नक्कली सुन बेच्ने पक्राउ
मंगलबार, जेठ १०, २०७९
कालीगण्डकीका अध्यक्ष थापाको पहिलो निर्णय : निःशुल्क स्वास्थ्य बिमा
मंगलबार, जेठ १०, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बेदबहादुर थापाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने पहिलो निर्णय गरेका छन् । अध्यक्ष थापाले शपथ ग्रहणसँगै सोमबार महत्वकांक्षी निर्णय सार्वजनिक गर्दै निःशुल्क स्वास्थ्य बिमा गर्ने विषयलाई प्राथमिकतामा राखेका हुन् ।
दश नयाँ कोरोना संक्रमित थपिए
सोमबार, जेठ ९, २०७९
पछिल्लो समय नेपालमा छिट्टाफट्टा रुपमा कोरोना संक्रमित देखिने गरेका छन् । सोमबार पनि १० जना नयाँ कोरोना संक्रमित देखिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
निमावि लाइसेन्सको विज्ञापन खुला
सोमबार, जेठ ९, २०७९
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले सोमबारदेखि विज्ञापन खुला गरेको हो । तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन् ।
पाल्पाका एक्लो दलित वडाध्यक्ष
सोमबार, जेठ ९, २०७९
पाल्पाका १० वटा स्थानीय तहमा ८१ वडा छन् । जसमा एक जनामात्रै दलित उम्मेदवारले वडाअध्यक्ष जितेका छन् । विभिन्न राजनीतिक दलबाट दलित समुदायका व्यक्तिले विभिन्न पदमा उम्मेदवार दिए पनि जिल्लाको रामपुर नगरपालिका २ का एक जनामात्रै दलित उम्मेदवारले वडा अध्यक्ष जितेका हुन् । नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका कृष्ण...
लिङ्ग पहिचान गरी गर्भपतन गर्दा छोरी कम जन्मिए
सोमबार, जेठ ९, २०७९
अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले अर्घाखाँचीमा छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५ सय २० र छोरी ४ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय तथ्याङ्क शाखाका बसन्त पोख्रेलले जानकारी...
रम्भा गाउँपालिकामा एमालेको अग्रता
सोमबार, जेठ ९, २०७९
जिल्लाको रम्भा गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता लिइरहेको छ । यो समाचार तयार पर्दासम्म चार वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ३ वटा वडामा विजयी हासिल गरेर अग्रता लिएको हो । नेपाली काँग्रेस सहितको गठबन्धनले भने एक वटा वडामा मात्र जित हासिल गरेको छ ।
कालीगण्डकीमा निः शुल्क स्वास्थ्य वीमाको घोषणा
सोमबार, जेठ ९, २०७९
कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वेदबहादुर थापाले, सोमबार विहान शुभ साईतमा गाउँपालिका भित्रका प्रत्येक नागरिकको निःशुल्क स्वास्थ्य वीमा गर्ने जनप्रिय घोषणा गरेका छन् ।
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
आइतबार, जेठ ८, २०७९
सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो ।
तानसेनमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
आइतबार, जेठ ८, २०७९
जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जना युवकको मृत्यु भएको छ । सराईबाट तानसेनको बाँसटारीतर्फ आउने क्रममा लु ७७ प २१३२ नम्बरको मोटरसाइकल शनिबार राती दुर्घटना हुँदा तिनाउ गाउँपालिका –५ मस्यामका २२ वर्षीय योगेश रास्कोटीको मृत्यु भएको हो ।
पाल्पामा शिक्षक सहकारी
आइतबार, जेठ ८, २०७९
जिल्लामा पहिलो पटक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले छुट्टै सहकारी सञ्चालनमा ल्याएका छन् । पछिल्लो समय निश्चित मूल्य–मान्यतामा रहेर सदस्यको हितको लागि सहकारीहरु सञ्चालन हुनुपर्नेमा कतिपयले कमजोर व्यवस्थापन र सहकारी भावना विपरीत गएर विवादित बन्नुका साथै भरोसा गुमाउँदै गएका बेला नेपाल शिक्षक संघ पाल्पामा आवद्ध सदस्य शिक्षकहरुले भने सहकारी...
स्थानीय तहको पहिलो निर्णय, स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म
आइतबार, जेठ ८, २०७९
गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्ने लगायतका निर्णय गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका घरधुरीका लागि न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेको छ ।


