नेपालमा संक्रमितसँगै निको हुने दर पनि बढ्दै
मंगलबार, भदौ १६, २०७७
कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक
मंगलबार, भदौ १६, २०७७
कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक स्थापना भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश पाँचको समन्वयमा बुटवलको रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना भएको हो ।
बाहिरबाट आएका नागरिक व्यवस्थापनमा कठिनाई, भवन नहुँदा क्वारेन्टाइन र आइसोलेशनमा समस्या
मंगलबार, भदौ १६, २०७७
जिल्लामा भारत तथा तेस्रो मुलुकबाट आएका नागरिक व्यवस्थापनमा कठिनाई भएको छ । सरकारले विद्यालयहरुलाई क्वारेन्टाइनबाट हटाउने निर्यण गरेसंगै भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई व्यवस्थापन गर्न जिल्लाका स्थानीय तहलाई कठिन भएको हो ।
संस्कृत शिक्षाप्रति युवाको आकर्षण
मंगलबार, भदौ १६, २०७७
स्याङ्जाको वालिङ नगरपालिका—८ भीमटारीका युवाहरु साँस्कृतिक पाठशालाप्रति आकर्षित भएका छन् । धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङमा सञ्चालित साँस्कृतिक पाठशालाप्रति उनीहरु आकर्षित भएका हुन् ।
बौद्धिक शोषण गरेको भन्दै निर्देशिका जलाइयो
मंगलबार, भदौ १६, २०७७
बौद्धिक शोषण गरेको भन्दै देशभरका आंशिक प्राध्यापकहरूले ‘त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् । निर्देशिकाले समान कामको समान ज्याला व्यवस्थापन नगरेको र बौद्धिक शोषण गरेको बताउँदै उनीहरुले निर्देशिका जलाएका हुन् ।
थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, भदौ १५, २०७७
पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४ सय ९० नमुना परीक्षण गर्दा ३ सय ३ महिला र ५ सय ९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सङ्क्रमित महिला सम्पर्क विहीन
सोमबार, भदौ १५, २०७७
नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् ।
रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु
सोमबार, भदौ १५, २०७७
कोरोना भाइरस संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।
पाल्पामा समुदायस्तरका थप दुई जनामा कोरोना संक्रमण
आइतबार, भदौ १४, २०७७
जिल्लामा समुदायस्तरका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु
आइतबार, भदौ १४, २०७७
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना संक्रमितको आईतबार मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
कोरोनाबाट थप १३ को मृत्यु
आइतबार, भदौ १४, २०७७
नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै गएको छ । शनिबार पनि थप १३ जनको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
पाल्पामा कोरोनाबाट दुई जनाको मृत्यु, पाँच सय ७९ जनामा संक्रमण, पाँच सय ६१ जना निको
आइतबार, भदौ १४, २०७७
विश्वभर बढ्दै गएको कोरोना भाइरसको संक्रमण पछिल्ला महिनायता नेपालमा पनि बढ्दै गएको छ । यसको गति तीव्र भइरहदा समुदायमै फैलिइसकेको आशंका समेत हुन थालेको छ ।
पाल्पामा थप ६ जनामा संक्रमण
शनिबार, भदौ १३, २०७७
जिल्लामा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तिनाउ गाउँपालिकाका ६ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।


