पाल्पामा आइतबार १५ जना नयाँ कोरोना संक्रमित थपिए
आइतबार, वैशाख १२, २०७८
काँग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्दै
आइतबार, वैशाख १२, २०७८
सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाका सात वटै वडाका अगुवा कार्यकर्तालाई नेपाली काँग्रेसले प्रशिक्षित गरेको छ । नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको दुई दिने प्रशिक्षणमा सहभागी ७० जना अगुवा कार्यकर्ता तथा नेताहरुले, अब कालीगण्डकीमा संगठन मजबूत बनाउँन परीक्षण कोशे ढुंगा सावित भएको धारणा व्यक्त गरेका थिए ।
माथागढीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, वैशाख ११, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा माथागढीका २ महिला र १ जना पुरुष गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रहरीको सन्देश ‘अनिवार्य मास्कको प्रयोग गरौँ’
शनिबार, वैशाख ११, २०७८
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि विशेष सचेतना अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।
धुर्कोट गाउँपालिकाका कृषकलाई भैसी
शनिबार, वैशाख ११, २०७८
गाउँपालिकाले ५० जना कृषकहरुलाई भैसी वितरण कार्यक्रममा समावेश गरेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार पहिलो चरणमा २४ जना कृषकहरुलाई भैसी वितरण गरिएको छ । बाँकी २६ जना कृषकलाई अबको एक साता भित्र वितरण गरिने बताइएको छ ।
पाल्पामा १३ जना नयाँ संक्रमित थपिए
शुक्रबार, वैशाख १०, २०७८
पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ७ जना सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
माथागढी सरकारलाई एम्वुलेन्स सहयोग
शुक्रबार, वैशाख १०, २०७८
जिल्लाको माथागढी सरकारलाई एम्वुलेन्स सहयोग प्राप्त भएको छ । पाल्पा सिमेन्ट ईन्डस्ट्रिज प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँ सरकारलाई एम्वुलेन्स सहयोग गरेको हो ।
सुवेदीले गरे स्वर्गिय माता पिताको स्मृतिमा वृद्धाश्रमलाई युरोगार्ड सहयोग
शुक्रबार, वैशाख १०, २०७८
पाल्पा, होटल व्यवसायी तथा पत्रकार जीवलाल सुवेदीले वृद्धाश्रमलाई स्वर्गिय मातापिताको स्मृतिमा युरोगार्ड सहयोग गरेका छन् । तिनाउ गाउँपालिका ६ मस्याम निवासी सुवेदीले आफ्नो माता स्व. छविकला र पिता स्व. टिकाराम सुवेदीको स्मृतिमा नीलसार असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र तानसेनलाई युरोगार्ड सहयोग गरेका हुन् ।
रानीमहल दरबारको रङ फेरियो, अवस्था फेरिएन
शुक्रबार, वैशाख १०, २०७८
महलभित्र पानीपोखरी, मन्दिर, बगैँचा आदि रहेका छन् । दरबारको मूलढोकाबाट कुँदिएका ढुा र इँटाबाट बनाइएका खुड्किला तल सिधा कालीगण्डकी नदी कुण्डसम्म जोडिएका छन् । प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तीर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवासमेत निर्माण गरिएको छ । तानसेनबाट उत्तरपश्चिम करीब तीन घण्टा पैदल यात्राबाट रानीमहल पुग्न सकिन्छ ।
उनाएचौरमा पुरातत्व शैलीको मन्दिर निर्माण
शुक्रबार, वैशाख १०, २०७८
मन्दिरको एक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् । मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख भुसालले नगर भित्र उत्कृष्ट पर्यटकीय गनतव्य बनाउने उद्देश्यले आकर्षक मन्दिर निर्माण गरिएको बताए । उनाएचौरमा अरु धेरै पर्यटकीय संरचना बनाइने नगरप्रमुख भुसालको भनाई छ ।


