एमसीसी अनुमोदन, सडकमा चर्कियो आन्दोलन
मंगलबार, फागुन १७, २०७८
सेना दिवस मनाइँदै
मंगलबार, फागुन १७, २०७८
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
पाल्पामा ७ जना बन्दकर्ता पक्राउ
सोमबार, फागुन १६, २०७८
अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा ६ दलीय मोर्चाले गरेको बन्दका क्रममा पाल्पामा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । तानसेनको आन्दोलनचोकमा जबर्जस्ती भेला गराएर सडक अबरोध गरेको भन्दै पाल्पा प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन
सोमबार, फागुन १६, २०७८
प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई बहुमतले अनुमोदन गरेको हो ।
एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले स्वीकृत
आइतबार, फागुन १५, २०७८
प्रतिनिधसभाबाट एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
पाल्पामा आइतबार थप १० जना संक्रमणमुक्त
आइतबार, फागुन १५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
पाल्पाको पूर्वखोलामा विषादी सेवन गरी बालिकाको ज्यान गयो
आइतबार, फागुन १५, २०७८
जिल्लाको पूर्वखोला गाउँपालिकामा विषादी सेवन गरी एक बालिकाको ज्यान गएको छ । गाउँपालिका- ३ मेञ्जिडाँडाकी १६ वर्षीया अस्मिता परियारको मुसा मार्ने विषादी सेवन गरी ज्यान गएको हो ।
बेथल रेडक्रसले दियो सामुदायिकका विद्यार्थीलाई झोला
आइतबार, फागुन १५, २०७८
बेथल बोर्डिङ स्कूलमा सञ्चालित बेथल जुनियर रेडक्रस सर्कलले जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल झोला सहित शैक्षिक सामग्री दिएको छ ।
भूमि सम्बन्धी समस्या समाधान गर्न माथागढी गर्यो आयोगसँग समझदारी
शनिबार, फागुन १४, २०७८
जग्गा विहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि पाल्पाको माथागढी गाउँपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगसँग समझदारी गरेको छ ।
औषधि व्यवसायी संघ गुल्मीमा नयाँ नेतृत्व
शनिबार, फागुन १४, २०७८
नेपाल औषधि व्यवसायी संघ गुल्मी शाखाले नयाँ नेतृत्व चयन गरेको छ । संघको शनिबार तम्घासमा भएको छैठौं अधिवेशनले फर्सुराम पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
गुल्मी काँग्रेसको कार्यसम्पादन समिति गठन
शनिबार, फागुन १४, २०७८
नेपाली काँग्रेस गुल्मीले कार्यसम्पादन समिति गठन गरेको छ । नेपाली काँग्रेसको शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।
पाल्पामा शनिबार थप ६ संक्रमित निको भए
शनिबार, फागुन १४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।


