पाल्पा, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिती (नियोक) पाल्पाले मंसिर ४ गते हुने निर्वाचनमा जिल्लामा परिचालन हुने पर्यवेक्षकहरुलाई अभिमुखीकरण तालिम दिएको छ । अभिमुखीकरण कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को स्वतन्त्र, निष्पक्ष, भयरहित रुपमा सम्पन्न गर्न पर्यवेक्षकहरुको महत्वपूर्ण भूूमिका रहने भएकाले जिम्मेवारी पुर्वक काम गर्न अनुरोध गरिएको थियो ।
कार्यक्रममा मतदाता देखी मतदान अधिकृत, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, नागरिक समाज, पर्यवेक्षकहरुले पालना गर्नुपर्ने आचारसंहिता, मतदान अघि, मतदानको समयमा, मतदान पछी गर्नुपर्ने काम कर्तव्य, जिम्मेवारीको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा नियोक पाल्पाका पूूर्व अध्यक्ष एवं सल्लाहकार शंकर भण्डारीले निर्वाचनलाई विश्वसनिय, स्वतन्त्र, निष्पक्ष बनाउन पर्यवेक्षकको भूूमिका महत्वपूूर्ण रहेको बताए । पाल्पामा नियोकले २०४८ देखी नै निर्वाचन पर्यवेक्षण गर्दै आएको पुरानो संस्था भएकोले जिल्लाको निर्वाचनलाई स्वच्छ निष्पक्ष भयरहित बनाउन पर्यवेक्षकहरुको ठूूलो हात रहने पूूर्व अध्यक्ष भण्डारीले बताए । नर्वाचन आयोगले मंसिर ४ गते हुन निर्वाचनमा १ जना लामो अवधीको र १५ जना छोटो अवधिका पर्यवेक्षकहरु लाई अनुमती दिएको छ । अभिमुखी कार्यक्रममा नियोक पाल्पाका जिल्ला सचिव संजय भट्टराई, नियोककी बसन्ती ढकालले प्रशिक्षण दिएका थिए । नियोक पाल्पाले पर्यवेक्षकहरुलाई मौन अवधीको समय, मतदानको दिन विशेष सर्तकताका साथ पर्यवेक्षण गर्न अनुरोध गरेको छ ।