
पाल्पा, जिल्लाको माथागढी गाउँपालिका र रम्भा गाउँपालिका जोड्ने अगाहखोलाको गोतामे घाटमा ट्रस पुल निर्माणका लागि स्थलगत सर्वे गरिएको छ । माथागढी गाउँपालिकाले उक्त स्थानमा पुल निर्माणका लागि सर्वे गर्ने काम गरेको हो । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र इञ्जिनियरहरुको टोलीले उक्त स्थानमा पुनर्निर्माणका लागि स्थलगत सर्वे गरेको छ ।
सर्वे गरिएको स्थानमा काठेपुल रहेकाले सोही पुल जीर्ण बन्दै गएपछि गाउँपालिकाले ट्रस पुनः बनाउने गरी काम अगाडि बढाएको हो । सर्वेपछि लगत्तै टेण्डर आÞवान गरी काम अगाडि बढाईने गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने ‘गोतामे घाटमा काठको पुल जिर्ण बन्दै गएपछि बर्खाको समयमा अत्यन्त जोखिम भएकाले पुल निर्माण गर्न थालिएको हो ।’ पुल निर्माणको काम असार महिना भित्रमै सक्ने गरी योजना अगाडि बढाइएको अध्यक्ष थापाको भनाई छ । बर्षातको समयमा आवात–जावतको समस्या रहेको छ । यहाँ नागरिकहरुले ज्यान जोखिममा राखेर वार पार गर्ने गरेको पाइन्छ । आमनागरिकहरुको समस्यालाई मध्यनजर गरी गाउँपालिकाले पुल निर्माण गर्न थालेको हो । पुल निर्माण कार्यका लागि गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर, इञ्जिनियर सन्देश कार्की र सब इञ्जिनियर तिलक श्रेष्ठ लगायतको टोलीले स्थलगत सर्वे गरेको हो । गाउँपालिकाले काठेपुल भएका जोखिमपूर्ण स्थानहरुमा ट्रस पुल बनाउँदै आएको छ । अहिलेसम्म गाउँपालिकाले ५ वटा पुल निर्माण गरिसकेको छ, भने एक स्थानमा निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । –प्रशिक्षार्थी पत्रकार लक्ष्मी गैरे