समाजवादी प्रेस संगठन पाल्पाको अध्यक्षमा गैरे
सोमबार, जेठ १, २०८०
प्रेस युनियन पाल्पाको नवौं अधिवेशन, ‘विकृति, विसंगीका विरुद्ध सशक्त रूपमा कलम चलाउनुहोस्’
सोमबार, जेठ १, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले विकृति, विसंगतीका विरुद्ध पत्रकारले सशक्त रुपमा कलम चलाउनुु पर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन पाल्पा शाखाको नवौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले यस्तो बताएका हुन् ।
रामपुर नगर सरकारको मजदुर बीमा कार्यक्रम, मजदुर उत्साहित
सोमबार, जेठ १, २०८०
मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर उत्साहित भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो ।
नेपाल प्रेस युनियन पाल्पाको सभापतिमा गहिरे
आइतबार, वैशाख ३१, २०८०
प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको सभापतिमा मन गहिरे निर्विरोध निर्वाचित भएकी छन् । आइतबार तानसेनमा भएको युनियनको नवौं जिल्ला अधिवेशनबाट गहिरे सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।
महमा मिसावट गर्ने गिरोह पक्राउ
आइतबार, वैशाख ३१, २०८०
बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो ।
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा
आइतबार, वैशाख ३१, २०८०
जिल्लाको रामपुरमा रहेको रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ भएको छ । अस्पतालले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याएको हो ।
रामपुरमा एक महिने निःशुल्क लोक सेवा कक्षा
आइतबार, वैशाख ३१, २०८०
लोक सेवाको तयारीका लागि रामपुरमा निःशुल्क कक्षा सञ्चालन गरिएको छ । रामपुर नगर सरकारले लोक सेवामा सबैको पहुँच पुुर्याउने उद्देश्यले नगर भित्रका व्यक्तिहरुलाई एक महिने निःशुल्क लोक सेवाको कक्षा सञ्चालन गरेको हो ।
प्रेस युनियन रुपन्देहीमा नेपाल
शनिबार, वैशाख ३०, २०८०
नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । युनियनको बुटवलमा भएको २१ औँ साधारणसभा तथा नवौँ अधिवेशनले नेपाललाई अध्यक्षमा चयन गरेको हो ।
गाउँले देउराली साप्ताहिकले गाउँमै गएर मनायो ३० औं वार्षिक उत्सव
शनिबार, वैशाख ३०, २०८०
पाल्पाको तानसेनबाट प्रकाशित हुँदै आएको गाउँले देउराली साप्ताहिकले गाउँमै पुुगेर ३० औं वार्षिक उत्सव मनाएको छ । पत्रिकाले पूूर्वखोला गाउँपालिका –१ ढाक्रेवास पुुगेर आफ्नो वार्षिक उत्सव मनाएको हो ।
पार्टी सिष्टमले चल्नुपर्छ : काँग्रेस सहमहामन्त्री राठौर
शुक्रबार, वैशाख २९, २०८०
पाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम व्युठानको स्वर्गद्वारीमा सुरु भएको छ । तीनदिनसम्म हुने प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुुरु भएको हो ।
संघीयताको कारण देशको ढुकुटी रित्तिदैं : महासचिव भट्ट
शुक्रबार, वैशाख २९, २०८०
राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय महासचिव मनोज भट्टले संघीयताको कारण देशको ढुुकुटी रित्तिदै गएको बताएका छन् । राष्ट्रिय जनमोर्चा पाल्पाको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भट्टले मुुलुुकमा संघीयता महँगो बन्दै भएकाले ढुकुटी नै रित्तिने अवस्थामा पुुगेको बताएका हुन् ।
पाल्पामा पनि राप्रपाले भ्रष्टाचारीविरुद्ध प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझायो
शुक्रबार, वैशाख २९, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको हो ।


