Shittalpati
कोरियन भाषा परीक्षाका लागि आवेदन माग
कोरियन भाषा परीक्षाका लागि आवेदन माग वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए ।
आज मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै
आज मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘हरेक पीडितसँग पुगौँ, कसैलाई न्यायबाट बञ्चित नपारौँ’ भन्ने नारासहित यस वर्षको दिवस मनाउन लागिएको हो ।
प्रेस युनियन पाल्पाको बैंठक : आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय
प्रेस युनियन पाल्पाको बैंठक : आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय नेपाल प्रेस युनियन पाल्पा शाखाको आठौं बैंठक तानसेनमा बसेको छ । बैंठकले युनियनलाई आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय गरेको छ ।
भगवती रथयात्राको ऐतिहासिक महत्व झल्काउनुपर्नेमा जोड
भगवती रथयात्राको ऐतिहासिक महत्व झल्काउनुपर्नेमा जोड विजय उत्सवको रुपमा लिइने भगवती रथयात्राको ऐतिहासिक महत्व झल्काउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । भगवती रथयात्रा नेपालको राष्ट्रियता, विरता, ऐतिहासिकता, रणकौशलतासँग जोडिएको विषयबस्तु भएकाले स्पष्ट धारणा बनाएर आउँदो भदौ २१ गते रथयात्रा सञ्चालन हुनुपर्नेमा सहभागीहरुले जोड दिएका हुन् ।
सिद्धबाबा सुरुङमार्गको दुवै प्रवेशद्वारमा पहिरो खस्यो
सिद्धबाबा सुरुङमार्गको दुवै प्रवेशद्वारमा पहिरो खस्यो केही दिनदेखि परेको अविरल वर्षाका कारण निर्माणधिन सिद्धबाबा सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशद्वारमा पहिरो गएको छ । पहिरोका कारण दुवै प्रवेशद्वारामा क्षति पुुगेको छ ।
आज विश्व बाघ दिवस मनाइँदै
आज विश्व बाघ दिवस मनाइँदै नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज विश्व बाघ दिवस मनाइँदै छ । संरक्षणमूलक संघसंस्था, निकुञ्ज विभाग लगायतले विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाउँदैछन् । बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी...
रकम नपाउँदा बिमा उपचार सेवा स्थगित गर्ने तयारीमा मिसन अस्पताल
रकम नपाउँदा बिमा उपचार सेवा स्थगित गर्ने तयारीमा मिसन अस्पताल सरकारले भुक्तानी नदिएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमाको उपचार सेवा स्थगित गर्ने भएको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि साउन २१ गतेदेखि  बीमा उपचार सेवा स्थगित गर्न लागिएको बताएको हो ।
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् ।
तानसेनको अमर नारायण मन्दिरका पुजारीमाथि हातपात
तानसेनको अमर नारायण मन्दिरका पुजारीमाथि हातपात तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको अमर नारायण मन्दिरका पुजारी माथि हातपात भएको छ । मन्दिरमा गएका एक युवकले पुजारी लम्सालमाथि हातपात गरेका हुन् । बुधबार विहान तानसेन –१ गैरगाउँका २८ वर्षीय शिशिर बराइलीले मुख्य मन्दिर भित्र जवरजस्ती प्रवेश गर्न खोज्दा रोक्ने क्रममा पुुजारी लम्साललाई हातपात गरेका थिए ।
आज हेपाटाइटिस दिवस मनाइँदै
आज हेपाटाइटिस दिवस मनाइँदै आज विश्व हेपाटाइटिस विरुद्धको दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्षको हेपाटाइटिस दिवसको नारा ‘एक जीवन, एक कलेजो’ भन्ने तय गरिएको छ ।
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभुमी रेसुङ्गामा सञ्चालन भइरहेको पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा साउन भरी सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँहरुबाट भक्तजनहरुमा रेसुङ्गा पुगेका छन् ।
Weather Update