शैक्षिक सत्र तयारीका लागि शिक्षकलाई अनुशिक्षण
आइतबार, जेठ ८, २०७९
कल्याणकारी शिक्षक सहकारीको अध्यक्षमा गाहा
आइतबार, जेठ ८, २०७९
नेपाल शिक्षक संघ पाल्पामा आवद्ध सदस्यहरुद्वारा सञ्चालनमा आएको कल्याणकारी शिक्षक बहुउद्देश्य सहकारीको अध्यक्षमा धनकला गाहा चयन भएकी छन् । शनिबार तानसेनमा भएको सहकारीको प्रथम साधारण सभाबाट गाहा अध्यक्षमा चयन भएकी हुन् ।
रेसुङ्गाका मेयर पन्थीले कर्मचारीलाई भने ‘नगरवासीको मर्म र भावना अनुरुप काम गर्नु होस्’
शनिबार, जेठ ७, २०७९
रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरवासीको मर्म र भावना अनुरुप काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।
सरकारले तोक्यो शिक्षकको नयाँ पोशाक
शनिबार, जेठ ७, २०७९
सरकारले विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन गर्ने भएको छ । सरकारले शिक्षक कर्मचारीहरुको हाल प्रचलनमा रहेको विद्यालय पोशाकलाई परिवर्तन गर्ने भएको हो ।
त्रिविले आइतबार बिदा नदिने
शनिबार, जेठ ७, २०७९
नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि त्रिभुवन विश्व विद्यालयले भने आइतबार विदा नदिने बताएको छ । विश्वविद्यालयले जेठ १ गते एक सूचना जारी गर्दै हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य...
पाल्पाको रम्भा गाउँपालिकामा स्थगित मतगणना सुरु
शुक्रबार, जेठ ६, २०७९
देशका धेरै ठाउँहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसक्दा पाल्पाको रम्भा गाउँपालिकामा भने बल्ल मतगणना सुरु भएको छ । वैशाख ३१ गते अपरान्हदेखि स्थगित भएको यहाँको मतगणना जेठ ६ गते शुक्रबार दिउँसो ३ :१८ बजेदेखि पुनः सुरु भएको हो ।
गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ
शुक्रबार, जेठ ६, २०७९
छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीमा प्रहरीले दुईजना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा सोही विद्यालयका दुई शिक्षक पक्राउ परेका हुन् ।
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
शुक्रबार, जेठ ६, २०७९
सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।
प्रमुखमा रहेका तीन महिला उम्मेदवार नै पराजित
शुक्रबार, जेठ ६, २०७९
स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन् । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका हुन् ।
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु
बिहीबार, जेठ ५, २०७९
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका १० का ३६ वर्षीय कयम अलीको डुवेर मृत्यु भएको हो ।
सवारी साधनको भाडा फेरी बढ्यो, पाल्पा–काठमाडौंको कति ?
बिहीबार, जेठ ५, २०७९
सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बुधबारदेखि नै लागू हुनेगरी ५.१ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुबाहक सवारी ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा ४.६ र तराइको बाटोमा सञ्चालन हुने सवारीमा ५.१ प्रतिशत भाडा बढेको छ । भाडा समायोजन भएपछि काठमाडौं–तानसेनका लागि ८ सय ७८ भाडादर कायम...
विजय उत्सव, तानसेनमा २५ वर्षपछि एमालेले गुमायोे विरासत
बिहीबार, जेठ ५, २०७९
गालामा रातो अवीर खादै खादाले भरिएको घाँटी । हातमा पार्टीका झण्डा । सयौंको भीडभाड । जेठ महिनाको उखरमाउलो गर्मीमा पनि खुसीमा रमाउँदै नाचगान गरेका दृश्य बुधबार पाल्पाको सदरमुकाम तानसेन बजारमा देखियो । २५ वर्षदेखि नेकपा एमालेले एकछत्र रुपमा शासन गरेको तानसेनमा काँग्रेस–माओवादीले आफ्नो पक्षमा लिएपछि काँग्रेस सहितको पाँचदलीय गठबन्धनका नेता...
वालिङको प्रमुखमा एमाले उपप्रमुखमा काँग्रेस
बिहीबार, जेठ ५, २०७९
स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा काँग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले काँग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १ सय ८० मतान्तरले पराजित गरे ।


