँ सकियो जिल्लामा ९५ प्रतिशत रोपाइ सकिएको छ । साउन तेस्रो हप्ता लाग्नै लाग्दा जिल्लामा करिब ९५ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको हो । बाँकी ५ प्रतिशत क्षेत्रमा रोपाइँ भइरहेको छ । हरेक वर्ष साउनको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको भएको हो ।
कोरोना संक्रमणबाट एक सय ८९ नेपालीको मृत्यु
कोरोना संक्रमणबाट एक सय ८९ नेपालीको मृत्यु विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् ।
भारतमा एकैदिन ५७ हजार संक्रमित
भारतमा एकैदिन ५७ हजार संक्रमित भारतमा कोरोना भाइरसबाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएका मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह
नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह प्रदेश पाँचको अर्थ,उद्योग तथा पर्यटन समितिले खानी उत्खनन र नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारलाई आग्रह गरेको छ । समितिका सभापति दधिराम न्यौपानेको अध्यक्षतामा बुटवलमा बसेको बैठकले खानी तथा नदीजन्य पदार्थको व्यवस्थापन र सदुपयोग भए त्यसबाट समृद्धि हासिल गर्न सकिने जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय १५ जना संक्रमित...
खोलामा डुबेर रामपुरमा एक बालकको मृत्यु
खोलामा डुबेर रामपुरमा एक बालकको मृत्यु जिल्लाको रामपुर नगरपालिका ५ भम्बक स्थित भुलादी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा खोलामा पुगेका पूर्वखोला गाउँपालिका ३ अर्खल डाँडा घर भई हाल रामपुर ५ मटेरी डेरामा बस्दै आएका सन्तोष ठाडाको २ वर्षिय छोरा विप्लप ठाडाको ज्यान गएको हो ।
शुद्धोधनको दर्वाह पार्कमा तोडफोड
शुद्धोधनको दर्वाह पार्कमा तोडफोड प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको रुपन्देहीको शुद्धोधन गाउँपालिका– ५ स्थित दर्वाह पार्क (उद्यान) मा तोडफोड भएको छ । शुद्धोधन गाउँपालिकाले पत्रकार सम्मेलन गरी छठ पूजा गर्ने स्थान र मसानघाटको व्यवस्था गर्ने विषयमा वार्ता भइरहेको अवस्थामा एक्कासि नेपाली काँग्रेस वार्ता टोलीका संयोजक शेरबहादुर काफ्ले, विपीनकुमार कुर्मी र कृष्ण चौधरीको पूर्वयोजनामा...
नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु नेपालमा कोरोना संक्रमणबाट शुक्रबार थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप चार जनाको कोरोनाले मृत्यु पुष्टि भएको हो ।
गुल्मी काँग्रेसद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
गुल्मी काँग्रेसद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र नेपाली काँग्रेस गुल्मीले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी शर्मालाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।
गुल्मीमा ३० जना कर्मचारी काजमा, २२ जनाले हाजिर गरेनन्
गुल्मीमा ३० जना कर्मचारी काजमा, २२ जनाले हाजिर गरेनन् जिल्लामा रहेका सरकारी कार्यालय मध्ये केही सरकारी कार्यालयका ३० जना कर्मचारी काजमा र २२ जनाले हाजिरनै नगरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले लामो समयपछि गरेको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।
Weather Update