Shittalpati
कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो
कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो नेपालमा कोरोना संक्रमणबाट सोमबार थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराञ्जमा मृत्यु भएको हो ।
पाल्पामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएर घर फर्किए
पाल्पामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएर घर फर्किए जिल्लामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाको माथागढी गाउँपालिकाका एक जना, बगनासकाली गाउँपालिकाका पाँच जना र तानसेन नगरपालिकाका एक जना संक्रमित निको भएका हुन् ।
बाढी नियन्त्रणमा प्रदेश पाँच सरकारको चासो
बाढी नियन्त्रणमा प्रदेश पाँच सरकारको चासो नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा बर्सेनि हुने बाढी नियन्त्रण तथा कृषि बालीको क्षति न्यूनीकरणको पहलका लागि प्रदेश पाँच सरकारले चासो देखाएको छ । सत्तरी वर्षदेखि बाढी र डुबानका कारण यहाँ बर्सेनि हजारौँ बिघा खेतीबाली नष्ट हुने गरेको छ ।
अनलाइन क्लास
अनलाइन क्लास विश्व अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेको बेला नेपाल अर्थात मेरो देश पनि यसबाट अछुतो रहन सकेन । पूर्ण रुपले उद्योग व्यवसाय बन्द छन् ।
आजबाट मनसुन पुनःसक्रिय हुने
आजबाट मनसुन पुनःसक्रिय हुने आजबाट मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताइन् ।
काँग्रेसको अवरोधः आप्रवासन परियोजनाको परीक्षा स्थगित
काँग्रेसको अवरोधः आप्रवासन परियोजनाको परीक्षा स्थगित जिल्लाको रेसुङ्गा नगरपालिकामा आइतबार हुन लागेको आप्रवासन (सामी) परियोजनाको परीक्षा स्थगित भएको छ । नेपाल सरकार र स्वीस सरकारको संयुक्त सहयोगमा सञ्चालन हुन लागेको सामी परियोजनाको कर्मचारी भर्नाका लागि हुन लागेको परीक्षा नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको हो ।
गुल्मीका किसान मकैको बीउ उत्पादनमा आकर्षित
गुल्मीका किसान मकैको बीउ उत्पादनमा आकर्षित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गुल्मी जिल्लामा मकै जोन परियोजना लागू भएसँगै कृषकहरुले जिल्लामा मकैको बीउ उत्पादन शुरु गरेका छन् । खाना र गाईवस्तुको दानाका लागि मात्रै मकै उत्पादन गर्दै आएका कृषकहरु मकै जोनले गरेको सहयोग र प्रविधिका कारण बीउ उत्पादनतर्फ आकर्षित भएका हुन् ।
पाल्पामा थप चार जनामा कोरोना संक्रमण
पाल्पामा थप चार जनामा कोरोना संक्रमण जिल्लामा शनिबार थप चार जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका चार जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
रोट्याक्ट क्लव अफ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा भारती
रोट्याक्ट क्लव अफ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा भारती रोट्याक्ट क्लव अफ पाल्पा तानसेनमा नयाँ नेतृत्व आएको छ । सामाजिक अभियान्ता विनोद भारतीको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको हो । शनिबार तानसेनमा एक कार्यक्रमका बिच भारतीको अध्यक्षतामा वर्ष २०२०/०२१ का लागि नयाँ नेतृत्व चयन भएको छ ।
दमकडा माविद्वारा टोल–टोलमा शिक्षण सिकाइ
दमकडा माविद्वारा टोल–टोलमा शिक्षण सिकाइ लामो समयको कोभिड–१९को महामारीका कारण प्रभावित विद्यार्थीहरुलाई मध्यनजर गर्दै तानसेन नगरपालिका–९ दमकडामा रहेको दमकडा माविले टोल–टोलमै पुगेर विद्यार्थीहरुलाई शिक्षण सिकाइ सञ्चालन गरेको छ । समय परिस्थती अनुसार सिकाइलाई आधुनिक र व्यवहारिक बनाउँदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन विषय शिक्षकहरुको सक्रियतामा शिक्षण कार्यलाई अगाडि बढाएको हो ।
न्यायको माग गर्दै महिला संघ गुल्मी आन्दोलनमा
न्यायको माग गर्दै महिला संघ गुल्मी आन्दोलनमा न्यायको माग गर्दै नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल महिला संघ गुल्मी आन्दोलनमा उत्रिएको छ । सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर भइ काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो
कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्जस्थित माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
Weather Update