Shittalpati
उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकलाई कृषि औजार
उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकलाई कृषि औजार जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।
महाधिवेशनको तयारी छोडेर पहिरो पीडितका घरदैलोमा पाल्पा काँग्रेस
महाधिवेशनको तयारी छोडेर पहिरो पीडितका घरदैलोमा पाल्पा काँग्रेस मुलुकको सबै भन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल नेपाली काँग्रेस आसन्न १४औँ महाधिवेशनको मिति नजिकिदै जादा तयारीमा जुटेको छ । गाउँ, नगर, वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा आगामी नेतृत्वका लागि काँग्रेसका नेता र नेतृत्व जुटेका छन् । देशभरका स्थानीयतहदेखि प्रदेश, जिल्ला र केन्द्रसम्मका सबै क्षेत्रमा महाधिवेशनको तयारीमा काँग्रेसको नेतृत्व...
मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना
मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राहत  लिएर पहिरो प्रभावित क्षेत्र पुग्यो पाल्पा काँग्रेस
राहत लिएर पहिरो प्रभावित क्षेत्र पुग्यो पाल्पा काँग्रेस नेपाली काँग्रेस पाल्पा राहत लिएर पहिरो प्रभावित क्षेत्रमा पुगेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाको नेतृत्वमा राहत लिएर काँग्रेस पहिरो प्रभावित क्षेत्र पाल्पाको तिनाउ गाउँपालिका–५ चर्चरेमा पुगेको हो ।
पाल्पामा खुकुलो निषेधाज्ञाले उकालो लाग्दै संक्रमण
पाल्पामा खुकुलो निषेधाज्ञाले उकालो लाग्दै संक्रमण कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लागेको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा कोरोना संक्रमण दर विस्तारै उकालो लागेको हो ।
सुत्केरी अस्पतालमा बन्धक : श्रीमान् पैसाको खोजीमा भौँतारिँदै
सुत्केरी अस्पतालमा बन्धक : श्रीमान् पैसाको खोजीमा भौँतारिँदै बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ ।
झडेवा खुर्सानी पकेट क्षेत्र बन्दै
झडेवा खुर्सानी पकेट क्षेत्र बन्दै जिल्लाको माथागढी गाउँपालिका ४ झडेवा अहिले खुर्सानीको पकेट क्षेत्र बन्दै गएको छ । खेर गइरहेको जग्गालाई सदुपयोग गर्दै गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय कृषक समूह मार्फत खुर्सानीको पकेट क्षेत्रको रुपमा झडेवा अगाडि बढेको हो ।
माथागढीले दियो स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता
माथागढीले दियो स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाले सुरुवातदेखि नै सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो ।
पाल्पामा विद्यार्थीलाई खोप उपलब्ध गराउन नेविसंघको माग
पाल्पामा विद्यार्थीलाई खोप उपलब्ध गराउन नेविसंघको माग नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले विद्यार्थीहरुलाई कोभिड खोप उपलब्ध गराउन माग गरेको छ । कोरोना महामारीबाट विद्यार्थीहरु समेत प्रभावित भएको भन्दै नेविसंघले खोप उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको हो ।
पाल्पा कोरोना अपडेट : बुधबार ७० जनामा संक्रमण, ३९ संक्रमित निको
पाल्पा कोरोना अपडेट : बुधबार ७० जनामा संक्रमण, ३९ संक्रमित निको जिल्लामा पछिल्लो २४ घण्टामा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७० जनामा कोरोना संक्रमण देखिएको हो ।
बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो
बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो ,बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् । मंगबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो ।
पत्रकारितालाई पेसाको रुपमा स्थापित गर्न सकिएको छैन: पहाडी
पत्रकारितालाई पेसाको रुपमा स्थापित गर्न सकिएको छैन: पहाडी राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष तथा संविधान सभा सदस्य विनोद पहाडीले पत्रकारितालाई अझै पनि पेसाको रुपमा स्थापित गर्न नसकिएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति गुल्मीले आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष पहाडीले समाजले अझै पनि पत्रकारितालाई पेसाको रुपमा स्वीकार्न नसकिरहेको बताएका हुन् ।
Weather Update