पाल्पामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ
बुधबार, साउन २८, २०७७
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु
बुधबार, साउन २८, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना संक्रमितको मंगलबार राती मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।
भारतमा फसेकी युवतीको उद्दार
बुधबार, साउन २८, २०७७
एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्दारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए ।
मंगलबार थपिए ६ सय ३८ नयाँ संक्रमित, चारको मृत्यु
मंगलबार, साउन २७, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६ सय ३८ नयाँ संक्रमित देखिएका हुन् ।
विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो
मंगलबार, साउन २७, २०७७
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारी अनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल
मंगलबार, साउन २७, २०७७
गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको अस्पतालका प्रमुख थानपति न्यौपानेले जानकारी दिए ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, एकै दिन चार जनाको मृत्यु भएको पुष्टि
सोमबार, साउन २६, २०७७
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । एकै दिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
खानेपानी वितरण अनियमितताको विरोधमा कार्यालयमै धर्ना
आइतबार, साउन २५, २०७७
दुई हप्तादेखि घर–घरमा धारा नआएपछि तानसेनका उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् । तानसेन नगरपालिका वडा नंं ५ कैलाशनगरको बतासेडाँडा क्षेत्रका उपभोक्ताहरुका घरमा दुई हप्तासम्म धारामा पानी नआएपछि उपभोक्ता दिक्क भई शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।
झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ
आइतबार, साउन २५, २०७७
जिल्लामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । रामपुर नगरपालिका–८, सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा थप एक जनामा कोरोना पुष्टि
आइतबार, साउन २५, २०७७
जिल्लामा देखिएका सबै संक्रिमत डिस्चार्ज भएको केही दिनमै थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रम्भा गाउँपालिकाका ३८ जनाको पिसिआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको हो ।
मनसुन सक्रिय : तीन दिन देशभर वर्षा हुने
आइतबार, साउन २५, २०७७
नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताए । ‘केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, मौसमविद् कँडेलले भने ।
पाल्पामा काँग्रेस खोज्दै सिंगो गाउँ नै पार्टी कार्यालय आएपछि ...
शनिबार, साउन २४, २०७७
‘हेलो सरकार, हजुर भन्नुहोस् । को बोल्नु भयो, हजुर म पाल्पाको बगनासकालीबाट बोलेको म सरकार पक्षको मान्छे हूँ, यहाँ काँग्रेसले आज भेला गर्दैछ । यस्तो महामारीका बेला कार्यक्रम गर्न दिनु भएन् । स्थानीय प्रशासनमा पनि फोन गरेका छौं, त्यहाँबाट प्रमुख जिल्ला अधिकारीलाई रोक्न लगाउनु पर्ने भो ।’ यति भनेर फोन...
कर्माचार्यको अध्यक्षतामा स्कूल अफ डेमोक्रेसीको कार्यसमिति विस्तार
शनिबार, साउन २४, २०७७
लोकतन्त्र तथा कानुनी राज्य स्थापनाका लागि गैर सरकारी संस्थाको रुपमा वकालत गर्दै आएको स्कूल अफ डेमोक्रेसी पाल्पामा अजय कर्माचार्यको अध्यक्षतामा कार्यसमिति विस्तार भएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सभासद वीरबहादुर रानाको प्रमुख आतिथ्यमा कार्यसमिति विस्तार भएको हो ।


