Shittalpati
प्रतिनिधिसभाको बैठक पुनः स्थगित
प्रतिनिधिसभाको बैठक पुनः स्थगित प्रतिनिधि सभा बैठक पुनःस्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसीमा सहमति जुट्न नसेकपछि शुक्रबारका लागि बोलाइएको बैंठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो ।
पाल्पामा शुक्रबार थप ५ संक्रमणमुक्त, ५ जनामा कोरोना
पाल्पामा शुक्रबार थप ५ संक्रमणमुक्त, ५ जनामा कोरोना जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र २ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा रम्भा गाउँपालिका र तिनाउ गाउँपालिकाका २/२, बगनासकाली गाउँपालिकाका १ जना...
बुद्धि विकास प्रावि माथागढीले मनायो ६८ औं वार्षिकोत्सव
बुद्धि विकास प्रावि माथागढीले मनायो ६८ औं वार्षिकोत्सव जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेमा रहेको बुद्धि विकास प्राथामिक विद्यालयले वार्षिकोत्सव मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमका बीच ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले उद्घाटन गरेकी हुन् ।
नेतृत्व सत्तामा, नेता–कार्यकर्ता सडकमा
नेतृत्व सत्तामा, नेता–कार्यकर्ता सडकमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी वर्तमान सरकारका सहयात्री हुन् । यी दल सरकारी एजेन्डा एमसीसी पारित गर्न नदिने भनेर सार्वजनिक रुपमा भनेका छन् । एकातिर एमसीसी पारित गर्न नदिने भनेर सडक र संसद दुवैमा आन्दोलन गर्ने, अर्काेतिर गठबन्धन र सरकार नछाड्ने दोहोरो चरित्र यी दलले प्रदर्शन गर्दै...
रेडक्रसले दियो स्वास्थ्यकर्मीलाई तालिम
रेडक्रसले दियो स्वास्थ्यकर्मीलाई तालिम नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई द्रूत प्रतिकार्य टिम (आरआरटी) तालिम दिएको छ । रेडक्रसले समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्र्तगत यहाँका स्वास्थ्यकर्मीहरुलाई आरआरटी तालिम दिइएको हो ।
पाल्पामा पनि एमसीसी विरोधी प्रदर्शन
पाल्पामा पनि एमसीसी विरोधी प्रदर्शन एमसीसीका विरुद्धमा अहिले देशभर नै विरोध प्रदर्शन भइरहेको छ । पाल्पामा पनि सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी खारेजीको माग राख्दै विरोधमा उत्रिएका छन् ।
पाल्पामा बिहीबार थप १२ जना संक्रमणमुक्त
पाल्पामा बिहीबार थप १२ जना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ५ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ५, बगनासकाली गाउँपालिकाका ३, माथागढी गाउँपालिका र निस्दी...
‘सिँचाइ विना कृषि असम्भव’
‘सिँचाइ विना कृषि असम्भव’ लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सिँचाइ बिना कृषि उत्पादन सम्भव नभएको बताएका छन् । रामपुर फाँट सिँचाइ जल उपभोक्ता समन्वय समिति रामपुर पाल्पाको ३३ औँ वार्षिकोत्सव तथा १३ औँ परिषद् भेलालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र बलियो बनाउने आधार नै कृषि भएकाले सिँचाइमा लगानी बढाउन आवश्यकरहेको औल्याए ...
गुल्मी काँग्रेसलाई सशक्तिकरण बनाउन प्रशिक्षण
गुल्मी काँग्रेसलाई सशक्तिकरण बनाउन प्रशिक्षण  जिल्लामा काँग्रेसको सशक्तिकरण एवं सबलीकरणका लागि एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरिएको छ । मंगलबार ‘गुल्मी काँग्रेसको अठोट : सबल वडा, सक्षम टोल’ अभियान अन्तर्गत नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीको आयोजनामा जिल्लामा काँग्रेसलाई बलियो, सशक्तिकरण र सबलीकरण गराउनका लागि एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरिएको हो ।
पाल्पामा बुधबार थप ८ संक्रमित निको भए
पाल्पामा बुधबार थप ८ संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ५ जना महिला र ३ जना पुरुष संक्रमित निको भएका हुन् ।
मुसिकोटका अग्नि पीडित कार्कीलाई आर्थिक सहयोग
मुसिकोटका अग्नि पीडित कार्कीलाई आर्थिक सहयोग जिल्लाको मुसिकोट नगरपालिका–५ बडागाउँका अग्निी पीडित गुप्त बहादुर कार्कीलाई आर्थिक सहयोग प्राप्त भएको छ । उनलाई विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् ।
‘यदि एमसीसी राष्ट्रघाती हो भने हस्ताक्षर गर्नेले राजनीतिबाट सन्न्यास लिनुपर्छ’
‘यदि एमसीसी राष्ट्रघाती हो भने हस्ताक्षर गर्नेले राजनीतिबाट सन्न्यास लिनुपर्छ’ नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सह–महामन्त्रीका उम्मेदवार देवराज चालिसेले एमसीसी राष्ट्रघाती हो भने सम्झौतामा हस्ताक्षर गर्ने सबैले राजनीतिबाट सन्नयास लिनुपर्ने बताएका छन् । बुधबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता चालिसेले एमसीसी ल्याउने प्रक्रियामा सबै दल र नेता संलग्न रहेको भन्दै अहिले आएर राष्ट्रघाती भन्नेहरु सबैले राजनीतिबाट...
Weather Update