Shittalpati
देशभरका फार्मेसी अनुगमन सुरु
देशभरका फार्मेसी अनुगमन सुरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए ।
लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ
लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 
एक सय ४२ वन्यजन्तुको उद्धार
एक सय ४२ वन्यजन्तुको उद्धार चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । 
छुट्टाछुट्टै स्थानमा डुबेर छ जनाको मृत्यु
छुट्टाछुट्टै स्थानमा डुबेर छ जनाको मृत्यु देशका विभिन्न स्थानमा डुवेर ६ जनाको मृत्यु भएको छ । रुपन्देही, कैलाली, बर्दिया, कास्की, दाङ लगायतका स्थानमा डुबेर ६ जनाको मृत्यु भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देहीको सियारी गाउँपालिका–१ सोनारेटस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–१५ मधवलियाका भिम नारायण...
गुल्मीको मालिकामा स्थानीय आलुको ब्राडिङ्ग
गुल्मीको मालिकामा स्थानीय आलुको ब्राडिङ्ग जिल्लाको मालिका गाउँपालिकाले स्थानीय आलुलाई ब्राडिङ्ग गरी बजारमा पठाउन थालेको छ । ‘गाउँका कृषकले बजार पाउने, शहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको मालिकाको स्थानीय आलुको ब्राण्ड तथा प्याकेजिङ्ग गरी बजार पठाउन थालिएको हो ।
पूर्वउपप्रमुख खनालको निधन
पूर्वउपप्रमुख खनालको निधन बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको  आइतबार बिहान निधन भएको हो ।
पाल्पामा चार दलले गरे समाजवादी मोर्चा गठन
पाल्पामा चार दलले गरे समाजवादी मोर्चा गठन पाल्पामा चार दलले समाजवादी मोर्चा नेपाल गठन गरेका छन् । केन्द्रमा समाजवादी मोर्चा गठन भएसँगै पाल्पामा पनि सोही अनुरुप मोर्चा गठन गरिएको हो ।
पाल्पाको रैनादेवी छहरामा करेन्ट लागेर एक पुरुषको मृत्यु
पाल्पाको रैनादेवी छहरामा करेन्ट लागेर एक पुरुषको मृत्यु करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका– ३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बरम्लेको  करेन्ट लागेर मृत्यु भएको हो ।
गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी
गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी गत आर्थिक वर्ष २०७९/८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको संख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको संख्याभन्दा राहदानी बनाउनेको संख्या करिब पाँच हजारभन्दा बढी छ ।
लम्पी स्किन बिरुद्ध खोप अभियान
लम्पी स्किन बिरुद्ध खोप अभियान जिल्लामा लम्पी स्किन भाईरस बिरुद्धको खोप अभियान सुरु गरिएको छ । पछिल्लो समयमा पशु चौपायमा संक्रमण बढ्दै  जान थालेपछि खोप अभियान सञ्चालन गरिएको हो । खोप अभियानको एक औपचारिक कार्यक्रम गरी शुुभारम्भ गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख दोर्णबहादुर खत्रीले अभियानको शुभारम्भ गरेका हुन् ।
ग्यास, चुलोका उपकरणमा यसरी ठगिए तानसेनका उपभोक्ता  
ग्यास, चुलोका उपकरणमा यसरी ठगिए तानसेनका उपभोक्ता   पाल्पाको तानसेनमा सामानको मूूल्य भन्दा बढी रकम लिएर उपभोक्तालाई ठगी गर्ने गरेको पाइएको छ । पोखरा, बुटवलबाट आएका विक्रेताले बजार मूूल्य भन्दा बढी नै रकम लिएर उपभोक्ता ठग्ने गरेको पाइएको हो । 
शहिद स्मृति प्रतिष्ठान पाल्पाले दियो विद्यार्थीलाई खेल र शैक्षिक सामग्री 
शहिद स्मृति प्रतिष्ठान पाल्पाले दियो विद्यार्थीलाई खेल र शैक्षिक सामग्री  शहिद स्मृति प्रतिष्ठान पाल्पाले विद्यार्थीहरुलाई खेल र शैक्षिक सामाग्री दिएको छ । प्रतिष्ठानले शनिबार ४१ औं बीपी स्मृति दिवसको अवसरमा बगनासकाली गाउँपालिका चापपानीस्थित बसन्त प्रा.वि.का विद्यार्थीहरुलाई शैक्षिक र खेल सामाग्री प्रदान गरेको हो ।
Weather Update