खैरेनी वन : बन्दै छ पर्यटकीय आकर्षण
शुक्रबार, माघ ७, २०७८
५७ करोडको सुन्तला विक्री
शुक्रबार, माघ ७, २०७८
सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला विक्री भएको छ । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्ताला विक्री भएको हो ।
पाल्पामा पत्रकारले लगाए बुस्टर डोज
बिहीबार, माघ ६, २०७८
अग्रपंक्तिमा खटिएका जिल्लाका पत्रकारहरुले कोरोनाविरुद्धको बुस्टर (तेस्रो) डोजको खोप लगाएका छन् । संघीय सरकारमार्फत प्राप्त खोप जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा गत असारअगाडि दोस्रो मात्राको खोप लगाएका पत्रकारहरुलाई बुस्टर डोज दिइएको हो ।
तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने
बिहीबार, माघ ६, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । कोरोना सक्रमणको दर उच्च भएपछि गाउँपालिकाले कोभिड आईसोलेसन अस्पताल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
पाल्पामा विहीबार थपिए ४९ संक्रमित
बिहीबार, माघ ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ४९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
अगाहखोलाको गोतामेमा पुलको सर्वे
बिहीबार, माघ ६, २०७८
जिल्लाको माथागढी गाउँपालिका र रम्भा गाउँपालिका जोड्ने अगाहखोलाको गोतामे घाटमा ट्रस पुल निर्माणका लागि स्थलगत सर्वे गरिएको छ । माथागढी गाउँपालिकाले उक्त स्थानमा पुल निर्माणका लागि सर्वे गर्ने काम गरेको हो । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र इञ्जिनियरहरुको टोलीले उक्त स्थानमा पुनर्निर्माणका लागि स्थलगत सर्वे गरेको छ ।
तानसेनका युवा उद्यमीलाई विना धितो सहुलियत दरमा ऋण
बुधबार, माघ ५, २०७८
तानसेन नगरपालिकाले नगरका युवाहरुलाई विना धितो सहुलियत दरमा ऋण प्रदान गरेको छ । नगरका १४ वटै वडाहरुका युवाहरुलाई उद्यमी बनाउने अभियानाका साथ तानसेन नगरपालिकाले ग्लोवल आई एमईबैक, हेफर ईन्टरनेशनल, ग्रामिण आर्थिक विकास संघ रेडाको साझेदारीमा युवाहरुलाई विना धितो ऋण सहयोग गरेको हो ।
गुल्मी पनि संक्रमित हुने ह्वात्तै बढे
बुधबार, माघ ५, २०७८
गुल्मीमा पनि कोभिडको संक्रमण दिन प्रति दिन बढी रहेको छ । पछिल्लो २४ घण्टामा ६३ जनाको परीक्षण गर्दा जिल्लामा एकै दिन ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
‘अति भो सरकार इस्मामा भ्रष्टाचार !’
बुधबार, माघ ५, २०७८
सोमबार स्वास्थ्य चौकीको हल भित्र इस्मा गाउँपालिकाको गाउँ सभा चलिरहेको थियो । जनप्रतिनिधि र केही कर्मचारीहरु गाउँ सभामा विधेयक र अर्धवार्षिक नीति तथा कार्यक्रमहरुको छलफल र समीक्षा मै व्यस्त थिए । त्यत्तिकैमा अति भो सरकार इस्मामा भ्रष्टाचार ¤ भन्ने आवाज हल भित्र पस्यो । हलभित्र सभामा व्यस्त केही जनप्रतिनिधिहरु बाहिर...
बुटवलका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार
बुधबार, माघ ५, २०७८
बुटवल उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार गरिएका छन् । उपमहानगरपालिकाले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आधुनिक प्रयोगशाला सेवा सहितको प्राथमिक स्वास्थ्यसेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ । सहरी स्वास्थ्य केन्द्रमा विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको आकर्षण बढेकाले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विशिष्टिकृत...
गुल्मीमा राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार बिच छलफल
मंगलबार, माघ ४, २०७८
यहि माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनका साझेदार उमेद्वारहरुले गुल्मीमा भेटघाट तथा छलफल गरेका छन् ।


