पाल्पाको छहरामा भोली हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी सकियो
मंगलबार, वैशाख २६, २०८०
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा.केसी
मंगलबार, वैशाख २६, २०८०
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसीलाई नियुक्त गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा डा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
पाल्पा र रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
मंगलबार, वैशाख २६, २०८०
पाल्पा र रुपन्देहीमा भएमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका, रामपुर नगरपालिका र रुपन्देहीको रोहिणी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
कक्षा १२ को वार्षिक परीक्षा सुरु
मंगलबार, वैशाख २६, २०८०
कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ ।
संसद् बैंठक शरणार्थी प्रकरणमा केन्द्रीत
मंगलबार, वैशाख २६, २०८०
संघीय संसद् अन्तर्गत दुवै सदनको बजेट अधिवेशन आइतबारदेखि सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारित लगायतका कार्यमा केन्द्रीत हुनुपर्ने भए पनि त्यसो हुन सकिरहेको छैन । अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर दुवै सदनमा चर्को बहस भइरहेको छ ।
घरमै पानीको धारा, बोकेर जोहो गर्नुपर्ने बाध्यता हट्यो
मंगलबार, वैशाख २६, २०८०
बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ । लामो समय काँध र पिठ्युमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको चापाकोट–१ वीरडाँडा, मैदान, पल्लीगाउँ र रिपका गाउँलेले झेल्दै आएको समस्या हटेको छ । जब घर–घरमै एक घर–एक धारा अभियानअन्तर्गत खानेपानी आइपुग्यो तब...
मनाइयो विश्व रेडक्रस दिवस
मंगलबार, वैशाख २६, २०८०
विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी सोमबार मनाइएको छ । ‘मनैदेखि सेवा’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी १६० औँ विश्व रेडक्रस दिवस मनाइएको हो । पाल्पामा पनि नेपाल रेडक्रसका शाखा, उपशाखाहरुले अभिमुखीकरण र सरसफाई जस्ता कार्यक्रम गरी यो दिवस मनाएका छन् ।
बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल
सोमबार, वैशाख २५, २०८०
सांसद रघुजी पन्तले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राखिएका विषय अमूर्त तथा विरोधाभाषपूर्ण रहेको बताएका छन् ।
नागरिकता सम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग
सोमबार, वैशाख २५, २०८०
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ ।
पाल्पामा थप ५ जनामा कोरोना
सोमबार, वैशाख २५, २०८०
पाल्पामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ५ जनामा कोरोना देखिएको हो ।
प्रयोगमा आएनन् गुल्मीका १४ एम्बुलेन्स
सोमबार, वैशाख २५, २०८०
एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न संघ संस्थाले बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका हुन् ।
पाल्पामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
सोमबार, वैशाख २५, २०८०
पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको छ । बैशाख २७ गते हुन लागेको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको हो ।
सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु
आइतबार, वैशाख २४, २०८०
सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।


