Shittalpati
रामपुरमा काँग्रेसको अन्तरक्रिया

पाल्पा,पाल्पाको रामपुर नगरपालिका वडा नं. ८ मा घर घर जाआँै काँग्रेस जिताऔ ंअभियानअन्तर्गत अन्तक्र्रिया भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरस्वती तिवारी अर्यालले नेपालमा लोकतान्त्रिक पार्टीको विजय नहुँदासम्म विकास सम्भव नहुने बताईन् ।
तिवारी भन्छिन्, सर्वहाराको पार्टी भनेकाहरुले देश विकास गर्न दिएनन्, जनताको मतलाई कदर गर्न सकेनन् । कार्यक्रमबारे जानकारी दिँदै काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति झमनबहादुर राजमगरले कांग्रेस जनताको घरघरमा पुगेर एमसिसीबारे रहेका भ्रम तथा कांग्रेसले सत्तामा रहँदा गरेका क्रियाकलापहरु बुझाउनु आवश्यक रहेको बताए ।

सो अवसरमा विपीका विचार, सिद्धान्त तथा नेपाली कांग्रेसको आगामी नीतिका विषयमा प्रदेश सभा क का सभापति रामबहादुर राना, महाधिबेसन प्रतिनिधि हाजिलमिया, प्रवक्ता शोभाकर न्यौपाने, पूर्व पदाधिकारी एवं महासमिति सदस्य देवराजढकाल, उपसभापतिज्ञ ज्ञानबहादुर गाहा,कृष्ण प्रसाद अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए ।

यस्तै प्रदेश सदस्य कल्पपौडेलले एमसिसी र यसको औचित्य तथा बिष्णु माया ढकालले महिलाहरुको नेतृत्वका विषयमा पार्टीका नेताहरुसँग अन्तक्र्रिया गरे । कार्यक्रममा धन्यबाद मन्तब्य व्यक्त गर्दै महासमिति सदस्य एवं रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले स्थानीय जनताको असीमित आवश्यकताहरुलाई प्राथमिकीकरण गरेर पुरा गर्नु आवश्यक रहेको बताए । वडा नं. १ कावडा सभापतिकालु थापाको स्वागतबाट सुरु भएको कार्यक्रम संचालकनगर सचिवओम प्रकाशबस्यालले गरेकाथिए । कार्यक्रम नेपालीकांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईको सञ्चालनमा भएको थियो ।
न्यूज डेस्क

न्यूज डेस्क

 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update