रेडियो पुष्पाञ्जलीले दियो मुसिकोटका विद्यालयलाई स्वास्थ्य सामग्री
सोमबार, भदौ ७, २०७८
कोरोनाका कारण सुनसान जनैपूर्णिमा
आइतबार, भदौ ६, २०७८
विगतका वर्षहरुमा रक्षाबन्धन अर्थात् जनैपूर्णिको दुई÷तीन दिन अघि नै तानसेनको बजारमा निकै चहलपहल हुने गथ्र्यो । बजारमा रक्षाबन्धनको लागि जनै, राखी लगायतका सामग्री किन्नेहरुको घुँइचो लाग्ने भए पनि गत वर्षदेखि कोरोना महामारीका कारण बजार सुनसान छन् ।
पाल्पामा शनिबार ८५ जना संक्रमितले कोरोना जिते
शनिबार, भदौ ५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ८५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ८५ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीको कालीगण्डकी कृषि जोन बन्दै
शनिबार, भदौ ५, २०७८
सुदरपुर्व गुल्मी कालीगण्डकी गाउँपालिका १,गिदुवा टोलकी ३५ बर्षकी भूमिकला पाण्डेलाई अहिले आफ्नो घर खर्चका लागि अरुको मुख ताक्नुपर्ने अवस्था छैन । भूमिले, स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत व्यवसायिक रुपमा बाख्रापालन गर्न थाले पछि दुई छोरा छोरीलाई उच्चशिक्षा पढाउने खर्चको जोहो गर्ने समस्या पनि हटेको छ ।
पाल्पाका व्यवसायीले पनि लगाए खोप
शनिबार, भदौ ५, २०७८
पाल्पाका उद्योगी व्यवसायीहरुले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पाल्पाको सहयोगमा पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघको समन्वयमा उद्योगी व्यवसायीका लागि कोरोनाविरूद्धको खोप लगाइएको हो ।
गुल्मीदरबार गाउँपालिकाद्वारा अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न आग्रह
शनिबार, भदौ ५, २०७८
गुल्मीदरबार गाउँपालिकाले अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न गाउँपालिकाका सबै वडाहरुलाई आग्रह गरेको छ ।
पाल्पा कोरोना अपडेट : शुक्रबार ५३ जना नयाँ संक्रमित थपिए, २५ जना निको
शुक्रबार, भदौ ४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५३ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा फरार रहेका ७१ वर्षीय वृद्ध पक्राउ
शुक्रबार, भदौ ४, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका ७१ वर्षीय कर्णबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।
भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा
शुक्रबार, भदौ ४, २०७८
नेपालमा लगातार तीन दिन सार्वजनिक विदा परेको छ । सरकारले पहिलो पटक गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएसँगै भोलिदेखि लगातार तीन दिन सार्वजनिक विदा परेको हो ।
पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी
शुक्रबार, भदौ ४, २०७८
जिल्लाको सुदुरपुर्वमा रहेको कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी भएको छ । आज विहान पुर्तिघाट बजारमा रहेको जितु इलेक्ट्रोनिक एण्ड मोवाइल सर्भिसमा चोरी भएको हो ।
लुम्बिनी प्रदेश सभाको बैठक तेस्रो दिन पनि स्थगित
शुक्रबार, भदौ ४, २०७८
लुम्बिनी प्रदेश सभाको बैंठक तेस्रो दिन बिहीबार पनि अवरुद्ध भएको छ । विपक्षी दल एमालेले दुई प्रदेशसभा सदस्यलाई पदमुक्तको माग गर्दै लगातार अवरुद्ध गर्दै आएपछि बैठक पुनः स्थगित भएको हो । बिहीबार बस्ने भनिएको तेस्रो बैठक सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा सूचना टाँसेर स्थगित भएको छ ।
पाल्पा कोरोना अपडेट: बिहीबार ४३ जना संक्रमितले कोरोना जिते, १८ जनामा संक्रमण
बिहीबार, भदौ ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४३ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीमा संक्रमितको लापरबाहीले कोरोना बढ्यो
बिहीबार, भदौ ३, २०७८
गुल्मीमा कोरोना संक्रमितको लापरबाहीका कारणले गर्दा कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिएको छ । गुल्मी अस्पताल तम्घासमा उपचार गराउन आउने बिरामीको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टी भए पनि उनीहरुले लापरबाही गर्दा कोरोनाको जोखिम बढ्दै गएको सामान्य उपचारका लागि मालिका गाउँपालिकाबाट गुल्मी अस्पताल आएका नरबहादुर कार्कीले बताए ।


