शिक्षासेवी नेपालको निधन
शनिबार, साउन २४, २०७७
तिनाउ गाउँपालिकामा प्रसुतिगृह सञ्चालनमा आउने
शनिबार, साउन २४, २०७७
जिल्लाको तिनाउ गाउँपालिकामा प्रसुतिगृह सञ्चालनमा आउने भएको छ । गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी युक्त गाउँपालिका बनाउने अभियान अन्तर्गत वडा २ दोभान स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रसुतिगृह यसै वर्षदेखि सञ्चालनमा आउने भएको हो ।
रामपुर नगरमा स्तनपान कक्ष सञ्चालन
शनिबार, साउन २४, २०७७
जिल्लाको रामपुर नगरपालिकाले शुक्रबारदेखि छुट्टै स्तानपान कक्ष सञ्चालनमा ल्याएको छ । नगरपालिकामा कार्यरत महिला कर्मचारी तथा महिला सेवाग्राहीहरुको सहजताका लागि कार्यालय परिसरमा छुट्टै कक्ष स्थापना गरेको हो ।
तानसेनमा विपद् व्यवस्थापनमा गर्नुपर्ने उद्दार र तयारीका विषयमा प्रदर्शनी
शुक्रबार, साउन २३, २०७७
विपद्को समयमा उद्दार गर्ने शैलीका विषयमा तयार गरेको प्रयोगात्मक अभ्यास तानसेनमा प्रदर्शन गरिएको छ । विपद् हुनु अघि, विपद्का बेला र विपद् भैसकेपछि तीनवटै अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा जिल्लाका सुरक्षा निकायहरुले जनचेतनामुलक प्रदर्शन गरेका हुन् ।
कोरोनाबाट थप पाँच जनाको मृत्यु, मृतको संख्या ७० पुग्यो
शुक्रबार, साउन २३, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । शुक्रबार २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो ।
सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी
शुक्रबार, साउन २३, २०७७
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस संगठन नेपालले शुक्रबार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि, मृतकको संख्या ६५ पुग्यो
बिहीबार, साउन २२, २०७७
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार मात्र पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएको थियो ।
यातायातमा जोरबिजोर प्रणाली लागू
बिहीबार, साउन २२, २०७७
मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको संक्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २ सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
कृषि प्रधान देशमै मलको अभाव, किसान चिन्तित
बिहीबार, साउन २२, २०७७
नेपाललाई कृषि प्रधान देश भनिन्छ तर देश कृषिमा आत्मनिर्भर छैन । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषिमा संलग्न छन् ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो
बुधबार, साउन २१, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ
बुधबार, साउन २१, २०७७
कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।
पाल्पाका सबै संक्रमित डिस्चार्ज, बिना परीक्षण नै घर
मंगलबार, साउन २०, २०७७
तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसनमा रहेका चार जना सोमबार डिस्चार्ज भए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएका रम्भा गाउँपालिकाका चार जना घर गएका हुन् । १४
कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो
मंगलबार, साउन २०, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।


