‘विकासलाई उद्यम र व्यवसायसँग जोड्नुपर्छ’
बुधबार, फागुन १०, २०७९
नेकपा एमाले पाल्पाको दुुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु
मंगलबार, फागुन ९, २०७९
नेकपा एमाले पाल्पाले पार्टीको ‘मिसन ग्रासरुट’ अन्र्तगत दुई महिने पार्टी सुदृढिकरण तथा विस्तार अभियान तानसेनबाट शुरु गरेको छ । अभियानको एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराईले शुभारम्भ गरे ।
एकवर्षदेखि ओढारको बास
मंगलबार, फागुन ९, २०७९
बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् ।
रामपुर र निस्दीका उत्कृष्ट कृषक पुरस्कृत
मंगलबार, फागुन ९, २०७९
कृषि तथा पशुपन्छीपालनमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३६ कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं
मंगलबार, फागुन ९, २०७९
आज फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवस । यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवद्र्धन गर्ने हेतुले मनाउने गरिन्छ । हरेक वर्ष जस्तै आज पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन...
आज ग्याल्पो ल्होछार मनाइदैं
मंगलबार, फागुन ९, २०७९
आज ग्याल्पो ल्होछार, तिब्बती बौद्ध धर्म अवलम्ब गर्ने शेर्पा समुदायमा यो पर्व मनाउने गरिन्छ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।
पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा
#kampani news#
विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।
चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो
सोमबार, फागुन ८, २०७९
भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारीको भेन्टिलेटर हटाइएको छ । मुम्बईमा रहेका नेपाली काँग्रेसका नेता योगराज कंडेलका अनुसार आज बिहानसम्म सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेका कारण परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो ।
प्रजातन्त्रको स्मरण हुन्छ, अनुसरण हुँदैन
सोमबार, फागुन ८, २०७९
हरेक वर्षको फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा स्मरण गरिन्छ । आइतबार पनि राजनीतिक दल, नेता र सरकारका सम्पूर्ण निकायले प्रजातन्त्रको स्मरण गरे । प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा र उनीहरूको सपनाको सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन्,...
गुल्मीमा आगोमा जलेर एक महिलाको मृत्यु
आइतबार, फागुन ७, २०७९
आगोमा जलेर गुल्मीकी एक ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
पाल्पाको रिब्दीकोटमा ससुराली गएका ज्वाई मृत फेला
आइतबार, फागुन ७, २०७९
बुटवल उपमहानगरपालिका –१२ नयाँ गाउँका ४५ वर्षीय थानेश्वर सुवेदी ससुरालीमा मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भारकोटमा रहेको आफ्नै ससुराली प्रेम विश्वकर्माको घरमा आइतबार विहान सुुवेदी मृत फेला परेका हुन् ।
उपनिर्वाचनका लागि दल दर्ता आह्वान
आइतबार, फागुन ७, २०७९
आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न...
रामपुर अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र
आइतबार, फागुन ७, २०७९
पाल्पाकै ठूलो अस्पतालका रुपमा रहेको रामपुर अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । लैङ्गिक हिंसामा परेका नागरिकको स्वास्थ्योपचार, कानुनी उपचार र कानुनी सहायता, परामर्श र पुनरुत्थान गर्ने उद्देश्यले यहाँ एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) स्थापना गरिएको हो ।


-1762576335.jpg)