पाल्पा प्रहरी प्रमुख शर्माको बिदाइ
बिहीबार, फागुन ३, २०८०
कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि
बिहीबार, फागुन ३, २०८०
ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।
अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार
बिहीबार, फागुन ३, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ ।
ट्रकमा राखेर ल्याइँदै गरेका १८ गोरु प्रहरी नियन्त्रणमा
बिहीबार, फागुन ३, २०८०
जिल्लाको तिनाउ गाउँपालिका– ३ स्थित बेलबास–दोभान कच्चि सडक खण्ड हुँदै सिद्दार्थ राजमार्गतर्फ आउँदै गरेको ट्रकबाट १८ वटा गोरु पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ । लु १ ख ८३४० नम्बरको ट्रकमा राखिएका १८ वटा गोरुलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
कपिलवस्तु बस दुर्घटना अपडेट: दश जना मृतकको सनाखत
बिहीबार, फागुन ३, २०८०
कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ ।
कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते
बिहीबार, फागुन ३, २०८०
कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।
जिप दुर्घटनाका घाईतेहरुको लागि तानसेनमा रक्तदान
बुधबार, फागुन २, २०८०
जिल्लाको तिनाउ गाउँपालिका–६,मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा परी घाईते भएकाहरुकमो लागि रक्तदान गरिएको छ ।
पाल्पामा पनि सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी
बुधबार, फागुन २, २०८०
विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरी बुधबार श्रीपञ्चमी मनाइएको छ । यस दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराए ।
पशु विज्ञानमा विद्यार्थीको आकर्षण
बुधबार, फागुन २, २०८०
कुनै समय विद्यार्थी भरिभराउ हुने बागलुङ सदरमुकाम नजिकै रहेको धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालय एक दशकअघि विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको थियो । निजी विद्यालयप्रतिको बढ्दो आकर्षणका कारण उक्त विद्यार्थी सङ्ख्या घटेपछि विद्यालयमा विसं २०७३ देखि प्राविधिक धारतर्फको अध्यापन सुरु गरियो ।
तिनाउमा शोक बिदा, मृतकका परिवारलाई जनही ३५ हजार
बुधबार, फागुन २, २०८०
पाल्पाको तिनाउ गाउँपालिकामा मङ्गलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको हो ।
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिदैं
बुधबार, फागुन २, २०८०
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ ।
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइदैं
बुधबार, फागुन २, २०८०
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाईनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भ्यालेन्टाइन दिवस मनाउने गरिएको हो ।
पाल्पामा जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न सांसद राना सहित काँग्रेस नेताहरु अस्पतालमा
मंगलबार, फागुन १, २०८०
लुम्बिनी प्रदेश सांसद वीर बहादुर राना मंगलबार पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा भएको जिप दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् ।


