Shittalpati
रैनादेबी छहरामा ५५ बढी नेपाली काँग्रेसमा प्रवेश

पाल्पा, स्थानीय चुनाव नजिकिएसँगै पाल्पामा काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ । कम्युनिष्ट पार्टीका गतिविधिहरुबाट असन्तुष्ट जनाउँदै काँग्रेस प्रवेश गर्ने क्रम बढेको हो । रैनादेवी छहरा गाउँपालिकाका ५५ जना बढी नेता तथा कार्यकर्ता अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको छन् । रैनादेबी छहरा वडा नं.७, ८ र ४ का नेता तथा कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेका हुन ।

नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेपाली काँग्रेस जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ,उपसभापति झपेन्द्र गैरे,नेपाली काँग्रेस क्षेत्र न २ का क्षेत्रीय सभापति मुक्तिराम जिसी,महासमिति सदस्य शंकर रायमाझी लगाएतले स्वागत गरे । नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै जिल्ला सभापति श्रेष्ठले आगामी निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी हुने बताए । नेपाली काँग्रेसले घर–घर जाआं काँग्रेस जिताउ अभियान अन्तर्गत पूर्वी बाकामलाङ्गदेखि पश्चिम बंल्डेङ्गगढी सम्मका नागरिकहरूको घर–घरमा पुग्ने जनताका समस्या पहिचान गर्ने, भेटघाट गर्ने अभियान सञ्चालन गरेको बताए । कम्युनिष्टका कारण अहिले देशमा जनताले नेपाली काँग्रेस पार्टी खोजी रहेको बताउँदै उनले आगामी निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी हुने बताए । अहिले देशै भरी काँग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update