फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे
आइतबार, पुस २६, २०७७
पाल्पामा राष्ट्रिय कृषि गणनाको तयारी हुँदै
आइतबार, पुस २६, २०७७
जिल्लामा कृषिको अवस्था र कृषिको विकासका लागि विभिन्न योजना बनाउने उद्देश्यले सातौं राष्ट्रिय कृषि गणना–२०७८ को तयारी सुुरु गरिएको छ । कृषकहरुको आयस्तर माथि उकास्न, कृषि पेशालाई प्रमुख आयश्रोतको रुपमा विकास गर्न, तीन वटै सरकारबाट कृषि पेशालाई उच्च प्राथमिकता दिन विविध विषयवस्तुमा केन्द्रित रहेर जिल्ला तथ्याङ्क कार्यालय पाल्पाले राष्ट्रिय कृषि...
आलुको पकेट क्षेत्र बन्दै माथागढीको चिर्तुङ्गधारा
आइतबार, पुस २६, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले वडा ७ रहवासको चिर्तुङ्गधारालाई आलुको पकेट क्षेत्रको रुपमा विस्तार गर्न लागेको छ । आलुका लागि उपयुक्त क्षेत्र चिर्तुङ्गधारा रहेकाले आलुको पकेट क्षेत्र नै बनाउने गरी गाउँपालिकाले काम अगाडि बढाएको हो । अहिले यस क्षेत्रको २५ रोपनी क्षेत्रफलमा आलु लगाई सकिएको छ ।
पाल्पाको तानसेनमा शिशु मृत अवस्थामा फेला
शनिबार, पुस २५, २०७७
जिल्लाको तानसेन नगरपालिका ५ सितलडाँडामा शिशु मृत अवस्थामा फेला परेको छ । शनिबार दिउँसो ४ः४५ बजे सितलडाँडामा तानसेन रानिमहल भित्री सडक खण्डको सडक छेउमा बेवारिसे अवस्थामा शिशु मृत भेटिएको हो ।
मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा ज्ञवाली
शनिबार, पुस २५, २०७७
मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा अरुण ज्ञवाली चयन भएका छन् । शनिबार तानसेनमा भएको १० औं अधिवेशनबाट ज्ञवाली निर्विरोध निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा रेणुका देवकोटा, सचिव सन्तवीर बराल, सहसचिब ठाकुर अधिकारी, कोषाध्यक्ष मधुदयाल सैजु र सदस्यहरुमा सरिफ गहतराज, सुशीला रेग्मी, रमा पन्त, बंकिमचन्द खनाल, बिष्णुकुमारी श्रेष्ठ र...
पाल्पा र गुल्मीमा पनि संसद् विघटनविरुद्ध काँग्रेसको प्रदर्शन
शनिबार, पुस २५, २०७७
संसद् विघटनको विरोधमा नेपाली काँग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद् विघटनलाई असंवैधानिक भनेको उसले पाल्पा, गुुल्मी सहित देशभरका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।
पाल्पाका थप २३ कोरोना संक्रमित निको भए, ८ थपिए
शनिबार, पुस २५, २०७७
पाल्पामा थप २३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २३ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका भित्रका १३ जनाले कोरोना जितेका छन् ।
त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति
शनिबार, पुस २५, २०७७
त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार) मा नियुक्ति दिने सहमति...
आज संसद् विघटनका विरुद्ध काँग्रेसको आन्दोलन
शनिबार, पुस २५, २०७७
संसद् विघटनका विरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको नेपाली काँग्रेसले शनिबार (आज) देशका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रबाट एकसाथ सो कदमको विरोध गर्दैछ । आन्दोलनका लागि पाल्पा र गुल्मी काँग्रेसले पनि आफ्नो तयारीलाई व्यापक बनाएका छन् । आज हुने विरोध सभालाई सम्बोधन गर्न केन्द्रस्तरदेखि प्रदेशस्तरका नेताहरु शुक्रबार नै...
समायोजनले गुल्मीका ३७ विद्यालय विलीन
शनिबार, पुस २५, २०७७
विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो । एघार पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७ पूर्णरुपमा बन्द भएका छन्, जसमध्ये ४७ विद्यालयको कक्षा घटाइएको छ ।
नेपालमा शुक्रबार थप ५ सय ८५ संक्रमित निको भए
शुक्रबार, पुस २४, २०७७
नेपालमा पछिल्लो २४ घण्टाको विवरण अनुसार शुक्रबार संक्रमित हुनेको दर भन्दा निको हुनेको दर धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ५४ कोरोना संक्रमित थपिदा ५ सय ८५ जना निको भएका छन् ।
गुल्मी र पाल्पाका शिक्षकलाई तालिम
शुक्रबार, पुस २४, २०७७
पाल्पा र गुल्मीका शिक्षकहरुलाई तालिम दिइएको छ । शिक्षा तालिम केन्द्र रुपन्देही,लुम्विनी प्रदेशको आयोजनामा तानसेनमा टिपिडी ढाँचामा आधारित एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम दिइएको हो ।
गुल्मीमा भोली हुने आन्दोलनलाई सम्बोधन गर्न केन्द्रीयस्तरका नेता आउदै
शुक्रबार, पुस २४, २०७७
नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार भोली शनिबार (पुस २५ गते) गुल्मी जिल्लाका चार वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा हुन लागेको बिरोध कार्यक्रममा केन्द्रीय नेताहरु सहित जिल्लाका नेताहरुले पनि सम्बोधन गर्ने भएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सांसद संविधान सभा...


