पाल्पामा बिहीबार थप ५० जनामा कोरोना पुष्टि
बिहीबार, वैशाख १६, २०७८
चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द
बिहीबार, वैशाख १६, २०७८
विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्काल लागि सेवा स्थगन गरेको हो ।
पाल्पामा बुधबार थप ५० जनामा कोरोना पुष्टि
बिहीबार, वैशाख १६, २०७८
१ सय २६ जनामा पिसिआर परीक्षण गरिएकोमा ५० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा १२ जना, रैनादेवी छहरा गाउँपालिकाका २९ जना,माथागढी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा ३ जना,पूर्वखोला गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकामा १ जना, रिब्दीकोट गाउँपालिकामा २ जनामा...
माथागढीमा कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा दिइने
बिहीबार, वैशाख १६, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा सञ्चालित अस्थायी कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा सञ्चालन गरिने भएको छ । गाउँपालिका भित्र कोरोना संक्रमणको अवस्था भयावह बन्दै गए पछि गाउँपालिकाले कोरोना अस्पतालको सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने भएको हो । गाउँ कार्यपालिकाको बैंठकले माथागढी ४ झडेवा देउगीरमा सञ्चालन गरिएको १५ बेडको कोरोना अस्पतालको...
सबै स्थानीय तहमा नेपाल स्काउट
बुधबार, वैशाख १५, २०७८
नेपाल स्काउटले अब देशका ७५३ वटै पालिका हुँदै त्यहाँका सबै विद्यालयमा स्काउट संरचना निर्माण गर्ने भएको छ । नेपाल स्काउटले पत्रकार सम्मेलन गरी देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गर्ने तयारी गरिएको जानकारी दिएको हो ।
सम्बन्धित जिल्लामा प्रजिअले निषेधाज्ञा जारी गर्न सक्ने
बुधबार, वैशाख १५, २०७८
मन्त्रिपरिषद्का पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेनलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संक्रमक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा...
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने
बुधबार, वैशाख १५, २०७८
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । विरामीहरुको चाप बढ्दै गएपछि अस्पतालको सेवालाई थप प्रभावकारी बनाइने भएको अस्पतालले जनाएको छ । प्रयोगशाला र अस्पतालका गतिविधीका विषयमा जानाकारी गराउने उद्देश्यले बुधबार तानसेनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले अस्पतालको सेवालाई गुणस्तरी र थप प्रभावकारी बनाउन...
पाल्पामा वैशाख १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा
बुधबार, वैशाख १५, २०७८
कोरोना संक्रमण उच्च भएपछि पाल्पामा एक हप्ता निषेधाज्ञा लगाउने तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १७ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरेको हो ।
रुपन्देहीमा निषेधाज्ञा हुने
मंगलबार, वैशाख १४, २०७८
बुटवल, रुपन्देहीमा कोरोना दर उच्च हुँदै गएपछि १५ दिनका लागि निषेधाज्ञा लगाउन गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा गर्न सिफारिश गरेको हो ।
गुल्मीका स्थानीय सरकार कृषि बजारीकरणमा
मंगलबार, वैशाख १४, २०७८
गुल्मी (सत्यवती) जिल्लाका केही स्थानीय सरकारहरु कृषि बजारीकरणमा लागेका छन् । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समस्या भए पछि यहाँका केही स्थानीय सरकारहरुले बजारीकरणगर्ने तर्फ चासो देखाएका हुन् ।
पाल्पामा तानसेनका ३१ जना सहित थप ४१ जनामा कोरोना पुष्टि
मंगलबार, वैशाख १४, २०७८
पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १६ जना महिला र २५ जना पुरुष गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विदेशबाट आउनेहरु १४ दिन अनिवार्य क्वारेन्टिनमा
मंगलबार, वैशाख १४, २०७८
अब विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । बगनासकाली गाउँपालिकाको सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी देश भारत तथा तेस्रो मुलुकमा कोरोना संक्रमण दर बढ्दै गएपछि अब हवाई र स्थलमार्गबाट गाउँपालिका आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय भएको गाउँपालिका अध्यक्ष...


