रामकुमारी झाँक्री पक्राउ
बिहीबार, माघ २९, २०७७
सरकारको कदम प्रेस विरोधी : अध्यक्ष आचार्य
बुधबार, माघ २८, २०७७
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले वर्तमान बहुमत सरकारको कदम प्रेस विरोधी भएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाको १२ औं साधारणसभालाई बुधबार तानसेनमा सम्बोधन गर्दै अध्यक्ष आचार्यले लोकतान्त्रिक गणतन्त्रकको जगमा निर्माण भएको सरकारबाट पेश भएका सूचना तथा सञ्चार सम्वन्धी विधेयक तथा निति नियमहरु प्रेस स्वतन्त्रताको मर्म भावना...
चोरी भएका २५ मोटरसाईकल सम्बन्धित धनीलाई बुझाइयो
बुधबार, माघ २८, २०७७
चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २५ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
पाल्पाका क्रियाशिल १८ पत्रकार सम्मानित
बुधबार, माघ २८, २०७७
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले जिल्लाका क्रियाशिल १८ जना पत्रकारलाई सम्मान गरेको छ । बुधबार महासंघले आफ्नो बाह्रौं वार्षिक साधारणसभाको अवसरमा जिल्लामा क्रियाशील पत्रकारलाई विभिन्न विधामा सम्मान गरेको हो ।
शिक्षकलाई खोप लगाउने तयारी
मंगलबार, माघ २७, २०७७
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि पत्र पठाएको हो ।
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ
मंगलबार, माघ २७, २०७७
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले जानकारी दिए ।
सधैँ सडकमा भेटिने श्रमिक कुर्चीमा !
मंगलबार, माघ २७, २०७७
प्रायःजसो तानसेनका सडकहरुमा हातमा नाम्लो र बोरा लिएर व्यापारीहरुको सामान ओसार–पोसार गर्ने काममै व्यस्त देखिने बगनासकाली गाउँपालिका घोरबन्दका दिपेन कुमाल सोमबार एक औपचारिक कार्यक्रममा देखिन्थे । उनी कुनै कामका लागि त्यहाँ गएका होइनन् । कुमाल कार्यक्रम भएकै मञ्च अघिको एक कुर्चीमा देखिन्थे । सधैँ नाम्लो नछुट्ने उनको टाउकोमा नयाँ ढाका...
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाले गर्यो श्रमिकहरुलाई सम्मान
सोमबार, माघ २६, २०७७
सुशिल कोईराला सोसलिष्ट युर्थ सर्कल पाल्पामा सडकमा मजदुरी गरी जिविकोपार्जन गर्दै आएका मजदुरहरुलाई सम्मान गर्दै एक छाक निःशुल्क भोजन गराएको छ । नेपाली काँग्रेसका पूर्व सभापती एवं पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठो स्मृती दिवसको अवसरमा सोसलिष्ट युथ सर्कल पाल्पाले तानसेनमा ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई एक कार्यक्रम गरी सम्मान गरेको हो...
दोस्रो चरणको कोरोना विरुद्ध खोप अभियान शुरु
सोमबार, माघ २६, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान सोमबारदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले सोमबारदेखि दोस्रो चरणको खोप शुरु गरेको हो ।
सात जुवाडे पक्राउ
सोमबार, माघ २६, २०७७
तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्षीय दाताराम पोखरेल,...


