Shittalpati
उपभोक्तालाई सहुलियतमा खानेपानी
उपभोक्तालाई सहुलियतमा खानेपानी रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।
‘शिक्षक मैनबत्ती हुन्’
‘शिक्षक मैनबत्ती हुन्’ जिल्ला समन्यव समिति पाल्पाका प्रमुख टंकनाथ खनालले शिक्षक मैनबत्ती भएको बताएका छन् । शनिबार पाल्पाको तानसेनमा भएको उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मान कार्यक्रममा बोल्दै जिसस प्रमुख खानालले शिक्षक आफु जलेर अरुलाई उज्यालो बनाउने मैनबत्ती जस्तै भएको बताएका हुन् ।
तनावमुक्त जीवनका लागि राजयोग शिविर
तनावमुक्त जीवनका लागि राजयोग शिविर ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाले तनावमुक्त जीवनका लागि ५ दिने राजयोग शिविर सुरु गरेको छ । संस्थाले दया र करुवा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनका लागि राजयोग शिविर तानसेनमा सुरु गरेको हो ।
रिब्दीकोटमा एक वृद्धा मृत फेला
रिब्दीकोटमा एक वृद्धा मृत फेला जिल्लाको रिब्दीकोट गाउँपालिका –५, कुसुमखोलास्थित मरबासमा रहेको हर्रेखरक सामुदायिक वनमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । सोही ठाउँका खिमबहादुर आलेको श्रीमति ७८ वर्षीया हुमकुमारी आले शुक्रबार साँझा मृत फेला परेकी हुन् ।
अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड
अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड इतिहास कायम राख्न अभिलेखहरु सुरक्षित राख्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । मदन पुरस्कार पुस्तकालय र सम्पदा प्रतिष्ठान पाल्पाले तानसेनमा आयोजना गरेको स्थानीय अभिलेख चासो र पहल अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले इतिहासका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड दिएका हुन् ।
अभिभावक गुमाएकालाई रिब्दीकोटले पढाउने
अभिभावक गुमाएकालाई रिब्दीकोटले पढाउने पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको छ । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन् ।
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा पाल्पा जिल्ला ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि विहीबार जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
तानसेनमा पशुपालन र सहकारीको अनुगमन
तानसेनमा पशुपालन र सहकारीको अनुगमन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले आ.व.२०७८/०७९ मा सञ्चालन गरेका कार्यक्रमहरुको अनुगमन गरेको छ । केन्द्रले तानसेन नगरपालिकामा सञ्चालन भएका बाख्रा, गाई फर्म र दुग्ध सहकारीहरुको सरोकारवाला निकाय, पत्रकारहरुको उपस्थितीमा अनुगमन गरेको हो ।
प्राज्ञिक विद्यार्थी परिषद् पुनर्गठन
प्राज्ञिक विद्यार्थी परिषद् पुनर्गठन तानसेन बहुमुखी क्याम्पसमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पुनर्गठन भएको छ । उर्मिला विकको संयोजकत्वमा परिषद्को विहीबार पुनर्गठन गरिएको हो । जसको सह संयोजककम मिलन आले, सचिव विपिन नेपाली, सह सचिव गणेश बस्याल, कोषाध्यक्ष सपना राना रहेका छन् ।
तानसेन बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल पुनर्गठन
तानसेन बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल पुनर्गठन जिल्लाको तानसेनमा रहेको तानसेन बहुमुखी क्याम्पसमा सञ्चालित युवा रेडक्रस सर्कल पुनर्गठन भएको छ । सुमित रेग्मीको अध्यक्षतामा सर्कलको बुधबार पुनर्गठन गरिएको हो ।
थप एक सय ७७ मा संक्रमण
थप एक सय ७७ मा संक्रमण पछिल्लो २४ घण्टामा थप एक सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोराना परीक्षणमा थप एक सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
Weather Update