दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु
                        
                        
                                                
                                             
                                                                    घोराही (दाङ), दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ ।
रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो ।
उनकोे उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले भनाइ छ । डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                         
                                        -1759997616.jpeg) 
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    