देउवा बने पाँचौं पटक प्रधानमन्त्री
बुधबार, असार ३०, २०७८
देउवा हिँडे शपथका लागि शीतल निवास
मंगलबार, असार २९, २०७८
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शपथग्रहणका लागि शीतल निवास हिँडेका छन्।
पाल्पा कोरोना अपडेट : मंगलबार २१ जनामा संक्रमण,२९ संक्रमित निको
मंगलबार, असार २९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जना नयाँ संक्रमित थपिएका हुन् ।
शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त
मंगलबार, असार २९, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
निस्दीका वडा अध्यक्ष सुनारीको निधन
मंगलबार, असार २९, २०७८
जिल्लाको निस्दी गाउँपालिका –४, मित्यालका वडा अध्यक्ष न्यो बहादुर सुनारीको निधन भएको छ । सुनारीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा सोमबार राती ५२ वर्षको उमेरमा निधन भएको हो ।
पाल्पा कोरोना अपडेट: सोमबार ५९ जना नयाँ संक्रमित थपिए
सोमबार, असार २८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५९ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा वीपी स्मृति भवन र पुस्तकालयको समुद्घाटन
सोमबार, असार २८, २०७८
पाल्पामा वीपी स्मृति भवन र वीपी पुस्तकालयको समुद्घाटन गरिएको छ । नेपाली काँग्रेस पाल्पाद्वारा निर्मित वीपी स्मृति भवन र पुस्तकालयको भर्चुअल प्रविधिमार्फत समुद्घाटन गरिएको हो ।
गुल्मीको धुर्कोट खरको छानामुक्त गाउँपालिका
सोमबार, असार २८, २०७८
जिल्लाको धुर्कोट गाउँपालिका खरको छानामुक्त पालिका बनेको छ । गाउँपालिकाले एक औपचारिक कार्यक्रमका बिच पालिकालाई खरको छानामुक्त पालिका घोषणा गरेको हो ।
अझै रोकिएन बालविवाह
सोमबार, असार २८, २०७८
रुपन्देही, बुटवल उपमहानगरपालिका–१३ की रीना थापाको पाँच वर्षअघि विवाह भयो । स्थानीय बोर्डिङ स्कूलमा कक्षा–८ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा उनको विवाह भयो र लगत्तै गर्भवती पनि भइन् । त्यसपछि पढाइ छाड्नुपर्यो । थापाका अहिले चार वर्षका छोरा छन्
प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश
सोमबार, असार २८, २०७८
विघटीत प्रतिनिधिसभा पुनःस्थापना भएको छ । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएसँगै प्रतिनिधिसभा पुनःस्थापना भएको हो ।
सञ्चार विधेयक फिर्ताको माग गर्दै पत्रकारहरु धर्नामा
आइतबार, असार २७, २०७८
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फिर्ता गरेर पुनर्लेखन गर्न माग गर्दै पत्रकारहरु धर्नामा बसेका छन् ।
छोरी जन्मिए बैंक खातामा पन्ध्र हजार
आइतबार, असार २७, २०७८
कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी पन्थ्र हजार बचत कार्यक्रम ल्याएको छ ।


