प्रदेश र प्रतिनिधि सभा निर्वाचन : गुल्मी काँग्रेसमा आकांक्षीको लर्को
सोमबार, भदौ २०, २०७९
पाल्पामा एमालेबाट उम्मेदवार सिफारिस, कतै एकल, कतै दर्जनौं
सोमबार, भदौ २०, २०७९
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले पाल्पाले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधीसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नंं १ मा नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, कृष्ण श्रेष्ठ, झपेन्द्रबहादुर जिसी र महिलामा विष्णु जिसीलाई सिफारिस गरेको छ ।
सोमबार दुई सय छ संक्रमित निको भए
सोमबार, भदौ २०, २०७९
पछिल्लो २४ घण्टामा मुलुकमा दुई सय ६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल र होमआइशोलेसनमा उपचार गराइरहेका दुई सय ६ जना संक्रमित निको भएका हुन् । योसँगै निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।
पाल्पामा माओवादी केन्दबाट उम्मेदवार सिफारिस
सोमबार, भदौ २०, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा माओवादी केन्द्र पाल्पाले प्रतिनिधी सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको सिफारिस गरेको छ । विभिन्न चरणहरुमा बसेको बैठकले प्रतिनिधी सभा सदस्यमा क्षेत्र नं. १ मा लिला सोमै र क्षेत्र नंं २ मा अनिल किशोर घिमिरेलाई सर्व सम्महत सिफारिस गरेको...
एमाले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य राख्छ : ज्ञवाली
सोमबार, भदौ २०, २०७९
नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य एमालेले मात्रै राख्न सक्ने बताएका छन् । पाल्पाको तानसेनमा भएका विभिन्न कार्यक्रममा बोल्दै नेता ज्ञवालीले एमालेसँग एक्लै चुनावमा लड्ने आँट र सामथ्र्य रहेको बताएका हुन् ।
जोगिथुम भगवती मन्दिरको निर्माण आकर्षक
सोमबार, भदौ २०, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका ४ जोगिथुममा रहेको जोगिथुम भगवतीको मन्दिर निर्माण आकर्षक बनेको छ । दुई सय वर्ष पुरानो मन्दिरको नयाँ संरचना निर्माण आकर्षक बनेको हो । रेसुङ्गा नगरपालिकाको ४४ लाख १९ हजार ६ सय २८ रुपैयाँको लागतमा मन्दिर निर्माण भएको छ ।
पाल्पामा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस
आइतबार, भदौ १९, २०७९
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तोकिएसँगै पाल्पाका राजनीतिक दलहरुले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार सिफारिस गरेको छ ।
लिङ्देनले दिए सांसदबाट राजीनामा
आइतबार, भदौ १९, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद पद त्याग गरेको घोषणा गरेका हुन् ।
पाल्पाबाट दुई लाख ६५ हजार बढीको अवैध कपडा बरामद
आइतबार, भदौ १९, २०७९
पाल्पाबाट दुई लाख ६५ हजार बढीको अवैध कपडा बरामद गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङमा चेकजाँच गर्ने क्रममा प्रहरी चौकी आर्यभञ्ज्याङले विभिन्न प्रकारको तीन बोरा अवैध कपडा बरामद गरेको हो ।
गठबन्धनका नेताहरु अब को प्रधानमन्त्री हुने भन्ने मै व्यस्त छन् : एमाले उपमहासचिव ज्ञवाली
आइतबार, भदौ १९, २०७९
नेकपा एमालेका उप–महासचिव प्रदीप कुमार ज्ञवालीले वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताहरूको अब को को प्रधामन्त्री बन्ने भन्ने मै व्यस्त रहेको बताएका छन् । नेकपा एमाले पाल्पाले तानसेनमा गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै एमाले उप–महासचिव ज्ञवालीले गठबन्धनका नेताहरु देश बनाउने भन्दा पनि आगामी पाँच वर्षसम्म बार्गेनिङ्ग गरी सत्ता हत्याउने छलफलमा बित्ने गरेको...
घर फर्किएर, ‘बाख्रापालन’
आइतबार, भदौ १९, २०७९
तानसेन नगरपालिका–१२ बौघापोखराथोकका ३८ वर्षीय मुरारी पौडेलको खोरमा २० वटा बाख्रा छन् । लामो समय विदेश बसेर फर्किएका उनले रु १५ लाखको लगानीमा बाख्राका लागि आधुनिक खोर निर्माण गरेका छन् । तीन वर्ष मलेसिया र आठ वर्ष दुबई बसेर फर्किएका पौडेल अब विदेश नजाने सोंचमा छन् ।
वृद्धवृद्धालाई टोलमै उपचार
आइतबार, भदौ १९, २०७९
तानसेन नगरपालिका ३ भगवती टोलका ६० वर्षीय अनमोल श्रेष्ठलाई उमेर ढल्कदै गएपछि बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । टोलमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन् । चिकित्सक सहितको स्वास्थ्यकर्मी टोलमै आएर उनको प्रेसर र सुगर चेक गरे । त्यसपछि उनी निःशुल्क औषधि दिएर घर फर्किए ।...
सामूहिक बाख्रापालनमा महिलाको अग्रसरता
आइतबार, भदौ १९, २०७९
यहाँका महिलाले सामूहिक बाख्रापालनमा अग्रसरता देखाएका छन् । स्याङ्जाको वालिङ नगरपालिका ६ भरुवाका महिलाले बाख्रापालन गर्ने उद्देश्यसहित समूह गठन गरी सोहीमार्फत बाख्रापालन थालेका हुन् । स्थानीय दश महिला आवद्ध भई ‘भरुवा महिला बाख्रापालन समूह’ दर्ता गरी गत असारबाट व्यावसायिक बाख्रापालन थालिएको हो ।


