प्रचण्ड–नेपाल समूहले शनिबार तानसेनमा भेला गर्दै
शुक्रबार, फागुन ७, २०७७
पाल्पामा स्वास्थ्य बिमाका बिरामीलाई रिफरले सास्ती
शुक्रबार, फागुन ७, २०७७
बिहीबार तिनाउ गाउँपालिकाकी शान्ती थापा उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुगिन । उनले टिकटका लागि स्वास्थ्य बिमा कार्ड लिएर टिकट काउन्टर अगाडि लाईन बसिन । लाइन बसेको डेढ घण्टापछि उनको बल्ल पालो आयो । पालो त आयो तर उनले टिकट भने पाइनन् । काउण्टरका कर्मचारीले टिकटका लागि सरकारी अस्पतालको...
आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम हुँदै
शुक्रबार, फागुन ७, २०७७
आज ७१ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो । दिवसको अवसरमा पाल्पा लगायत देशभर विशेष कार्यक्रमको आयोजना गरिदै छ ।
पाल्पाको निस्दीमा नेकपाका १ सय २० कार्यकर्ता काँग्रेसमा प्रवेश
बिहीबार, फागुन ६, २०७७
पाल्पाको निस्दी गाउँपालिकामा नेकपाबाट काँग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । नेकपाको पछिल्ला गतिविधिहरुबाट असन्तुष्टि जनाउदै निस्दीका युवाहरु काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ ।
प्रताप शमशेरको सम्झनामा पाल्पा दरबार संग्रहालयमा शालिक
बुधबार, फागुन ५, २०७७
पाल्पा दरवार संग्रहालय परिसरमा जनरल प्रताप शमशेर राणा (सानु राजा) को अर्धकतको शालिक अनावरण गरिएको छ । शालिकको लुम्बिनी प्रदेशका वन वातावरण तथा उधोग पर्यटनमन्त्री लीला गिरीले अनावरण गरे । हाल सग्रहालय रहेको पाल्पा दरवारको निर्माण जनरल प्रताप शमशेर राणाले गरेका थिए । दरवार निर्माणकर्ता राणाको सम्झनामा सर्वसाधारण तथा पर्यटकहरुको...
पाल्पा निस्दीका एक पुरुष घरमै मृत भेटिए
बुधबार, फागुन ५, २०७७
जिल्लाको निस्दी गाउँपालिकाका ३ झिरुवासका एक पुरुष घरमै मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार झिरुबासका २८ वर्षीय प्रेम बहादुर राना आफ्नै घरको सुत्ने कोठामा मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप
बुधबार, फागुन ५, २०७७
गुल्मीमा २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएका छन् । पहिलो चरण र दोस्रो चरणमा लगाइएको तथ्याड्ढ अनुसार हालसम्म २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । पहिलो चरणको माघको १५ देखि सुरु गरिएको थियो ।
देशैभर सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी
बुधबार, फागुन ५, २०७७
विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मंगलबार देशैभर श्रीपञ्चमी पर्व मनाइएको छ । माघ शुक्ल पञ्चमीको दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराएका छन् ।
स्याङ्जामा प्रथम आलु महोत्सव फागुन ७ देखि हुने
मंगलबार, फागुन ४, २०७७
स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव...


